Featured Posts




सुचना! सुचना!! सुचना!!!
क्रीयटिभ युथ ग्रुप ( cyg) पिप्ले को आयोजना तथा जिल्ला स्वास्थ्य अस्पताल म्याग्दी को प्राबिधिक सहयोग निम्न मिति,स्थान र समयमा हुन गइरहेको बृहत नि शुल्क स्वास्थ्य शिबिरमाक चर्चित डाक्टर हरु द्वारा तपशिल बमोजिमको रोगको उपचार गरि स्वास्थ्य लाभ को लागी अनुरोध गरिन्छ ।
रोगहरु :
१. स्त्री तथा प्रसुती रोग
( विशेषज्ञ डा. तारा गुरुङ ( गण्डकी अस्पताल कार्यरत )
२. नाक कान तथा घाटी रोग
( विशेषज्ञ डा. कृष्ण रिजाल मनिपाल अस्पताल कार्यरत )
३. हाड जोर्नी तथा नशा रोग
( विशेषज्ञ डा रोशन न्यौपाने )
४. जनरल सर्जन तथा मेडिशिन
(विशेषज्ञ डा. धिरन मल्ल )
साथै: आधुनिक उपकरणद्वारा रोग पत्ता लगाइ उपचार गरिने समेत जानकारी गराउदछौ ।
मिति : २०७३/१०/२९
स्थान: रघुगंगा मा.वि. पिप्ले
समय: बिहान ठीक ८ बजे


(महिला भेटिएको सुचना)

भगबती गा,बि,श वडा न:6
म्याग्दि जिल्ला धौलागीरी अञ्चल, मैदान गाँऊ मा बस्ने प्रेम बहादुर साही को छोरी लक्ष्मि साही
भारत मा अचेत अबस्थामा भेटिएको छ ।
र ऊहाको घर परिवार सँग सम्पर्क नभएको ले ऊहा चिन्तित अबस्थामा हुनुन्छ, ऊहाको परिवारलाई यो👉0091_7696436434 मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ ।
स्रोत्: निखिल कुमारथापा (इन्डियन आर्मी)
 Nikhil Kumarthapa (facebook)
धन्यबाद



म्याग्दी जिल्ला भगवती गाविस –३ निवासी बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सक्दो सहयोग गरौ । सहयोग आउने काम जारी नै छ ।






सहयोगको लागि :::
नेपाल बैंक लिमिटेड, 
पूजिगत खाता नं - ०६३००१०११५८७१००००००१ (२४४९)

प्रत्यक्ष सहयोगको लागि सम्पर्क नम्बर :
१) तोरण बहादुर श्रेष्ठ; प्रधानाध्यापक = +977-9847731752
२) रबि बहादुर खत्री : वि.व्य.स. अध्यक्ष = +977-9867606049



राखु हेल्थ पोस्ट्का कर्मचारीहरु तथा  स्वयम सेबिकाहरु

फोटो स्रोत्:- पिप्ले हेल्थ पोस्ट फेस्बुक पेज
मिति २०७३/ ०८ /०५ गते करिब रातको १:३० बजे राखु भगवती ८ सिजल गाउमा कुल बहादुर भण्डारीको घरमा बिजुलिको तार सट हुदा अकस्मात आगो लागी हुदा २० लाख भन्दा बढिको क्षेती भएको छ ।करिब ३ घण्टा पछि आगो नियन्त्रण मा आएता पनि घरभित्र भएका लत्ताकपडा खाद्यान्न भाडाकुडा केही पनि जोगाउन सकिएन भने मानवीय क्षेती भने हुन पाएन । ८जना सदस्य रहेको परिवारको गाँस ,बाँस कपास सबै जलेर नस्ट भएको छ ।यो दुखको क्षणमा तपाईं हामी सबैको सहयोगको खाचो छ ।तपाईं हामी सबै मिलेर फेरि उक्त परिवारलाइ गाँस बाँस र कपास को ब्यवस्थापन तत्काल गर्नु आवस्यकता छ ।तसर्थ सम्पुर्ण देश बिदेशमा हुनुभएका दाजुभाइ दिदिबहिनी सथै विभिन्न संघसस्था हरुलाइ सहयोगका लागि हार्दिक अपिल गर्दछौ।
जे सक्नुहुन्छ जति सक्नुहुन्छ (आर्थिक भौतिक) सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।।।

नोट:-सहयोगको लागि गम्बर बहादुर भण्डारी/राम्जी भण्डारी 
सम्पर्क:-९८४७६७५१३७ 
तपाईंको सहयोग ले  ठुलो राहत मिल्नेछ ।


समाजमा सबैले बुझेर पनि अबुझ लाग्ने, ज्ञात भएर पनि अज्ञात लाग्ने र हुनलाई अत्यन्त सामान्य प्राकृतिक प्रक्रिया भएर पनि जहिले पनि घटित हुने बेलामा वा जस-जसको वृत्तमा घटित हुन्छ तीनलाई अत्यन्त अप्राकृतिक लाग्ने एउटा शारीरिक प्रक्रिया छ । यही असामान्य पीडा बोकेर ल्याउने सामान्य घटना नै मृत्यु हो, जसको बारेमा मानिसहरू बोल्न, लेख्न वा सोच्न समेत हच्किने गर्छन् ।

विगतको करिब डेढ वर्षको अवधिमा मैले त्यो असामान्य तर प्राकृतिक घटनालाई एकदमै नजिकबाट व्यहोर्नु पर्‍यो । वा सामान्य शब्दमा भन्दा, गएको डेढ वर्षको समयावधिमा म आफन्तको ४-५ वटा मृत्यु संस्कारमा सरिक हुनुपर्यो । ती मध्य पनि दुईवटा घटनामा म त्यस अबुझ घटनाको प्रत्यक्ष साक्षी समेत बनेँ । अर्थात् मैले हेर्दा हेर्दै वा मेरै आँखा अगाडि दुईवटा जीवन ऊर्जाहीन भएर मृत्युको मुखमा प्रवेश गरे ।

सोचको उपज:

जीवन, जगत र अध्यात्ममा केही रुचि भएकोले यी घटना हुनु अगाडि र पछाडि पनि यस बारेमा केही किताब र भेटे जत्तिको सूचनाहरूको अध्ययन गरेँ । हुन त यस अघि पनि मृत्युका घटनाहरू नदेखेको र नभोगेको हैन् तर यो बीचको समयमा भने विचारमा केही परिवर्तनहरू आए ।

त्यसो त नेपाली भाषामा एउटा ‘घाटे वैराग्य’ भन्ने शब्दावली पनि छ । जुन शब्दले समाजको उतार-चढाव र दैनादिनको उपक्रममा व्यस्त व्यक्तिलाई घाटमा पुग्दा वा कुनै जलिरहेको लासलाई देख्दा एकैछिनको लागि मनमा उठ्ने वैराग्यलाई इङ्गित गर्छ । यस्तो ‘घाटे वैराग्य’ पहिला पनि कुनै मृत्युको समाचार सुन्दा, देख्दा आउने गर्थ्यो ।

सोध-खोज

कुनै परिवारमा एउटा मृत्यु घटित हुने बित्तिकै सबैभन्दा पहिलो र प्रमुख प्रश्नको रूपमा एउटा वाक्य चारै तिरबाट वर्षन्छ –- “के भा थ्यो ... ?” -- । अनि जस्तो सुकै र जे सुकै घातक रोग लागेका व्यक्ति भए पनि परिवार र आफन्त जनले करिब करिब एउटै उत्तर दोहर्‍याउँछन् :- “खासै केही थिएन...एकैछिन अगाडि सम्म ठिकै थियो...” । त्यसपछि मृत्युको कारण केलाउन थालिन्छ । ...टिवी थियो, क्यान्सर थियो, हेपाटाइटिस... वा अरू कुनै... ।

तर मलाई लाग्छ मानिस वा कुनै पनि प्राणीको मृत्यु पछाडि कुनै रोगको कारण खोज्नु वेअर्थी छ । किनकी यो संसारमा सबैभन्दा खतरनाक र घातक रोग भनेको ‘जन्म’ नै हो । मेडिकल साइन्सको दृष्टिबाट यो कुरा बेमेल लाग्न सक्छ । तर कुरा यही नै हो । कुनै मानिस १० औं वर्षसम्म' एच. आई. भि. सँग जुधेर नि बाँच्न सक्छ, अर्को मानिस, क्यान्सर पालेरै रहन सक्छ भने कोही व्यक्ति अर्कै कुनै घातक रोग हुँदाहुँदै पनि निकै समय जीवित रहन सक्छ । तर त्यसको उल्टो मैले देखेका र सुनेका (सुनेको मतलब ‘गफ’ चाहिँ हैन् है !) मृत्युहरू यस्ता पनि थिए:

अबुझ मृत्यु:

मेरो एकजना साथिको दाई बाथरुममा दाह्रि काट्दा काट्दै बिते, उनको एकापट्टिको गाला सफा थियो भने अर्को पट्टिको दाह्री काट्न बाँकी थियो । अर्को एकजना हितैषी बाटोमा ठेस लागेर मरे, न कुनै रोग थियो न कुनै दुर्घटना नै थियो त्यो । अर्का एकजना साथीको बाबु साँझमा झ्यालको छेस्किनी लगाउन लाग्दा छेस्किनीले औँला च्याप्दा त्यसैको निहुँमा बिते । लेख्दा वा पढ्दा उटपट्याङ्ग समेत लाग्न सक्छ तर तास खेल्दा खेल्दै मरेका, कुरा गर्दा गर्दै बितेका र मन्दिरमा पसेर भगवान दर्शन गर्दा गर्दै स्वर्गे भएका मानिसहरूको पनि मैले चिनेकै मानिसहरू थिए । तिनलाई कुनै रोग थिएनन् र उनीहरू मर्नु पर्ने कुनै कारण देखिँदैन थ्यो ।

कारण के हो त ?:

हुन त खुला तथ्य हो, तर आजकल मलाई लाग्न थालेको छ मृत्युको कारण वा मानिसको सबैभन्दा ठूलो रोग भनेको ‘जन्म’ नै हो । हो जन्म !। जन्म मृत्युको लागि नभइ नहुने अपरिहार्य कारण हो र यही नै मानिसको सबैभन्दा ठूलो रोग हो । किनकी मानिस टिबी, क्यान्सर, एड्स आदि हुँदा-हुँदै पनि बाँच्न सक्छ भने अर्को तर्फ सामान्य रुघा-खोकी समेत नलाग्दा समेत उसको कुनै पनि बेलामा मृत्यु हुन सक्छ । त्यसैले मृत्युको लागि कुनै रोग हुनु कतैबाट पनि जरुरी छैन्। जरुरी छ त केवल कोही जीवित हुनु मात्रै ।

उपलब्धि:

माथी नै लेखिसके, विगतका १८ महिनामा करिब ४-५ पटक आर्यघाट पुगेँ । अनि हरेक पल्ट ‘घाटे वैराग्य’ लिएर फर्कन्थें। तर अहिले भने विस्तारै कुनै मृत्युको खबर सुन्दा वा कोही बितेको खबर पाउँदा अचम्म लाग्न वा छक्क पर्न छाडेको छु । आजकल “कसैको मृत्यु भयो रे” भन्ने खबर सुन्दा पहिला पहिला जस्तो मथिङ्गल छचल्किन छाडेको छ । कुनै पनि मृत्युको खबर आउँदा मनमा लाग्छ ‘ए! ...हो त, ..जन्मेको थियो त्यसैले मरेछ...” । अरू कसैले मलाई मृत्युको कारण, रोगको इतिहास बताउन थाले भने मलाई त्यो पनि बेअर्थी लाग्छ । सोच्छु, मानिस जन्मन्छ त मर्छ नै ...रोग लाग्नु- नलाग्नु भिन्दै कुरा हुन् । न मर्नको लागि रोग लाग्नु पर्छ, न रोग लाग्दैमा कोही मर्छ नै। मर्नको लागि केवल एउटै मात्रै शर्त आवश्यक हुन्छ त्यो जन्म नै हो । जुन संसारमा सबैभन्दा घातक रोग हो ।

उपसंहार:

म औषधि विज्ञानको विरोधी र चिकित्सा शास्त्रको विपक्षी पक्कै होइन् । मलाई ज्ञात छ, औषधि विज्ञानका ज्ञाताहरू आफैँले “Medical science is the most backward science” भन्ने गरे पनि अहिलेको समयमा औषधोपचारको उपयोगितालाई नकार्न सकिन्न । बिरामी पर्दा र आवश्यक रहँदा औषधोपचार गर्नै पर्छ । तर जीवनको अन्तिम सत्य मृत्यु नै हो । अनि मृत्यु हुन न कुनै रोग लाग्नु जरूरी छ न त कुनै रोग नलाग्दैमा कोही औषधोपचारको भरमा आरोग्य रहन सक्छ । टिबी, क्यान्सर र एड्सका रोगी पनि ठिक हुन सक्छन्, तर जो एक पटक जन्मेको छ त्यो ‘जन्म’ को रोगबाट कहिल्यै ठीक हुँदैन र जन्म हुनेको मृत्यु अवश्यम्भावी छ । किनकी जन्म आफैँमा एउटा अचूक घातक रोग हो र यसको कुनै उपचार असम्भव छ ।
म्याग्दीको पिप्ले–२ की अरुणा शाही साक राष्ट्र मालदिभ्समा आयोजित भलिबल प्रतियोगिताको लिगमा खेल्ने भएकी छन्।  उहा लगायत सम्पुर्ण नेपालको प्रतीनिधित्व गर्दै जानु भएको सबै खेलाडी दिदी बहिनी हरु लाई शुभ कामना छ ।



बन्दै गरेको श्री मुक्तिधाम मा बि राखु भगवती म्याग्दी
सदा झै राखु कोट मैदान मा लगाउदै आईरहेको जिल्ला कै एतिहासिक मुल्य र मान्यता बोग्ने बडा दशै मेला यस पाली पनि भगवती युवा कल्बले भब्य र सब्य तरिका ले मनाउन लागेको छ । भगवती युवा कल्ब ले जिल्ला का सiबै क्लबहरु, गा.बि. स. लगायत खेलकुद निकाय आदी लाई पत्राचार गरिसकेको छ । यदी पत्र नपायको खण्ड मा यस लाई नै आधिकारीक मानी खेलाडि, कलाकार , प्रायोजक हरु साथै सम्पुर्ण सर्ब- साधारण हरुलाई निमनत्रणा स्विकार गरिदिन हुन भगवती क्लब अपिल गर्दछ ।

जय बडा दशै ।
नोट : बिजया दशमि तथा शुभ दिपावली को शुभ कामना ।

कार्यक्रमको रुप रेखा :

राखु कोट भगवती मन्दिर पुजा समिती ले आज दशै पुजा सम्पन्न गर्न आज मन्दिर परीसर मा बैठक बस्यो । साथै मन्दिर परीसर मा सरसफाई कार्यक्रम गर्‍यो ।
केहि तस्बिर हरु

श्री मुक्तिधाम मा.बी राखु, म्याग्दी मा दशै बिशेष कार्यक्रम का झलक हरु ।


भगवती आमा समुह ले बनाउन थालेको भगवती प्रबेश द्वार सम्पन्न भएको छ । हेरौ यो तस्बिर्-

भगवती आमा समुह भगवति-६ ले बनाउन लागेको भगवती प्रबेश द्वार । अब आ उने द्शै भित्रै पुर्ण रुपले तयारी हुने उक्त आमा समुह ले जनाएको छ ।

राखुपिप्ले-६ मालिका युवा कल्ब ले तिजको अबसरमा राखेको भलिबल प्रतियोगिता मा भगवती युवा कल्ब्, भगवती प्रथम भयको छ ।

 11 houses were swept away by floods in the KHAHARE River in Begkhola VDC-06 of Myagdi on Thursday night.The houses in the Begkhola village near the Beni-Jomsom road were swept away, according to the District Police Office. Likewise, a bailey bridge and a suspension bridge over the Begkhola along the road were also swept away, police said. According to Police Inspector Lokendra Singh Guru- Locals had rushed to safety soon after the water level rose all of a sudden in the river due to the rain last night.



TEEJ AT #MUKTIDHAM SCHOOL
Teej तीज is a Hindu fasting observed by Hindu women. It is dedicated to Goddess Pārbati. Teej falls on the third day of the first fortnight of the month of ‘Bhadra’. The festival continues three days and is celebrated by women in honor of Pārbati Ma. It is one of three Teej festivals and most popularly celebrated in the Nepal.

According to Hindu mythology Pārbati was in love with Shiva. Being an ascetic Lord Shiva was not aware of her. Pārbati performed penance on the Himalayas for many years and finally Shiva took notice of her. Then Lord Shiva came to know about her love and devotion towards him and agreed to marry her. Since then Pārbati has been worshipped as Haritalika.
Unmarried girls keep the fast and pray to Goddesses Pārbati in hope to get good husbands. Hartalika Teej Brata ब्रत  is observed by both married and unmarried women. Married women keep the Brat in order to achieve happy and peaceful married life. Married ladies come back to their parent’s home to celebrate the festival. Some even maintain Nirjala Brata (without water) on these three days and refrain from sleep all the three days. This is symbolic of the penance which Goddesses Pārbati undertook to get Shiva as her husband. During the Brat food is being offered to Brahmins and young girls.

Teej is also the time to adorn oneself with new clothes and jewelry. In Nepal women wear green clothes, green bangles, golden Bindis and Kajal for luck. Applying mehndi on hands and feet is one of the unique features of  Teej celebrations. They offer fresh fruits and green vegetables to the goddesses and beautifully painted coconut to their female relatives. After the rituals get over women take a feast of rice patolis and jaggery steamed in banana leaves, mixed vegetables cooked with spices and coconut milk, a sweet made from coconut milk and rice. Tender coconut water is taken as a treat of the day.
There are several regional variations of this Teej Brat but the purpose of observing it remains the same. Two other Teej Brats are Hariyali Teej and Kajari Teej but Teej is the most important. For performing the puja women gather at a nearby temple. A semi-circle is created and an idol of Goddess Pārbati is kept in the middle. The main puja begins with holy offerings of flowers, fruits, sweets and coins. A pujarin or all the ladies together narrate the holy Teej Katha. Young girls also sit and listen to the Katha. While listening to the holy Katha women should put their mind and thoughts towards their soul mate. After the puja gets over women offer flowers, fruits and many other holy items to Goddesses Pārbati and seek her blessings for marital bliss. Another important part of the puja is oil lamp that needs to keep alight throughout the night and if it dies away it is considered to be a bad omen. At some places after paying homage to Goddess Pārbati, women take a bath with red mud found on the roots of sacred Datiwan bush. This is a act of purification that is believed to absolve women for all accumulated sins after this holy bath.

Some pictures of TEEJ SONGS COMPETITION at Muktidham HIgher Secondary School, Rakhu Bhagawati.











Lets Enjoy the TEEJ SONG and stay connected with RakhuOnline for more updates!

Vocal : Manju Thapa
Music : Shambhujeet Baskota
Lyrics : Chetan Karki
Arranger : Pabidhan Khaling
Recorded At : Virgen Voice Studio

Artists : Karishma Manandhar , Basundhara Bhusal , Subhadra Adhikari & Supriya Thapa

नब्-सन्तोष युवा क्लब राखु, पिप्ले का युवा हरु द्वारा गलेश्वोर देखी पिप्ले, भगवति, बेग जोड्ने मोटर सड्क मर्मत कार्य मा सक्रीय देखियका छन्, अब आउने तिज मेला लाई मध्य नजर राखेर बाहिर बाट यस मेला लाई हेर्न आउने खेलाडिहरु, कलाकारहरु, दर्शक हरु आदी लाई पर्न सक्ने समस्या को मध्य नजर राखी उत्त कल्ब का युवा हरु मोटर बाटो सुधार कार्य मा लागेको देखिन्छ ।

केहि तस्बिर हरु ।

फोटो साभार्: नब सन्तोष युवा कल्ब राखु, पिप्ले


परापुर्ब काल मा रुइसे भन्ने यस ठाउमा राजा बसेको भन्ने गरिन्छ , यहाँ राजाको सिरानि, हात्ती बाध्ने गहरो, राज कुलो आदी रहेका छन । जस्ले यस रुईसे को महत्वलाई झलकाउछ । साथै यो राखु लगाएत बेग बासिको बनभोज खाने ठाउ ले प्रख्यात छ ।
हाल सालै यो धौलागिरी आइस्फल को रुट भएको छ । रुईसे को बारे मा बृह्त जानकारी अर्को लेख मा गर्नेछु। यो ब्लग हेर्दै गर्नुस ।

सात दिनको सुतकेरी ले गाडेको ढुङ्गा ।
तस्बिर साभर्: राजकुमार शाही/fb

जिल्ला शिक्षा कार्यालय को करार शिक्षक नियुक्ती गर्ने अनुमती पत्रचार अनुसार श्री मुक्तिधाम उच्च मा बि मा कार्यालय तथा लेखा बिषयको शिक्षक आबश्यकता परेको हुँदा सम्पूर्ण नेपाली मा दर्खास्त आवाहन गरेको छ । सम्पुर्ण जानकारी को लागी तल को बिज्ञापन हेर्नु होला ।

Nauli Baraha Area
Peoples Praying God at Nauli Baraha 
Small Lake of Nauli Baraha

हाम्रो राखु भगवती , हटिया बासी नेवार हरुको छुट्टै पहिचान रहेको छ, जनैपुर्णिमा, नाग पन्चमि, हरेलो इत्यादी चाड्पर्ब हरु मा लाखे नाच गर्दै आएको हामी सबै राखु बासिहरु लाई थाह भयको कुरा नै हो । तर त्यो भन्दा नि खुशी को कुरो; राखु बासी को पहिचान राख्दै काठ्माण्डोमा बिभिन्न पेशा, ब्यापार्, अध्ययन को सिलसिलामा राखु हाटियाबाट काठमाण्डौ आएर बसेका नेवार जाती हरु आफ्नो पहिचान्, परम्परा जोगाउन "राखु नेवा: गुठी" समिती बनाई यस्तै हरेक चाड्पर्ब हरुमा लाखे नाच देखाउने र साथी, भाई, इस्ट्मित्र आदी अरुमा दुख सुख, खुशी साट्ने कार्यक्रम गर्दै आएको छ । यसै क्रम मा नाग पन्चमि मा देखिय का राखु नेवा: गुठी  ले गरेको लाखे नाच का क्रम मा जोगि, नागा, लाखे को भेषभुषा मा काठ्माण्डु निवासी राखु हटिया  का ठिटोहरु ।

तस्बिर आफै बोल्छ ।

फोटो साभर्: बिज्ञान श्रेस्ठ्, लोकराज श्रेस्ठ 

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24