अफर

ताजा

राखु समाज कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन

Apr 21, 2019
 काठमाण्डौमा बसोबास गर्ने राखुबासी बासिन्दाहरुको संस्था राखु कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न संस्थाको १७ औँ बार्षिक साधारणसभा तथा अधिबेशनबाट अ. प्रा. प्र. अ. प्रेम बहादुर मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा रामु रिजाल, पुस्कल मल्ल, बसन्त श्रेष्ठ, महासचिबमा प्रविणकुमार मल्ल र सचिबमा दिपेन्द्र रिजाल चयन भएका छन् । सहसचिबमा रेणु मल्ल, कोषाध्यक्षमा राजन भुजेल र सहकोषाध्यक्षमा शान्ति मल्ल चयन भएका छन् । समितिको सदस्यहरुमा हिरा मल्ल, मिना मल्ल, पुष्पा सुवेदी, चुन कार्की, ज्ञानेन्द्र श्रेष्ठ, विमल मल्ल चयन भएका छन् ।


प्रेम बहादुर मल्लको अध्यक्षता, राजेन्द्र कुमार मल्लको सञ्चालन र भगवान श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार रथी. शान्त कुमार मल्लले कार्यक्रमको उद्घाटन गरेका थिए ।




No comments: