अफर

ताजा

बेग शिमफाँटको जनैपुर्णिमा मेला मा भगवति फाईनल मा।

Aug 19, 2019
म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोला बेग शिमफाँटको भराही जनैपुर्णिमा मेलाको अवसर पारेर मनाईएको मेलामा पुरूष भलिबलको पाँचौ दिनको खेलमा सेमी फाइनलको खेलमा रघुगंगा गाउँपालिका-१ बेगखोला तिप्ल्याङ्ग A र पर्वत जलजला गाउँपालिका- भनौँको खेलाडी वीचको खेलमा खेलाइएको प्रतिस्पर्धा खेल भएको थियो। तिप्ल्याङ्गका A र भनौँका विच खेलमा भनौँले २ सेट गरेको थियो भने  तिप्ल्याङ्ग  A का खेलाडीहरूले ३ सेट गरी सेमी फाइनलबाट भनौँलाई  हराउँदै तिप्ल्याङ्गका खेलाडीहरू फाइनलमा प्रवेश गरेको हो। अवको भलिबलको फाइनलको म्याचमा म्याग्दीको रघुगंगा गाउँपालिका -१ बेगखोला तिप्ल्याङ्गका A टिम र म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखुँ भगवतीका A टिम फाइनलमा प्रवेश गरेको छ।  भोली भाद्र ३ गते दिउँसो सास्कृतिक कार्यक्रम हुने छ।
स्रोत : बेगखोला समाचार


No comments: