-मेजन पुन
बाबा दलजित फगामी र आमा दुदीमा फगामीको ४ छोरा मध्येका महेन्द्र फगामी २०३० साल पुष ९ गते तत्कालिन बेगखोला गाविस, बेग २ हाल रघुगंगा गाउँपालिका १, बेग गाउँमा जन्मिएर प्रारम्भिक शिक्षा बेग गाउँकै श्री महादेव निम्न मा.वि.बाट शुरु गरि राखु मा.वि.मा पढेका महेन्द्र फगामी म्याग्दी जिल्लाबाट भलिबल टिममा सेलेक्सन भई जिल्लाका प्रतिनिधित्व पनि गरिसकेका छन् ।
ब्रिटिश आर्मीमा २०५० सालमा भर्ती भई हाल क्याप्टेन पदमा बहालरत छन् । आफ्नो लाहुरे जीवनकालमा उनी भलिबल, बास्केटबल, फुटबल, एथलेटिक्समा भाग लिई जितेका पनि छन् । भलिबल खेलमा आफ्नो कम्पनीबाट बटालियन, बटालियनबाट आर्मी टिममा सेलेक्सन हुँदै नेशनल लिगमा समेत गोराहरुसँग खेलेका छन् ।बाबा दलजित फगामी र आमा दुदीमा फगामीको ४ छोरा मध्येका महेन्द्र फगामी २०३० साल पुष ९ गते तत्कालिन बेगखोला गाविस, बेग २ हाल रघुगंगा गाउँपालिका १, बेग गाउँमा जन्मिएर प्रारम्भिक शिक्षा बेग गाउँकै श्री महादेव निम्न मा.वि.बाट शुरु गरि राखु मा.वि.मा पढेका महेन्द्र फगामी म्याग्दी जिल्लाबाट भलिबल टिममा सेलेक्सन भई जिल्लाका प्रतिनिधित्व पनि गरिसकेका छन् ।
आफ्नो रेजिमेन्टका ३ साथीहरु चित्रबहादुर थापा मगर (बाग्लुंग), टेकबहादुर बुढाथोकी मगर (तनहुँ) सँग मिलेर टेटबरीको गुम्सस्टुल हिलमा आयोजित २७ औं वुलसेक रेसमा भाग लिएर वल्र्ड रेकर्ड राख्न सफल भएका थिए । ६० एलबि को वुलसेक लगभग २ सय ७४ यार्डको दुरीको उकालो ओरालो गुम्सस्टुल पहाडमा उक्त वुलसेकलाई काँधमा राखेर दौडेर उहाँहरुको टिमले वल्र्ड रेकर्ड राख्न सफल भएको थियो ।
हाल क्याप्टेन महेन्द्र फगामी आफ्नो आर्मी जीवनको अन्तिम दुई वर्ष पोखराको ब्रिटिश क्याम्पमा एआरओको रुपमा आएका छन् । ब्रिटिश आर्मीमा अझ अगाडि बढेर मानपदवी थाप्नुहुन्थ्यो होला तर अफगानिस्तानमा २ वर्ष अगाडि दुर्घटनामा परेर मृत्युलाई जित्दै आर्मी जीवनको अन्त्य नेपालदेखि नै समापन गर्ने आफ्नै मनसाय अनुरुप पोखराको ब्रिटिश क्याम्पमा आएका छन् । वहाँको सफल कार्यकालको शुभकामना ।


No comments:
Post a Comment