अफर

ताजा

नेपाली लघु-उपन्यास : ध्वाँसे

Aug 9, 2019
रजित ओझा~


पहिलो अध्याय


ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय

“ह्या सर छोड्दिनु न !” उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय थियो।मलाई भने सवैभन्दा रिस उठ्ने उसको कपाल!
सरकारी नै भए पनि हामी अनुशासन पालनमा निक्कै अव्वल थियौँ।मैले आफुमाथी गर्व गर्न त उचित हुन्न, तर यस स्कुलको अनुशासनलाई यत्तिको राख्नुमा मेरो ठूलो हात थियो।म हफ्ताको एक चोटी सवैको नंग,कपाल हेर्थेँ लाइनमाँ राखेर!कपाल लामो भएको मलाई मन पर्दैन थियो।कहिलाई अफिसमा अरु सरहरु मलाई जिस्क्याउँथे पनि मेरो कपाल खुइलिन थालेको भएर अरुको कपालमा म डाहा गर्थेँ भनेर ! तर कुरा त्यस्तो थिएन । मलाई त मात्र मेरो स्कुलका विध्यार्थी अनुशासनमा रहुन र सँधै अव्वल रहुन भन्ने ध्याउन्न थियो।
ध्वाँसे हाम्रो स्कुलको अटेँर विध्यार्थी मध्येको एक, आज उसको व्योहोरा ठिक पार्नलाई मैले हजाम लिएर आएँ आफ्नै पैसा तिरेर। पहिला त आफ्नो खैनी खाएको टाट्ने दाँत देखाउँदै हजामले भनेको थियो ” सर विस रुपैयाँ त कम्तिमा लाग्छ !” मैले पनि आफ्नो मोलमोलाईको पावर देखाउँदै भने ” अरु विध्यार्थीलाई पनि पर्यो भने तँलाई नै वोलाउँछु नी !” हजामले कान कन्याउँदै भन्यो “ध्वाँसेको कपाल त लामो छ हजुर ,मिलाएर काट्न त टाइम लाग्छ !” मलाई रिस उठ्यो ” जस्तो काट्दे पनि हुन्छ, छोटो चाहिँ पार्दे न !” उसले पनि स्विकारोक्तिमा टाउको हल्लाएको थियो।
“आफूलाई सन्जय दत्त सम्झिन्छस् होला हैन?” मैले फेरि ध्वाँसेलाई गाली गरेँ।ध्वाँसेलाई देख्ने वित्तिकै रिस उठ्छ। सानो उमेरमै कत्ति फुर्ति देखाउनु पर्ने यसलाई।
“हैन सर राहुल रोय, आशिकीको हिरो के !” उसले आफ्नो फिल्मी ग्यान छाँट्यो। म भने आशिकी भनेको कुन फिलिम हो सोच्न थालेँ।अनि को हो यो राहुल रोय भनेको? अहिले सम्म त खासै नाम सुनेको हिरो त हैन। मैले सुनेको त सन्जय दत्त, अमिताभ वच्चन अझ पुरानोमा दिलिप कुमार ! को हो यो राहुल रोय भनेको?
“सर कति छोटो वनाइदिम ?” हजामको प्रश्नले मलाई ध्वाँसेमै दिमाग फर्कायो।
“अझै छोटो वनाइदे!”
“सर के आर्मीमा पठाउन आँट्नु भको मलाई ?” ध्वाँसेले रुन्चे स्वरमा मलाई हेर्दै भन्यो।मैले उसको लुगा हेरेँ। उ अझै घुँडा टेकी नै राखेको थियो।छेउ छाउका कक्षावाट केटाकेटीहरु उसलाई चियाउँदै थिए। ध्वाँसे वास्तवमा त्यो स्कुलको हिरो नै थियो। चिल्लो तेल दलेको कपाल ,पछाडीको गोजीमा काइँयो,शिवजीको फोटो भएको लकेट,अनि माथीको दुइवटा वटन खुलेको शर्ट!! अरु भन्दा भिन्न देखिन्थ्यो ध्वाँसे।
ध्वाँसे सँग हिँड्ने दुइ चार जना चम्चा थिए उसका । फुटानि चोकको चियापसल छेउमा वसेर क्यारेम खेल्दै गरेको देख्थेँ म! तर मलाई देखेपछि साहिँलीको त्यो चिया पसलमा लुक्थे।मलाई साहिँलीकोमा छिर्न अलि लाज लाग्थ्यो । साहिँलीको वोल्ने सोमत थिएन। एक दिन “दुध हालेको चिया खान्छु ” मात्र भनेको थिएँ “भैँसी थाकेको तिन महिना भयो, म थाकेको तिन वर्ष , कहाँ वाट ल्याउँ दुध !” भनी । म अलमल्ल परेँ। लाजले रातो भएँ। उसको वुढो छेउमा हुन्जेल केहि वोल्दिन। वुढो यताउता हुने वित्तिकै उसले लोग्ने मान्छे देख्नै हुन्न। त्यसमाथी उसको वुढो मातेर टिल्ल भएर त्यहि फुटानि चोक छेउकै चौतारोमा सुतिरहन्छ। त्यसपछि त साहिँलीलाई के र , कहिलेकाहिँ त चिया पसल दिउँसे वन्द!! त्यसपछि साहिँलीको दोकानमा चिया खान जान डर लाग्न थाल्यो अनि छोड्देँ जानलाई। तर जुन दिन म केटाहरुलाई त्यहाँ देख्थेँ तिनीहरुलाई भोलिपल्ट केहि न केहि निहुँमा विहानको लाइन वाट वाहिर निकालेर छडी लाउँथे।
“चुपचाप वसिराख! फेरि कान काट्ला तेरो!”
उसले पुलुक्क म तिर हेर्यो।मलाई कुट्न हुने भए कुट्थ्यो ध्वाँसेले। कहिलेकाहिँ त डरै लाग्छ मोरो देखी । नौ क्लास पढ्ने भनेर के गर्नु। मोरोको पाखुरा अहिल्यै राँगा ढाल्ला जस्तो छ।
“अव काटी नै सकेपछि कान पनि किन वाँकी राख्ने र सर!” छेवैका केटाहरु गलल्ल हाँसे।
“तिमीहरु आ आफ्नो क्लास जाओ!” शायद ति केटाहरु ध्वाँसेको हारवाट सन्तुष्ट थिए। त्यहि भएर त हाँसी राखेका थिएँ। ध्वाँसेले रिसाएको नजरले उनीहरुलाई हेर्यो।ध्वाँसेको कपाल को कालो थुप्रो वन्दै थियो तलतिर भुईँमा। मलाई आफ्नो जित भुईँ भरि छरिए जस्तै लाग्यो। भित्र भित्रै गदगद भएँ।
“यो सफा गरेर आइज अफिसमा पैसा त्यहिँ दिउँला !” त्यति भनेर म त्यहाँ वाट हिँडे। उसका चम्चाहरु म हिँड्ना साथ भेला भए। उसको कपालको मलामी जानलाई भेला भए जस्तो….
ध्वाँसेको आवाज छ्यास्स कानमा छिर्यो ” खुइलेले मेरो राम्रो कपाल देखि सहेन, हेर न आर्मी वनाइदियो मलाई !”

ध्वाँसेले माया गर्न जान्यो तर देखाउन जानेन – शान्ती

तिन छोरा पछि म छोरी जन्मेँ। आमा वाउले छोरी खोजेका, छोरी जन्मेँ।दुवैजनालाई शान्ती भयो, अनि मेरो पनि नाम राखिदिए शान्ती। खासै ठूलो आम्दानी थिएन वाउ आमाको। खेत वारी थियो सँधैको कामले जेनेतेने खान पुग्थ्यो।खेतवारीमा गएर काम गर्न मलाई खासै राम्रो त लाग्दैन थ्यो तर पनि कहिलेकाहिँ काम गर्नु पर्थ्यो। तिनैजना दाजु मलाई माया गर्थे,त्यहि भएर धेरै जसो मेरो भागको काम पनि गरिदिन्थे। आमावुवालाई भने मेरो काम सघाएको पुल्पुल्याएको जस्तो लाग्थ्यो।दाजुहरुलाई गाली पनि गर्नु हुन्थ्यो “हैन यसलाई घर गरी खाने गरी त काम सिकाउनै पर्छ!”। म सोच्थेँ मलाई लिन त राजकुमार आउँछ घोडामा, मैले त केहि काम गर्नु पर्दैन, मेरो जीवन आलिशानको हुनेछ।निन्द्रामा पनि म फिलिमका हिरोहरु देख्थेँ ,फिलिम जस्तै नाच्थे उनीहरु मेरो सपनामा।त्यो दिन विहान उठेपछि मलाई झर्को लाग्थ्यो ,किन सपनाहरु टुट्छन्। किन विपना सपना जस्तो हुँदैन?
स्कुलका अरु केटीहरु भन्दा मेरा हात गोडा सलक्क परेका थिए। अनुहार पनि मिलेको छ भनेर डाह गर्थे साथीहरु। मलाई उनीहरुले डाह गरेको रमाइलो लाग्थ्यो।आफ्ना हात गोडा खेलाइ रहन्थे।अरु साथीहरुको खुट्टा फुटेको हुन्थ्यो। मेरो गोडामा म नरिवलको तेल लाउँथे खेत गएको दिन, त्यहि भएर मेरो खुट्टा फुट्दैन थियो। वुवाले आमालाई ल्याइदिएको नेल पोलिश म चोरी चोरी लगाउँथे।आमाले थाहा पाएपछि गाली गर्नुहुन्थ्यो” यति सानै उमेरमा कति नक्कल पारेकी, यो पक्कै पोइल जान्छे!”। मलाई रिस उठ्थ्यो तर म केहि वोल्दिनथेँ।आमा थाहा पाएपनि नेलपोलिश चोरेको वुवालाई भने सुनाउनुहुन्नथ्यो। मलाई त्यो आमाले मलाई माया गरेको हो जस्तो लाग्थ्यो।दंग पर्थेँ।
ध्वाँसे म भन्दा दुइ कक्षा माथी थियो। यसपालि नौ मा ध्वाँसे फेल भयो। म आठमा पुगेँ। आठ कक्षा नौको छेउमा थियो।उ आफ्नो क्लासमा छिर्ने वेलामा मलाई पुलुक पुलुक हेर्थ्यो।साथीहरुले जिस्क्याउँथे “तेरो फिलिमको हिरो उ त्यहि हो हेर, कपाल हेर त हिरो जस्तो छैन ?” म रिसाए जस्तो गर्थेँ, तर मनमनै रमाइलो लाग्थ्यो।
त्यो दिन ध्वाँसेले मलाई हेरेन। उसको कपाल काटिदिएको मैले देखेँ। मलाई त्यो खुइले राम सर सँग रिस उठेर आयो। त्यति राम्रो मान्छेलाई विरुप पारिदिए। मनमा लाग्यो “त्यो कपाल सवै जम्मा पारौँ ।अनि भेला पारेर जोडिदिउँ फेरि ध्वाँसेको टाउकोमा । तर वाहिर निस्किँदा हजामले सफा गरिसकेछ।त्यसपछि ध्वाँसे एक हफ्ता स्कुल आएन।
स्कुलको पछाडीपट्टि वयरको रुख थियो। मलाई वयर खुव मन पर्थ्यो।अमिलो वयर, सम्झिँदै मेरो मुख रसाउँथ्यो।म तलवाट ढुँगा हान्थेँ। धेरैजसो मेरो निशाना लाग्थ्यो। तर एउटा वयरको लागि त्यति ठूलो मेहेनत।मलाई कहिलेकाहिँ रिस उठ्थ्यो।एक दिन म त्यहाँ पुग्दा ध्वाँसे पनि त्यहि वयरको छेउमै थियो।
“वयर खान आकी ?” उसले मलाई हेर्दै सोध्यो।
“हैन सुन्तला, वयरको रुखमा फलेछकि भनेर हेर्न आको !” मैले ध्वाँसेलाई जिस्क्याएँ।म एक्लै थिएँ,स्कुल छुट्टि भई सकेको थियो।
“म त तँलाई वयर टिपिदिउँकी भनेर पर्खेको !” उसले आफ्नो कपाल कन्याउँदै भन्यो
“किन नी?”
“अव तारा झार्न सक्दिन,त्यहि वयर भए पनि टिप्नै पर्यो नि!”
मलाई हाँस उठेर आयो।मोरोलाई वोल्न पनि आउँदैन। त्यो दिन मैले थाहा पाएँ । म एक्लै थिइन ध्वाँसे तिर तानीएकी, ध्वाँसे पनि मेरो नजिक हुन चाहन्थ्यो।
“टिप्दे न त !”
उसले स्कुलको वेरावाट भाटा झिकेर लिएर आएको रहेछ।
“मार्लान तँलाई राम सरले !” मलाई डर लागेर आयो।
“त्यो खुइलेले जे विगार्नु थियो विगारी सक्यो !” ध्वाँसेको अनुहार अझ्झ कालो भयो। मलाई अचानक ध्वाँसेको माया लागेर आयो। हो उसको कपाल साँच्ची नै राम्रो थियो।
उसले भाटाले हिर्कायो। एक्कै चोटी वरर झरे वयर।टिपेर मलाई दियो। मैले फ्रकको खल्तिमा हालेँ दंग परेर।हाल्दै गर्दा उसले मेरो हात च्याप्प समात्यो।
“छोड !” मलाई अचानक डर लागेर आयो।
उसले छोड्दियो।
“कस्तो दुख्यो !” म रिसाए जस्तो गरेँ।
“तँलाई दुखाउन खोजेको हैन !”
“के गर्न खोजेको त ?”
“खै किन किन तेरो हात समातुम् समातुम् लाग्यो !”
मोरोलाई वहाना वनाउन पनि आउँदैन। आँट पनि छैन।
“अव देखि नगर है !”
उसले टाउको हल्लायो। मलाई अचम्म लागेर आयो। कस्तो जे मा टाउको हल्लाउँछ। मोरो, ध्वाँसेलाई माया गर्न आउँछ,देखाउन आउँदैन।
ध्वाँसे, मैले उसलाई केटावाट पुरुष वनाएँ – साहिँली मगर्नी
अठार वर्षको वैँश,मेरो कसिलो शरिर अनि लोग्नेमान्छेका आँखाहरु। टाँसिन्थे चुम्वक वनेर उनीहरुका आँखा! नजर पनि फरक फरक कसै कसैको हेराईले रिस उठ्थ्यो, कसै कसैकोले काउँकुति लाइदिन्थ्यो।
“हर्के , यहाँ सम्म देखिने वना है !” मैले मेरो छाति देखाउँदै लुगा सिलाउने हर्केलाई भनेकी थिएँ।
उसले पुलुक्क मलाई हेर्यो।
“अलि वढी हुन्छ ,दिलु वहिनी !” उसले डराउँदै मलाई जवाफ फर्कायो।
“वना,वना केहि वढी हुन्न !”
त्यसपछि उसले केहि वोलेन। त्यो टिपिक्क परेको चोलो मैले धेरै समय लगाएँ। म गाउँकै सवैभन्दा राम्री भनेर त भन्दिन। तर सवैका आँखा तान्ने खुवी भने ममा थियो।
************* ************** **************** **************** ************* ****
साहिँलो मगर ले जंगलका वुढा रुख काटेर छेवैको चउरमा थुपार्ने जिम्मा पाएको थियो। म घाँस काट्न जानेवेलामा साहिँलो मगरलाई हेरीरहन्थेँ । मोरोको पाखुरा कति दह्रा , उ रुखका टुनाहरु एक्लै वोक्थ्यो। साहिँलो मगरले वोके जत्ति त दश जनाले पनि वोक्न सक्दैनथे होला। कति दह्रो मान्छे!! एक दिन मैले सपना देखेँ ! सपनामा साहिँलो मगर मलाई वोकेर हिँड्दै थियो। त्यो रुखको टुनाको सट्टा! मलाई भने डर लागेको थियो उसले छेवैको चउरमा मलाई पनि ड्याम्म फ्यालिदिने हो कि भनेर । तर हैन उसले त मलाई वोकेर सिधै घर गयो। परालको छानो भएको घर । छेवैमा फूलवारी, दुइवटा वाख्रा , चार पाँचवटा कुखुरा । उसले मलाई अह्रायो “आज देखि यो कुखुरालाई तिमीले नै चारो दिनु!” मैले टाउको हल्लाएँ।
आमा रिसाउनु भयो हैन किन टाउकोले हिर्काउँछे मलाई भनेर ! सपनामैँ मैले आमाको चिउँडोमा टाउकोले ठोक्काइदिएछु। लाज लागेर आयो । केहि पनि भनिन साहिँलो मगरको वारेमा !
***************** ******************** ******************* **********************
“साहिँला दाजु, काठमात्रै वोक्न सक्छौ कि अरु चिज पनि वोक्न सक्छौ?” मैले घाँस लिएर आउँदा जिस्क्याएँ
“के वोक्दिनु पर्यो भन न !”
” यो घाँस वोकेर घर सम्म पुर्याइ देउ न !”
“घाँस त तैँ सहित वोक्ने भए मात्रै वोक्छु, नत्र भारी नै पुग्दैन मेरो !” साहिँलो पनि जिस्किने नै रहेछ। मैले सपना सम्झे ! मनमा काउँकुति भएजस्तो लाग्यो।
“छ्या कस्तो छिलिएको !” मेरो साथीले साहिँलो लाई गाली गरी । मलाई मन अमिलो भयो। गाली नगरेको भए नै हुन्थ्यो । भोलि देखि वा नजिस्काउने पो हो कि !
“तेरो साथीको रुपले पो त , जिस्किने वनाको !” साहिँलोले पसिना पुछ्यो। मन मा लाग्यो गएर उसको पसिना पुछ्दिउँ।एक अम्खोरा पानी पनि ल्याइदिउँ , मोरो तिर्खाको होला !
भोलिपल्ट देखि म घाँस काट्न एक्लै जान थालेँ। वाटोमा केहि वेर साहिँलो सँग गफ गर्ने समय पनि जुर्यो।
****************** ********************** ***************** *********************
“भाग्छेस् म सँग , तराई जानुपर्छ !” एक दिन साहिँलो मगरले अनायसै मलाई सोध्यो। म आकाशलाई हेरी रहेँ। के भन्ने जवाफ फुरेन।
“मलाई नपत्याकी ?”
“हैन त्यस्तो !”
“त्यसो भए हिँड न त म सँग , मलाई यो गाउँमा वस्दा वस्दा दिक्क लागि सक्यो !”
मैले नाइ भन्ने ठाउँ पाइन। एउटा मन्दिरमा उसले मलाई सिन्दुर पोते लाइदियो।
*********** ****************** ******************* *************** **************
विहेको शुरुको दुइ तिन महिना उसले मलाई खुव माया गर्यो। तर पछि मेरो ठाउँ रक्सिले लियो। उसले काम गर्न छोडेपछि मैलेँ चियापसल शुरु गरेँ। साहिँलो त्यहि चियापसल अगाडी सुति रहन्थ्यो। विहान विहान रक्सी खान जान्थ्यो। घाम लागुन्जेलसम्ममा उसले आफ्नो भाग खाइ सकेको हुन्थ्यो। त्यसपछि सुतिरहन्थ्यो। खाना पनि खाँदैन थियो। मलाई दिक्क लाग्थ्यो। उसले गरेको मायाको फल पनि भेट्टाएँ मैले । एउटी छोरी जन्मी! मेरो शरीर सँधै साहिँलोलाई खोजिरहन्थ्यो। उसको पसिनाको गन्ध अचम्मको थियो। उसलाई रक्सी लागे जस्तै मलाई उसको पसिना लाग्थ्यो। तर साहिँलोलाई त रक्सीले खाएको थीयो। साहिँलो पहिलेको साहीँलो रहेन। प्रत्येक रात मलाई खोइ के नपुगेको के नपुगेको जस्तो लाग्थ्यो।दिक्क लागेर आउँथ्यो। साहिँलोलाई मैले एक दिन लात्तले हानेर खाट वाट लडाइदिएँ। त्यो दिन देखी साहिँलो अर्को कोठामा सुत्न थाल्यो।
छेवैको स्कुलका केटाहरु मेरो चियापसलमा क्यारेम खेल्न आउँथे। मैले पाँच सय हालेर वोर्ड किनेकी थिएँ। एक चोटी खेलेको पाँच रुपैयाँ लिन्थेँ।त्यहि क्यारेममा पल्केको थियो ध्वाँसे।एक दिन ध्वाँसे सँग पैसा थिएन,क्यारेमको वाजी पनि हार्यो।कपाल कन्याउँदै नजिकै आएर भन्यो
” भाउजु आज पैसा छैन भोलि दिँदा हुन्छ ?”
मैले उसलाई नियालेर हेरे । छोह्र सत्रको ठीटो, गज्जपको , साहिँलोको जस्तै पाखुरा वडेमानका! सिलित्त पारेर कोरेको कपाल! कपालमा नरिवलको तेलको वासना !
“खेल्ने वेलामा खेल्छस्, अहिले पैसा छैन भन्छस् ?” म थोरै रिसाएँ
“भोली दि हाल्छु नी !”
“भोलि चाहिँ के वाउको खल्तिवाट चोरेर ल्याउँछस् ?”
“कत्ति किचकिच गरेको हौ , पाँच रुपैयाँ नै त हो नि !”
“कमाको छस् ,कहिल्यै पाँच रुपियाँ !”
“अव पाँच रुपैयाँकै लागि नोकर राख्छौ त भाउजु ?”
किन किन मलाई त्यो दिन पाँच रुपैयाँ छोडिदिउँ जस्तो लाग्यो।
“ल भैगो जा ! तर तेरो स्कुलको एक मुठ्ठी वयर खुवाउनु पर्छ सक्छस्” ध्वाँसेले खुशी भएर टाउको हल्लायो। आखिर उसले चोरेर ल्याउने न हो त्यो। मैले साँच्चै नै त्यो दिन पाँच रुपैयाँ छोड्दे। त्यो दिन राती धेरै वेर सोचेँ यस्तो तालले मेरो व्यापार चल्दैन।
भोलिपल्ट वेलुका वेलुका उ वयर लिएर आयो।
“भाउजु वयर लिएर आको छु !” उ वाहिर वाटै करायो। त्यो दिन दोकानमा मान्छे थिएनन्।साहिँलो कोठामा सुतिराखेको थियो।
“तँ त वचनको पक्का रैछस्, भित्रै आइज !”
मेरो कोठामा नरिवल तेलको वासना चारै तिर छरियो। म तरकारी काट्दै थिएँ।
“काँ राख्दिम ?” उसले वाहिर जान हतार गर्यो।
“किन शान्तीलाई भेट्न हतार भो ?” मैले उसलाई जिस्क्याएँ । क्यारेम खेल्दा केटाहरुले जिस्क्याएको मैले पनि सुनेको थिएँ।
“कसले भन्यो ?” उ रातो भयो।
“थाहा पाइ हाल्छु नि ! सवै गाउँलाई नै थाहा छ” मैले उसलाई अझ रातो वनाउने विचार गरेँ।
“भाउजु कसैलाई नभन्नु ल !” उसले मेरो हात समात्यो, डरले । म खित्का छोडेर हाँसे।
“किन हाँसेको ?” उ रिसायो।
“मोरो लाछि ! थाहा पाए के हुन्छ त ?”
उसले घोसे मुन्टो पार्यो । छेवैको कोठावाट साहिँलो घुरेको आवाज आउँदै थियो।उसले पुलुक्क हेर्यो, पछाडी फर्केर !
“ढुंग्री खान्छस्? तेलमा फुराइदिन्छु !” मेरो दोकानको ढुंग्री खान स्कुलका धेरै केटाकेटीहरु आउँथे।
उसले हुन्छ भनेर टाउको हल्लायो।
“मलाई उचाल्नुपर्छ, उ त्यो माथीको खोपामा छ !सक्छस् ?” मैले उसको मन वुझ्ने प्रयास गरेँ। उ एकछिन अलमलियो।
“लाछि !” मैले उसलाई जिस्क्याएँ।
“सक्छु !” उसले अनायसै जवाफ फर्कायो।
उसले मलाई जुरुक्कै वोक्यो। म फेरि पुरानो सपनामैँ फर्किएँ। सपनामा साहिँलोले मलाई वोकेको थियो। घर थिए,फूलवारी थियो।
मैले वट्टा झिकेँ। उसले मलाई सुस्तरी उतार्यो। उसको हात हल्का मेरो छातिमा ठोक्कियो। उ हच्कियो।
“तैले छोएको मन नपराउने त कोहि हुन्नन् वुझिस् !” मैले उसको हात फेरि मेरै छातिमा लगेँ।मेरो धड्कन उसको हातले थाहा पाएको हुनुपर्छ। उसले हात विस्तारै भित्र घुसार्यो। म जुरुक्क उठेँ, उ डरायो।
मैले चुलो वाट दाउरा वाहिर झिकेँ।
“भित्र आइज !” म अर्को कोठामा छिरेर उसलाई वोलाएँ। उ खुरुखुरु भित्र आयो। पहेँलो टुकीको प्रकाशमा उसले स्कुलकै शर्ट लगाएको मैले याद गरेँ।एक छिन उसको शर्टका टाँकहरु सँग खेलिरहेँ।उसले पनि आफ्नो हात सलवलाउने ठाउँ पाएकै थियो।धेरै पछि मेरो जिउ रापिएको थियो ।मैले खेलिरहन सकिन, उसका शर्टका टाँक च्यातदिउँ जस्तो लाग्यो। तर स्कुलको शर्ट , जतनले टाँकहरु खोलेँ।
“भोलि स्कुल जान चाहिन्छ !” उसले शर्ट भुईँमा फाल्न पनि दिएन।आँफै छेउको डोरीमा झुन्ड्यायो। मैले टुकी निभाइदिएँ। साहिँलो छेउको कोठामा सुतिरहेको छ, उसको निन्द्रा पुग्नुपर्छ।
जानेवेलामा मैले ध्वाँसेलाई जिस्क्याएँ ” भोली पनि वयर लिएर आइज है !” उ खिस्स हाँस्यो।

ध्वाँसे डराएको दिन – शान्ती

चियावारी सिजनमा हरियो हुन्थ्यो।मैले घाँस काट्ने ठाउँ, रमाइलो देखिन थालेको थियो।जीवन पनि त त्यहि मौसम जस्तै नै भएको थियो ध्वाँसेको आगमनले हरियो, आँखामा अटाउन्जेल अटाउँ लाग्ने!पर ध्वाँसे देखेपछि म घाँस काट्न हिँडेका साथीहरुवाट थोरै छुट्टिन्थे। उनीहरु मलाई जिस्क्याउँथे “उ आयो तेरो भमरा” भनेर ! म लाजले राती हुन्थे । उनीहरु मलाई पर्खिरहन्थे घर जाने वेला सम्म! घरमा शंका नहुनु पनि त जरुरी थियो। ध्वाँसे विस्तारै विस्तारै गफ गर्न जान्ने भएको थियो।कहिले मेरो कपालको तारिफ गरेर समय विताइदिन्थ्यो, कहिले मेरो वुद्दिको ! उ आफुलाई वुद्दु तर भाग्यमानी ठान्थ्यो। वुद्दु यो मानेमा कि उसले अस्ति भख्खर नौ फेल गरेको थियो र भाग्यमानी यो मानेमा की उ सँग म थिएँ। उ मेरो कपाल सुम्सुम्याइरहन्थ्यो । मलाई उसको छातिमा ढल्किन खुवै रमाइलो लाग्थ्यो।कत्ति चाँडो समय वित्थ्यो थाहै हुँदैन थियो। फर्किँदा साथीहरुको गाली खाइन्थ्यो ।
” कत्ति ढिलो गरेकी, आज त भागिस् कि भनेर डर लागेको !”
म सुस्तरी जवाफ फर्काउँथे ” ध्वाँसेले मलाई भगाउँदैन अरे, मलाई विहे गरेर लैजान्छ अरे !” कति विश्वास मलाई उसको मायामा ! जव मायामा विश्वास हुन्छ, मायामा शक्ति पनि हुन्छ।
****************** **************** ****************** ********************* ****
“आज एक्लै आइज न , कत्ति साथी हरु सँग आउँछेस् ?” ध्वाँसेले अनायसै विहान स्कुलमा मलाई भन्यो। म चार वजे पछि खाजा खाएर घाँस काट्न जान्थेँ साथीहरु सँग । मलाई उसको प्रस्तावले अनायसै काउँकुति लगायो।
“मन्दिरको पछाडी आउँछस् त ?” मैले प्रश्न राखेँ। उसले खुशी हुँदै टाउको हल्लायो। कत्ति चाँडो हल्लेको मोरोको टाउको!
त्यो दिन ध्वाँसे नयाँ शर्ट लाएर आयो।पेन्ट पनि जिनिसको । अनि वासना आउने भएर आयो !
“कहाँ वाट ल्याइस वासना ?” मैले उसलाई जिस्क्याएँ।
“हामी पनि हिरो पो त !” उसले आफ्नो कलर उठाउँदै जवाफ फर्कायो।
साँझको बेलामा त्यो मन्दिर छेउको खोलामा घामको किरण टल्किन्छ । पश्चिममा डुविरहेको घामले खोला सँग विदा माग्ने वेलामा अँगालो मारे जस्तो लाग्छ।
ध्वाँसे मेरो कपाल सुम्सुम्याइ रह्यो। चुपचाप, मौन ! कहिँलेकाहिँ मुटुको ढुकढुकी सुन्न दुवै जना मौन हुनुपर्छ। दुवै चुप वसे मुटुले वोलेको सुनिन्छ। उसको हात मेरो कपाल हुँदै काँधमा झरे, म केहि वोलिन तर मेरो मुटु भने जोडले धड्कियो। तर काँध वाट अझ तल झरे पछि भने म हिच्किचाएँ, मलाई अनौठो रमाइलो लाग्दा लाग्दै हिच्किचाएँ, अनायसै कराएँ ।
“के गरेको ?”
“तँलाई ममा विश्वास छैन ?” उसले कामेको स्वरले सोध्यो।
“छ न त छ तर !” मैले सुस्तरी जवाफ फर्काएँ।
“तर के ?”
“हामी सानै छौँ ध्वाँसे !” मैले उसलाई सम्झाउने प्रयास गरेँ । तर मलाई स्वयं आफुले सम्झाएका शव्दहरुमा विश्वास थिएन।
“तँलाई सँधै आफु सानी छु जस्तो लाग्छ!”
ध्वाँसे रिसाएर उठ्यो। मलाई के गर्ने के गर्ने पत्तो भएन। उ गएको म चुपचाप हेरिरहेँ।
******************** ****************** *************** **************** ********
त्यसको दुई तिन दिन ध्वाँसे म सँग स्कुलमा पनि वोलेन।म उसलाई हेर्थेँ, उ आँखा लुकाउँथ्यो। हाम्रो कक्षा छेवैवाट हिँड्दा उ अर्कै तिर फर्केर हिँड्थ्यो।मलाई आफु गलत छु जस्तो लाग्यो, उसको नजिकै गएर सुस्तरी सोधेँ।
“रिसाको छस् ?”
उसले टाउको हल्लायो उ रिसाएको छैन भन्ने जनाउन।
“भरे मन्दिरको पछाडी आइज है !” मैले उसको ताप सहन सकिन। म पग्लिएँ।
************* ***************** ***************** **************** **************
म कुरेर वसेकी थिएँ । ध्वाँसे अलि ढिलो पुग्यो।ध्वाँसे पुग्ने वित्तिकै मेरो मुटुको धड्कन वढ्यो । जीवनमा पहिलो पल्ट थियो मेरो लागि! हुन त म भख्खर चौध नै त पुग्दैछु।फेरि केहि भइ हाल्यो भने , तर ध्वाँसेले विहे गर्छु भनेको छ।मेरो मनमा रोमान्च सँगै यी प्रश्नहरु पनि खेलि रहे। ध्वाँसे नजिकै आयो। तर उ मलिन थियो। उ चुपचाप सिँढीमा वस्यो।मैले ध्वाँसेलाई यति चुपचाप कहिल्यै देखेको थिइन।
“म राम्री देखिएकी छैन र त्यति टाढा वसेको तँ ?” म थोरै लाडिएँ।उ नजिकै आयो। मेरो कपाल सुम्सुम्यायो। म उसको छातिमा ढेसिएँ। उसको शर्टको माथील्लो वटन खुलेकै थियो।मैले उसको छातिमा हात लगेँ। उसले हात हटायो।
“के भयो तँलाई ?” मैले टाउको उठाएर सोधेँ।
“हिजो हाम्रो घरमा चन्दा माग्न आका थिए,चन्दा नभए घरको एक जना मान्छे चाहिन्छ भन्थे !”
उसले मलिन भएर भन्यो।
“कति मागे ?” मेरो रोमान्च अचानक डरमा परिणत भयो।
“वा कतार गएर कमाकोले पचास हजार रे !”
“अनि छ त तेरो वा सँग पचास हजार ?”
उसले ओठ लेप्र्याएर टाउको हल्लायो।मैले देखेको मेरो स्कुलको हिरो,सवै केटाहरु सँग झगडा गर्न सक्ने, आँपको गाछिमा टुप्पोमा चढेर भए पनि मेरो लागि अमिलो आँप झार्न नडराउने पहिलो चोटी डराएको थियो। कहिलेकाहिँ हिरोलाई पनि डर लाग्छ, पसिना आउँछ।

ध्वाँसे हरायो – साहिँलि मगर्नी

रंगकाठको रुखमा दुई जोडी ढुकुर वसेँ। म तिनलाई हेरिरहेँ।दुई घण्टासम्म हेरीरहेँ।आज के भयो तिनीहरुलाई? उडेनन्।रंगकाठको रुखमा के नै भेट्टाउलान र ? ठाडो रुख ,कडा अनि छहारी कम। किन किन मलाई रंगकाठको रुख देख्यो कि ध्वाँसेको सम्झना आउँछ। उ सँग उद्दन्डता छ, मलाई वगाउने छाल छ।डुवाउने गहिराई छ। कडा छ, ठाडो छ तर किन हो किन छहारी कम छ। अव त अभ्यस्त पनि भइसकेकी छु।ध्वाँसे प्रत्येक साँझ आउँछ।साहिँलो निदाएकै हुन्छ पल्लो कोठामा ,उ भने एक छिनको वसाईमा मलाई रातभरका सपना छोडेर जान्छ। म ध्वाँसेकै सुगन्ध काखि च्यापेर निदाउँछु।
तिन दिन अघी हुनुपर्छ, उ आएर मेरो छेउमा वस्यो अनि भन्यो,
“भाउजु थोरै लगाएँ भने केहि भन्दिनौ हैन ?” साहिँलोको गन्हाएको सासले दिक्क भएकी मलाई उसको अनुरोधले कन्पारो ततायो।
“पर्दैन लगाउन ! नभए जा लगा अनि घर जा !” म रिसाइदिएँ।
“भइगो त , मन पर्दैन भन न , म वुझ्छु ! हुन त तिमीमा पनि त नशा छ !” उ लाडियो।
“मोरो गफ गर्न सिक्दैछस् ! तेरै शान्तीलाई भन् त्यसो चाहिँ !”
उ लजायो अनायसै, अनि निराश पनि भयो सँगसँगै !
“मोरी…..मान्दै मान्दिन !”
मलाई हाँसो उठ्यो। उसले वुझेको छैन स्त्रीलाई। को चाहिँ पो नमान्ने होला र उ सँग। शान्ती त मात्र माया जाँच्दै छे उसको ।उ त प्रत्येक परिक्षामा नजानी नजानी पास हुँदैछ। मोरो ध्वाँसे को गाँठिएको शरिर शान्तीको कलिलो उमेर, सपनाभरी नै ध्वाँसेलाई देख्दी हो।
“घुर्की लगा न एक चोटी, नवोल्दे त !”
“त्यसो गर्यो भने मान्छे त ?”
“मेरो ग्यारेन्टी भो तँलाई !”
“वावावावा…. भाउजुलाई अंग्रेजी पनि आउँदो रैछ !” उ जिस्कियो।
“नहाँस मोरा , अहिले साहिँलो उठेर मार्ला तँलाई !”
“दाजुको त केहि पनि उठ्दैन अव !” उ खितित्त हाँस्यो फेरि। यसपालि मलाई पनि हाँस उठ्यो।
“तेरो चाहिँ उठ्छ त ?” मैले उसलाई च्याप्प समाते। वोल्न दिइन।मलाई थाहा छ ध्वाँसे छहारी होइन तर आगो वाल्ने काठ त हो। ताप भएको, राप भएको।
************** **************** *************** ************** ****************
तर त्यसपछि ध्वाँसे आएन । दुई दिन आएन। न दिउँसो क्यारेम खेल्न आयो न रातमा म सँग। कहिलेकाहिँ म झुक्किन्छु उसलाई क्यारेममा वढी आकर्षण छ वा म सँग जव आफ्ना एकत्रीत आँखाले उ सेता,काला राता गोट्टीहरु हेर्ने गर्छ। मलाई ति गोट्टि वनुँ लाग्छ।तिनै चार अँध्यारा दुलामा छिरिरहुँ, गिरिरहुँ एक एक गर्दै। ध्वाँसे मलाई सोध्छ ,
“भाउजु क्यारेम को कति भो !”
म खिस्स हाँसेर भन्छु
“छोड्दे, भरे मिलाउँला !”
तर दुई दिन भयो ध्वाँसे आएन। म व्यग्र वन्दै गएँ।आखिर खप्न नसकेर मैले उसैको एउटा साथिलाई सोधेँ
“ओई तेरो साथी विरामी छ कि के हो ?”
उसले अचम्म मान्दै सोध्यो ।
“को साथि भाउजु ?”
“के पो हो नाम त्यसको !त्यो सँधै तिमीहरु सँग आउँछ नि !” म किन पो देखाउँ हामी नजिकिएको दुनियाँलाई ?
“ध्वाँसे?”
“अँ अँ ध्वाँसे!”
“तँपाईलाई थाहा छैन ?” उसले अचम्म मान्दै मलाई हेरेर सोध्यो।
“के भयो र ?” अचानक मेरो ढुकढुकी वढ्यो। ध्वाँसेलाई केहि नहोस् भनेर त्यहि क्षण मैले प्रार्थना गरेँ।
“त्यो…………पार्टीका छन् नी , चन्दा माग्न गका थिए रे ध्वाँसेको घरमा , उसका बा वाहिरवाट आको भनेर पचास हजार मागे रे !”
“अनी ?”
मलाई खलखल पसिना आयो।
“ध्वाँसेको बा सँग थीएन अरे!”
“अनी ?” मैले मात्र अनी अनि भन्न सकेँ।
“त्यसपछि कि त्यति देउ ,कि एउटा सिपाहि लान्छौँ भनेर ध्वाँसेलाई लिएर गए रे !”
उसले ध्वाँसेको कथाको विट मार्यो । म छेवैको कुर्सीमा गएर वसेँ। के सोच्ने ,के नसोच्ने पत्ता लाउन सकिन। ध्वाँसे मन भरी खेलिरह्यो, तर ध्वाँसे त हराएको थियो मेरो संसारवाट अव , कतै टाढा !!!!!!!

त्यो कालो साँझ – सिमा न्यौपाने काफ्ले

“तँलाई हेर्न केटा आउँदैछ रे !” रिनाले मलाई जिस्क्याई। चैतको महिना,उखपात गर्मी त्यसमाथी केटाको कुरा म पसिना पसिना भएँ।
“गर्नु छैन मलाई विहे सिहे !” म रिसाए जस्तो गरेँ।
“केटा पढाउँछ अरे !”
“कहाँ सुनेकी ?” मेरो मनमा चासो वढेर आयो।
“हिजो वुवा आमा कुरा गर्दै हुनुहुन्थ्यो !”
“तर मलाई त अझै पढ्न मन छ !”
“ठिकै त हो नी ,केटा पढाउने तँ पढ्ने , रातभरी पढेर वस्नु !” उ खितित्त हाँसी।
“चुप लाग्!” मैले उसको ढाडमा प्याट्ट हिर्काएँ।तर मेरो आफ्नै मन चुप वसेन , हजारौँ प्रश्न मलाई एकैचोटी सोधिरह्यो। मेरो शरिरभरी काउँकुति लगाइरह्यो, मलाई तरंगित वनाइरह्यो।
************** **************** ************** ***************** ************** *
उ सोझो थियो। चश्मा लगाएको, कपाल चपक्क परेर कोरेको,मैले उसलाई पर्दा भित्र वाटै नियालेकी थिएँ।चुच्चो नाक,उ वोल्दै गर्दा आफ्नो चश्मा आफ्नो चोर औँलाले मिलाउँथ्यो विचविचमा।केहि रमाइलो कुरा आए मुसुक्क हाँस्थ्यो।थोरै अत्तालिएको जस्तो पनि देखिन्थ्यो।मलाई पहिलो नजरमा नै उ मन पर्यो ।मैले विहे नगर्ने विचार उसलाई देख्ने वित्तिकै त्यागिदिएँ। एक नजरमा नै उ “उ” वाट “वहाँ” वन्नुभयो।मैले एउटा मात्र प्रश्न सोधेँ वहाँसँग
“तँपाइ मलाई विहे पछि पनि पढ्न दिनुहुन्छ कि दिनुहुन्न?”
वहाँले मुस्कुराएर टाउको हल्लाउनुभयो । मेरो जीवनमा एउटा रमाईलो मोड आयो।
************** ***************** ************** **************** ****************
रातो रेशमी सारीमा घरवाट विदा गरे मलाई। मैले आफ्नो नयाँ घर वनाएँ।वहाँको वुवा आमा सानैमा वितिसकेकोले घरमा हामी दुई मात्र थियौँ। दुई जना अनि हामी विचको माया , घर स्वर्ग जस्तै लाग्न थाल्यो।घरको छेवैमा वहाँले पढाउने स्कुल थियो। अनी थोरै दुरीमा म पढ्ने कलेज। म कलेज गएको वेला घरको सवै काम गर्नुहुन्थ्यो ।स्कुलको अनुशासन र परिक्षा प्रणाली लगायत स्कुलको गुणस्तर वढाउनमा वहाँले गरेको योगदानको सवैजना तारिफ गर्थे। मलाई मन मनै अचम्म लाग्थ्यो । मान्छे यति सरल ,सहज कसरी हुन्छ? मैले पक्कै पनि पुर्वजन्ममा धेरै पुण्य गरेकी हुनुपर्छ। मेरो जीवन यति राम्ररी वितिरहेको छ। तर मान्छेले भविष्य देखेको हुँदैन। जीवनका थोरै पलहरुलाई कहिलेकाहिँ मान्छे सम्पुर्ण जीवनको अंश मान्ने भुल गर्छ।मैले पनि त्यहि भुल गरेँ।
****************** *************** ********************** ***********************
त्यो साँझ वहाँ र म घरमैँ थियौँ।वाहिर झ्याउँकिरी कराउन थालेका थिए एकनासे तरिकाले!!अचानक ढोका ढक ढक गर्यो।
“को हो ?” मैले भित्रवाटै सोधेँ।
“हामी सरकै विध्यार्थी, सर हुनुहुन्न ?”
वहाँ पनि वाहिर निस्किनुभयो। ढोका खोल्नुभयो।
“एक छिन ल मिस , सरसँग प्राइभेट कुरा गर्नु छ!” दुई जना ढोकामैँ वसे , अरु दुई जनाले वहाँलाई वाहिर लिएर गए।थोरै टाढा ,जहाँ वाट उनीहरुले वोलेको स्पष्ट तर सानो स्वरमा सुनिन्थ्यो।
“सर कति किचकिच गर्नुहुन्छ, यो महान क्रान्तिको लागि हामीले धेरै मागेको पनि त होइन !”
“म सँग यति पैसा छैन भाइ हो, मैले स्कुलमा आउँदा पनि भनेकै हो!”
“स्कुलको खातामा छ नि त सर !”
“त्यो मैले चलाउन काँ मिल्छ त ?”
“मिल्न त गरे पछि जे पनि मिल्छ सर ! स्कुलमा के के हुन्छ हामीलाई सवै थाहा छ !”
“तिमीहरु नचाहिने कुरा गर्छौ! यो क्रान्ति के का लागि ,हामी जस्तालाई चुस्न ? आर्मी आउँछ हामीलाई नै हैरान, तिमीहरु आउँछौ हामीलाई नै हैरान !” अचानक वहाँ रिसाउनु भयो। मलाई डर लागेर आयो, उनीहरुसँग हतियार पनि होला। किन रिसाउनु भयो? नरिसाउनु पर्ने! म वाहिर निस्किन खोजेँ । ढोकाका दुइ जनाले मलाई वाहिर निस्किन दिएनन्।
“वढ्ता वोल्छस् खुइले ,चुप लागेर वसेको त गनगन पो गर्दो रैछ , चन्दा दिन्छस् कि दिन्नस् ?”
“मैले तिमीहरुलाई सिकाएको यहि नै हो स्कुलमा ?”
“स्कुलमा राम्ररी पढाउने भए, सरकार राम्रो भए हामी जस्ताले जंगल पस्नु पर्थ्यो ?”
“तिमीहरुले राम्ररी सिक्नु पनि त पर्यो नि पढाको कुरा !”
” मेरो स्कुलको रिस त अझै वाँकी छ, घुँडा टेकार मेरो कपाल काटेको हैन ?ओई खुकुरी ले ले, यस्लाई पनि घुँडा टेकार घाँटी काट्छु अव, यसै पैसा दिएन, उसै दिएन।शहिद वनाइदिम् यसलाई !”
“नाईँ !!!!!” म अचानक चिच्याएँ। ढोकाका दुई जनाले मेरो मुख थुने।
टाढावाट अनौठो चिच्याको आवाज आयो। आवाज वहाँकै थियो।मेरो वरिपरि अँध्यारो छायो जीवन एउटा ठूलो शुन्यतामा छिरे जस्तो!!!
मेरो आत्मस्विकृती – ध्वाँसे
मेरो कथाको पहिलो अध्याय टुंग्याउँदैछन् मेरा छेउछाउका, मेरा समाजका ,मेरा नजिकैका, मलाई मन पराउने, मेरो शरिर मन पराउने, मेरो आत्मा मन पराउने, मेरो सुगन्ध मन पराउने, मेरो वोली मन पराउने , मेरो कपाल मन पराउने अनि मलाई घृणा गर्ने, मेरो छायाँलाई घृणा गर्ने, मेरो कपाललाई घृणा गर्ने, मेरो व्यक्तित्वलाई घृणा गर्ने हरु मिलेर। कथा , मेरो आत्मवृत्तान्त आज दोसाँध मा उभिएको छ । माथिको मेरो जीवनका चिरा चिरा नियालेर केस्रा केस्रा केलाएर पढ्नेहरुले पक्कै मलाई अहिले सम्म घृणा नै गर्दैछन्। म उनीहरुलाई दोष पनि दिन्न। किनकी मान्छे , वाचक , जहिलेपनि सत्यलाई टेकेर उभिन्छ। हामी त उसको छायाँलाई पो सत्य भन्छौ। उसले के टेकेको छ त कसैले हेर्दैनौँ। मात्र उसले जन्माएको छायाँ हाम्रो लागि सत्य वन्छ । उसले परावर्तन गरेको प्रकाश हाम्रो लागि सुर्य वन्छ । मेरो कथा पनि त्यसवाट अछुतो छैन, म अरुको प्रकाशमा देखिँदैछु। नाम जस्तै म ध्वाँसो परेको कालो देखिनु कुनै नौलो हैन।तर कथा खुल्दै जानेछ। मेरो यात्राका नयाँ नयाँ सहयात्रीहरुसँग मेरो कथाले अर्को आयाम पाउनेछ भन्ने मलाई आशा छ।
सानैदेखि म स्कुलमा कहलिएको गुण्डो। खै मान्छे मलाई किन गुण्डा देख्थे । म त आफुलाई नाइके ठान्थे। अरु मेरो पछि लाग्थे भने त म नेतृत्व कर्ता पो भएँ त!नेतृत्व जहिले पनि आश वाट जन्मन्छ। मलाई लाग्छ म सानैदेखि अरुको आशलाग्दो पात्र थिएँ।पढाईमा म कमजोर नै हो। तर यो मान्छे अनुसारको नहुने पढाई, खै के पढाई। यदि म नेतृत्वमा ठिक थिएँ भने त मलाई त नेतृत्वकला , वाककला पो सिकाइनु पर्थ्यो त, वा योजना कसरी वन्छ भन्ने खाले केहि सिकाइनु पर्थ्यो, तर मलाई पनि उहि शाहवंशका राजा कहिले जन्मे ,कहिले मरे, रामायणमा राम कति वर्ष वनवास गए, खरायो र कछुवाको दौडमा कछुवाको जित किन र कसरी भयो नै सिकाइयो। खरायो जस्तो विजुलीको गति भएको विध्यार्थीलाई न त्यो कथाले तान्यो न ति कितावहरुले नै !
स्कुलमा तान्ने त एउटी मात्र थिई “शान्ती ” ! मोरीको हाँसोको कुरै नगरौँ। दाँत हुनकी अनारदाना।आँखा भुक्लुक्क परेका ,ठूला, पिर्लिक्क उठ्दा हजारौँ भाव एक्कै चोटी समुन्द्रका लहरहरु जस्तो उठेर आउने। कम्मर छिनेको ! उसले हिँडेको मात्रै हेर्न पनि म उसको घरको अलि पर साइकल रोक्थेँ।
“जान्छेस् ?” नजिकै साइकल लगेर आँटले एक दिन भनेथेँ। उ मुसुक्क मुस्काइदिई ! त्यो मुस्कान “जान्छु ” हो वा ” जान्न” मैले परवाह नै गरिन। साइकल रोकेँ। उ सुस्तरी पछाडी चढी। किन अघी चढिन ? त्यहि दिक्क लाग्यो।तर पनि उसको सुवाष मेरो साइकलले वोकेको थियो।
****************** ***************** ******************* **********************
“तेरी शान्तीलाई त त्यो खुइले सरले पनि मन पराउँछ जस्तो छ !” एउटा साथिले मलाई खुसुक्क सुनायो।
“नचाहिने कुरा गर्छस् ?” मैले उसको कलर समाएँ।
“यसो याद गर त कस्तो इत्तरिएर कुरा गर्छ शान्ति सँग!” उसले मेरो हात अलि खुकुलो पार्न खोज्दै भन्यो। हुन पनि हो, उ त मात्र मलाई सचेत गर्न खोज्दैछ। विध्यार्थिमा त शान्तीलाई आँखा लाउने हिम्मत कस्को । उ त ध्वाँसेकी शान्ती हो !
********************** ***************** ****************** ****************
त्यो दिन प्रार्थनामा शान्तीले स्कुलको ड्रेस लाएकी थिईन। आठ र नौको लाइन नजिक नजिकै नै हुने गर्थ्यो।
“ड्रेस किन नलाएकी ?” खुइलेले शान्तीको फ्रक हेर्दै सोध्यो।
“सर धोएको सुकेन !” उसले डराउँदै जवाफ फर्काई । म शान्तीलाई हेरीरहेँ।
“ल ल ,भोली देखि चाहिँ लाउनु है, यस्तो राम्रो पढ्ने मान्छे अनुशासनमा पनि वस्नुपर्छ!” उसले शान्तीको टाउको मा हात राख्दै भन्यो। मलाई उसको हात त्यहिँ काटिदिउँ जस्तो लाग्यो। मैले त छोएको छैन अहिले सम्म शान्तीलाई।
“तैँले कपाल कहिल्यै नकाट्ने भइस् हैन, लाइनवाट वाहिर निक्ली !!!” उसले मलाई लाइनवाट वाहिर निकाल्यो ! हो मलाई खुइले कहिल्यै मन परेन। म स्विकार्छु ,खुइले मरेर गयो तर मन परेन।
****************** *************** *************** ********************* ******
हामी दिउँसो कक्षा हाँपेरै भए पनि साहिँली भाउजुकोमा क्यारेम खेल्न जान्थ्यौँ। तिनी मलाई हेरीरहन्थिन। के देख्थिन देख्थिन हेरी रहन्थिन।एक दिन मैले खुइलेलाई पनि देखेको थिएँ साहिँली भाउजुको दोकानमाँ। उ निस्केर गएपछि पनि भाउजु हाँस्दै थिइन्। खुइले भने कसैले देख्लानकि जस्तो गरी फटाफट हिँडेको थियो। तिनी तिस त कटेकी पक्कै थिइनन् । मात्र व्यवहारले थिचेको, तर पनि पोटिलो शरिर, वैँश त चुहिन्थ्यो तप तप! मलाई उनीसँग वोल्न खुव रमाइलो लाग्थ्यो। राती राती सपनामा शान्ती र साहिँली भाउजुलाई पालैपिलो देख्थेँ। साहिँली भाउजुलाई देखेको दिन भने ओछ्यान भिजेको हुन्थ्यो।तर मेरो सपना सपना मात्र रहेन।एक दिन एक्लै पारेर साहिँली भाउजु र मैले सपना साकार गर्यौँ।त्यसपछि सपना देखिन वन्द भयो। उसको वुढो मगर दाई केहि थाहा पाउँदैन थियो। मलाई भने घरमा वहाना वनाउनको धौ धौ। साँझमा चियावारीमा शान्तीलाई भेट्न जा, अनि वेलुका साहिँली भाउजुलाई। वा आमा छोरो पढ्न थाल्यो भनेर खुशी हुन्थे। म पनि खुशी नै थिएँ।
शान्ती वेला वेलामा खुइलेको कुरा गर्थी। किन किन उसलाई आदर गरेर राम सर भनेर वोलाएको मलाई मन पर्दैन थियो। उसले गर्दा स्कुलको रिजल्ट राम्रो भएको यस्तै यस्तै कुरा गर्थी। मलाई साह्रै रिस उठेपछि म सोध्थेँ
“तँ मलाई वढी माया गर्छेस् की तेरो राम सरलाई ?”
उ मात्र छ्या भनेर टारिदिन्थी। मेरो प्रश्न पुरा हुन्थ्यो। उसको उत्तर अधुरै !
वरु साहिँली भाउजुसँग रातमा जे मन लाग्यो त्यो रजाईँ गर्न पाइन्थ्यो।शान्ती सँग सकपकाएर वस्नु पर्थ्यो।एक दिन भाउजुले अनायसै भनिन्
“तँ सँग चुपचाप केहि नगरी वस्न त केटी मान्छे अघाएकै हुनुपर्छ!”
त्यो दिन मैले शान्तीलाई घुर्की लगाएँ। तै पनि शान्तीले टेरिन। के उ अघाएकी नै हो त ? कसले मेट्यो त उसको प्यास ? किन किन खुइले को तस्विर मेरो दिमागमा घुमिरह्यो! हुन त उसले विहे गरिसकेको थियो। तर पनि म पनि त साहीँली भाउजुको मा जान्छु। लोग्नेमान्छे सवै मै जस्तै त हुन् !
******************* ***************** *************** ***************** *********
त्यति वेला जनक्रान्ति जोडतोडमा थियो। म पनि वाध्यताले क्रान्तिमा तानिएको थिएँ। तर त्यहाँ छिरेपछि मलाई त्यहाँको संसार गज्जपको लाग्यो। परिवर्तनको समाज, हाम्रो समाजको परिकल्पना। जहाँ शक्तिशाली हरु परास्त हुनेछन् । अनि हामी जस्ता सर्वहारा हरु शक्तिमा हुनेछौँ। शासन हामीले चलाउनेछौँ। म विस्तारै विस्तारै घुलमिल हुँदै गएँ।
त्यो साँझ हामी पार्टीको आगामी कार्यक्रमको लागि चन्दा उठाउन खटिएका थियौँ। पहिलो चरण सिद्दिए पछि चन्दा दिन नमान्नेलाई डराउने निति स्वरुप मलाई छानेर पठाइएको थियो। राम प्रसाद काफ्ले को नाम देख्ने वित्तिकै मेरो आँखा चम्किएको थियो।हामी योजना अनुरुप नै उसको घरमा पुग्यौँ। ढोका ढक ढक गर्यौँ । उसलाई वाहिर तानेर लिएर आयौँ र कुरा शुरु गर्यौँ। तर उसले डराउने छाँटकाँट देखाएन। मलाई अचानक शान्तीको याद आयो।साहिँली भाउजुको कुराको याद आयो।मैले खुकुरी माँगे अनी छप्काइदिएँ। रगतको फोहोरा घाँटीवाट निस्कियो। मेरो अनुहार रक्ताम्मे भयो। साथैमा आयो एउटा आइमाइको आवाज “नाई !!!” भनेर। उनीहरुको घर थोरै भित्र थियो। खेतहरुको विचमा आवाज त्यहिँ विलायो।
म भित्र छिरेँ। उसकी श्रीमति अचेत ढलेकी थिई।एउटा साथिले अचानक नसोचेको कुरो खुट्यायो।
“ला यसले त भुँडी वोकेकी छे कि के हो?”
मेरो अनुहार पसिना पसिना भयो। आवेश सेलायो। पछुतो लाग्यो। नमारेकै भए हुन्थ्यो। यो मेरो पहिलो थिएन। तर यसमा कारण थीएन। मैले आफूलाई मन वुझाउने धेरै कारणहरु खोजेँ ।अहँ उसको भुँडीभित्रको वच्चाले मेरा सवै कारणहरुलाई परास्त गर्यो। त्यसको दुई तिन दिन सम्म म झोक्राएर वसेँ। पार्टीले मेरो स्थितिलाई ध्यानमा राखेर मलाई पश्चिम सरुवा गर्यो। मैले गाउँ छोड्नुपर्ने भयो।तर त्यो चित्रले मलाई छोडेन। अचेत स्त्री,ढलेकी । उठेपछि उसलाई एक्लो संसारको आभाष हुनेछ। हो मैले गल्ती गरेँ।के सवै गल्ती माफि लायक हुन्छन ? वा यो थिएन ?

दोश्रो अध्याय


ध्वाँसे दाई योद्दा नै हुन् , नेता होइनन् – कान्छो

साँझ परिसकेको थियो तर शहर चकमन्न भने भएको थिएन।हुन त पाटनका गल्लीहरुमा अँध्यारो अलि चाँडै छिर्छ अनि उज्यालो अलि चाँडै अस्ताउँछ। परेवाको सुली इँटाको त्यो वाटोमा छरिएको हुन्थ्यो।तर अँध्यारोको सुन्दरता हेर , सवैलाई निल्छ ,फोहोर पनि देखिन्न अनि सुन्दरता पनि। धेरै पछि ध्वाँसे दाइले मलाई वोलाएपछि म हतारिँदै त्यो गल्ली छिरेको थिएँ।हामी सामान्यतय संकटकालमा कहिलेकाहिँ त्यो पसलमा भेट्थ्यौँ। जव शहरलाई कर्फ्युले निल्ने गर्थ्यो, त्यो भट्टीकि साहुनी पछिल्तिरको ढोका खोल्दिन्थीन अनि हामी लुसुक लुसक आफ्ना पर्चा छर्ने गर्थ्यौँ शहरभरी।भट्टीकी साहुनीको छोरो पनि जनयुद्दमा शहादत पाएपछि छोराको आत्माको शान्तीको लागि क्रान्तिमा होमीएकी थीईन्।शान्तीको लागि युद्द !! कस्तो अनौठो सत्य…… तर आज संसार फरक भएको थियो। शान्ती प्रकृयामा लागेको पनि धेरै महिना वितिसक्यो। चुनाव नजिकिँदै छ। अचानक ध्वाँसे दाइले मलाई फोन गरे। मेरो नम्वर पत्ता लाउन हम्मे हम्मे परेको गुनासो पनि गर्दै थिए। तर समयले मेटाउदै लगेको सम्वन्ध मोबायलको एक रिंगले फेरि नजिक ल्यायो। हामीले साँझ सँगै विताउने निर्णय गर्यौँ।
“धेरै समय लगाइस् त !” दाइले म तिर हेर्दै प्रश्न राखे । प्रश्न भन्दा पनि कुराको नियमित शुरुवात भनौ।अनुहारमा दाह्री टाटेपांग्रे। दाइलाई चाँडै वुढ्यौली लागे जस्तो! हुन त त्यति साह्रो वुढा होइनन् यी मान्छे ! धेरै भए भने तिस होलान्!
“वाटोमा फसियो के दाई !” मैले पनि नियमित नै उत्तर फर्काइदिएँ! आजकल उत्तर हरु पनि प्रश्न जस्तै रेडिमेड भएका छन् !
“आजकल त पुलिसको पनि डर छैन, के मा फसिस हौ?” उनले मेरो रेडिमेड उत्तर मा थोरै मसाला खोजे
“पाटनको गल्लीमा फस्नलाई पुलिसनै त के चाहिन्छ र दाई? वाटा वाटामा फस्न योग्य धेरै सम्झनाहरु छन् नि !” म खिसिक्क हाँसिदिएँ।
“तँ अनि तेरो कुरा !” पहिलेको जस्तो धेरै वोलिरहेका थिएनन् ध्वाँसे दाई। ध्वाँसे दाइका गफ हाम्रो साँझ कटाउने माध्यम वन्थे पहिला पहिला ! अचम्मको मान्छे होमिएको थियो क्रान्तिमा.।सिमा र अनुशासन भएको झुण्डमा एउटा स्वतन्त्र पंक्षी उडान भर्न जमर्को गरेजस्तो थिए ध्वाँसे दाई ! मेरो अरु सँग खासै कुरा मिल्दैनथियो। किनकी उनीहरुलाई मर्ने र मार्ने वाहेक आउँदैन थियो।तर ध्वाँसे दाई भने खुट्टा धुँदै गरेका छापामार वहिनीका पिँडुला हेर्दै मलाई आँखा झिम्क्याउँथे।
“वहिनीहरु हुन के दाई !” म कारवाहीको डरले हच्किँदै भन्थे..
“तेरै वहिनी होली!” उनी ति कुरालाई पनि हावामै उडाइदिन्थे।
*************** ************** **************** *************** *****************
“अनि दाई के खाम् त?”
“यहाँको त छ्यांग नै त होला नी ? क्रान्तिकारी छ्यांग हैन दिदी?” दाईले साहुनीलाई जिस्क्याए
“भाइहरु धेरै पछि देखियौ नी शहरमा!” साहुनीले आत्मियता पोखिन्।
“आजकल क्रान्ति शहर पसेको छ नि त दिदी” मैले कटाक्ष गरेँ।
“वफ चिल्ली दुई प्लेट!” ध्वाँसे दाइले अर्डर गरे।उपत्यका वफले नै त चलेको छ आखिर!
“पाक्न टाइम लाग्छ है !”
“आजकल मान्छे छैनन् त खासै , व्यापार किन मन्द हो दिदी ?”
“तिमी आयौ नि धेरै पछि, अव व्यापार पनि वढ्ला विस्तारै विस्तारै !” उनी खिसिक्क हाँसिन्। सँधै फोस्रो मुस्कान पोत्छिन्। छोरोको मृत्युले हुनुपर्छ, उनको अनुहारवाट भाव हराएको,अझै फर्केको छैन। हामीले यस्ता घाउ धेरै देखिसक्यौँ विगतका वर्षमा । कहिलेकाहिँ लाग्छ यो युद्द केका लागि थियो।तर फेरि सोच्छु , मान्छेमा चेतना त आएको छ युद्दले।पाउने र दिनेमा युद्द महँगो भयो वा सस्तो यसैमा घोत्लीरहन्छु धेरैवेरसम्म।
“तँलाई थाहा छ, म त्यतिखेर यहाँ किन आउँथे ?” ध्वाँसे दाई आज सुस्त देखिन्थे।
“किन?”
“यी दिदी मलाई कसैको याद दिलाउँछिन् !”
दुई डवका छ्यांग आइसकेको थियो। अमिलो,मान्छे किन पिउँछन् यति नमिठो कुरा ।मान्छेलाई हुन त पिडा पनि त मन पर्छ।
“कस्को दाई ?” मैले थाहा पाइ पाइ सोधेँ। अघिल्लो पटक पनि हामीले यहि वात मारेका थियौँ । यसपालि पनि।लोग्नेमान्छेको जीवनमा स्त्री कति महत्वपुर्ण हुन्छे भने , उ त्यसैको अघि पछि दौडिरहन्छ। कहिले वर्तमान लाई फन्को लाउँदै दौडिन्छ, कहिले भविष्य कोर्ने सुरमा दौडिन्छ, कहिले भुतका सपना देख्दै दौडिन्छ।
“थिइन एउटी भाउजु !!!”
“अनि दाई घर नजाने चुनाव अघि ? त्यहाँ पनि त पार्टीको झण्डा वोक्ने तँपाइजस्तै मान्छे चाहिएको होला नी !” मैले कुरा कोट्याएँ। छेवैको पर्दा पहिले जत्तिकै मैलो थियो। लोडसेडींगको विचमा पनि इन्भर्टरको सहाराले पाँच वाटको सिएफएल चम्किँदै थियो जसले छतको कुनामा लागेको माकुराको जालो स्पष्ट देखिन्थ्यो।
“जानु त पर्ने हो ! “
“शान्ती भाउजुलाई पनि त भेट्ने होला नी?”
मैले जिस्क्याएँ छुसुक्क!! केटीको कुरा गर्ने वित्तिकै ध्वाँसे दाईमा लालीमा आउँछ। दुई तिन चोटी त छापामार केटीलाई फकाएको, जिस्क्याएको र खोइ के के मा हो , कारवाहिमा परिसकेका मान्छे , तर मनमाँ वस्ने सँधै एउटै ।शान्ती, सँधै उसैको कुरा सुन्दा सुन्दा हामी दिक्क हुन्थ्यौँ । कति सम्मको माया पिरति हो आखिर ! त्यति टाढा वस्दा पनि सपनामा उसैलाई देखिरहने अरे, मलाई त दिक्क लागेर भन्थेँ। आ पार्टीमा सिफारिस गरेर फेरि पुर्व पठाइदिउँ! तर त्यतिखेर नौलो ठाउँमा नौला मान्छे पठाउने योजना अनुरुप हामीलाई पश्चिम पुर्याइएको थियो पछि पश्चिममै हुँदा युद्द विराम पनि भयो।
तर यसपाली सँधै जस्तो भएन। ध्वाँसे दाई अनायसै चुप भए! छ्यांगको एक घुट्को लगाए। मासुको एक टुक्रा मुखमा लिए नमिठो तरिकाले मानौँ उनलाई कसैले कोच्याइरहेको छ यी सवै !
“हिजो मात्र मलाई घरवाट फोन आको थियो !” ध्वाँसे दाईले कथा सुनाउन लागे!
“हाम्रो क्रान्तीले तातेको छ रे तराई अहिले , यसपाली त सवै तराई लाल झण्डाले रातो हुने वाला छ अरे, अनि यस्तै यस्तै कुरा सुनेँ वुझिस् कान्छो ?”
“त्यो त राम्रै हो नि दाई हाम्रो लागि !” मैले पनि हो मा हो थपिदिएँ!
“त्यति सम्म त राम्रै थियो मुला !” ध्वाँसे दाईको आँखा रातो थियो। भिज्दै गएको पनि देखिन्थ्यो।
“के नराम्रो भो त दाई ?”
“त्यसपछि शान्तीको विहाको निम्तो आको छ भनेर सुनाए, चार दिन पछि विहे छ अरे !” डवकाको वचेको छ्यांग त्यत्ति भनेर सिद्दियो। मैले मनमनै अड्कल काटेँ ध्वाँसे दाइको मन पनि अहिले यहि छ्यांग जस्तै अमिलो भएको छ।
“वुझिस् कान्छा कहिले काहिँ मलाई त्यो खुइलेको घाँटी रेटेकोमा साह्रै नमज्जा लाग्छ, आखिर त्यहि मोरीको लागि त थियो। अव त्यो नै आफ्नी भइन , कहिले काहिँ म त्यसकी वुढी सम्झिन्छु मोरी…. भुँडी वोकेकी थिई .पापै गरेँ मैले!!” ध्वाँसे दाई वोलीरहे , म सुनिरहेँ। तिनको मनमा छलकपट छैन। साँचो लाई साँचो भन्छन् अनि झुटोलाई झुटो।कहिलेकाहिँ ध्वाँसे दाई जोश्शिएको वेला भन्ने गर्थे
” वुझिस् अव द्वन्द, युद्द सिद्दिदैछन्, हामीले आफुलाई परिवर्तन गर्नुपर्छ , सँधै योद्दा मात्र हुनुहुन्न, अव योजना वनाउनुपर्छ नेतृत्व गर्नुपर्छ।” तर मलाई लाग्छ ध्वाँसे दाई योद्दा नै हुन् नेता होइनन्।
“आ छोड्दिनु दाइ त्यो कुरा !” मैले यति मात्रै भन्न खोजेँ। वाटोमा वत्ति आयो, लोडशेडिंग सिद्दिए जस्तो छ आजको!

ध्वाँसे गाउँ फर्कियो – साहिँली मगर्नी

म तराई झरेको धेरै भइसकेछ। करिव करिव विस वर्ष अव त! औँलाले गन्न मिल्दैन अव! पहिला पहिला मलाई गन्ती गर्न गाह्रो हुँदा म औँलाले जोड घटाउ गर्थेँ। तर धेरै भएपछि त औँलाले पनि भ्याउँदैन।साहिँलो मगर गएकै करिव करिव तिन वर्ष पुग्न आट्यो। त्यति खेर छोरो पाँच वर्षको थियो। उ टिविले थलिँदा मैले धेरै हार गुहार गरेँ। तर ढिलो भइसकेको भन्थे सिलिगुडी पुर्याउँदा डक्टरले ! हुन त जाँड को सुरमा सुतिरहने उसको ज्यान त धेरै अघी मरेको हो, मात्र डाक्टरले मरेको भनेर पछि भने। मैले दोकानमा कमाएको धेरै पैसा त्यहि मुढो जस्तो लडिरहने वुढोमा सिध्याएँ। खोइ के हो के हो जीवन सँगै वसेपछि त्यस्ता मुढोको पनि माया लागेर आउने!आजकल वाहिरको स्वामीको रुख हेर्छु।चराहरु त्यसका दाना खान्छन् अनि तल भुईँभरी पहेँला दाना छरपस्ट हुन्छन्। मलाई वढार्न धेरै वेर लाग्छ। त्यो हाम्रै विहेको साल साहिँलो मगरले रोपेको! अहिले त झांगिएर वडेमानको भको छ। पछि मैले त्यसैको तल फलेक ओछ्याइदिएँ। गाउँका मान्छेलाई चिया खाएर गफिने राम्रो ठाउँ भको छ। चराहरुले माथीवाट छेर्दिँदा भने मान्छे माथी हेर्दै रिसाउँछन् । विचरा ती चरालाई के थाहा गाउँका मान्छेको गफ गर्ने वाहेक अरु काम छैन भनेर !
ध्वाँसेले गाउँ छोडेपछि आर्मी ध्वाँसेलाई खोज्दै मेरो दोकान पनि आयो। साहिँलो मगरलाई जाँड खाएर सुतिरहेको देखेर लात्तले उसको कोखमा पनि वजारे। मलाई पनि भन्नु नभन्नु भने। आइमाइको चरित्रमा किन सँधै प्रश्न उठ्छ गाली गर्ने वेलामा ? ध्वाँसे र मेरो सम्वन्ध त नितान्त हाम्रो व्यक्तिगत सम्वन्ध हो तर पनि उनीहरुले गाली गर्न भ्याएँ! म वजारमा आफ्नो शरिर वेच्न वसेकी वेश्या सम्म भने अनी ध्वाँसेले खेल्ने गरेको क्यारेम पनि लात्तले दिएर भत्काइदिए। त्यसपछि मैले क्यारेम राख्न छोड्दिएँ। उनीहरु सँग वन्दुक थियो, शक्ती थियो। म सँग त सतित्व पनि थिएन, ध्वाँसेले ध्वाँसो दलदिएको मेरो कालो चरित्र, अझै पनि म यो सम्वन्ध सहि गलत छुट्याउन सक्दिन! समाजले वनाएका नियमहरु शरिरको आवश्यकता भन्दा वढी त पक्कै हुँदैनन् होला! हामीलाई भोक लाग्दा भात नखा भनेर त समाजले भन्दैन , आखिर त्यो पनि त शरिरकै आवश्यकता हो नि !!! आर्मी आएपछि देखी भने स्कुलका केटाहरु आउन कम गरेका छन् । आज पनि सेतो शर्ट निलो पेन्ट लाउने केटाहरुमा म ध्वाँसेलाई देख्छु। मोरो कति वलियो, कति तातो!
हुन त उसले छोडेको समयमा म पनि त पोटिली थिएँ होला। आजकल अनुहार ऐनामा नियाल्छु। चित्तै वुझ्दैन। अनुहार भरी रेखै रेखा। कुनै वच्चाले लेख्न नजानेको वेला कोरेको कापी जस्तो भएको छ मेरो अनुहार। कपाल पनि जर्खरिँदै छ, नुहाएको वेला एक मुठ्ठी कपाल झर्छ,आधा कालो अनि आधा सेतो!अनि अझ तल गएर हेर्छु, मेरो छाती,मेरो स्तन!!!! ध्वाँसेलाई सम्झिन्छु , मोरोको मननै त्यहिँ वस्थ्यो । मोरो खेलाएरै वसिरहन्थ्यो सँधै ! कहिलेकाहिँ त दिक्क लागेर सोध्थेँ
“हैन तँ मेरो छोरो होस्? जतिखेर पनि मेरो दुध नै खेलाएर वसिरहन्छस् !”
उ खिस्स हाँसीदिन्थ्यो।
तर विस्तारै झोलिँदै गएको छ। वुढेसकालले छोपेको सम्झिन्छु। चित्त वुझाउँछु। तर अहिले सम्म छुट्याउन सक्दिन त्यो मोरो ध्वाँसेको मलाई साहिँला मगरको भन्दा धेरै सम्झना किन आउँछ?
************** ******************* ******************** ***************** *******
आज ध्वाँसे गाउँ फर्केछ। सुनेकी थिएँ। साँझको वेला टुप्लुक्कै आइ पनि पुग्यो। हेरिराखेँ उसलाई वल्ल अलि गम्भिर जस्तो देखिएछ। हुन त तिस पुग्न पनि आँट्यो होला!
“के छ भाउजु खवर ?” स्वामीको वोट मुन्तिरको फलेकमा वस्दै सोध्यो उसले
“चिया खान्छस् ?” मैले उसको के छ को उत्तर दिन जरुरी ठानिन।के उत्तर दिउँ उसलाई “मेरो खवर खावर तैँले आफू सँगै लगिस् भनी पो दिउँ की !”
उसले खान्छु भन्दै टाउको हल्लाइदियो। म चिया पकाउन भित्र छिरेँ। दिउरेमा पानी राखेर ग्याँसमा वसाएँ । पहिला पहिला दाउरा झोस्नुपर्थ्यो। आजकल चिया पनि सजिलो भएको छ।
“एउटा मधुको प्याकेट देउ न!” उसले पैसा निकाल्दै भनेको थियो!
“तेरो पैसा राख तैँ सँग !” म रिसाए जस्तो गरेँ। उसले पैसालाई गोजीमै घुसार्यो फेरि!
“छोरो खोइ त ?”
“भित्र पढ्दै छ !” ” विनोद एक छिन वाहिर आइज त !” उसले भेट्न मन गरेजस्तो लाग्यो मलाई। उसले हातमा वोकेको प्लाष्टिक छोरोको हातमा राखिदियो।छोरोले पहेँलो रंगको शर्ट निकाल्यो त्यहाँवाट , अनि हाफ पाइन्ट। निकालीसकेपछि पुलुक्क म तिर हेर्यो।
“राख राख, नेता अंकल ले दिएको !”
“के नेता भन्छौ हौ भाउजु ?” उसले गुनासो गर्यो।
“तँ त ठूलै नेता अरे भन्ने हल्ला छ गाउँमा !” मैले गाउँमा सुनेको कुरा भनेँ।
मैले भित्रको चिया सम्झेर कुद्दै भित्र छिरेँ। उसले मेरो उत्तर दिन पाएन।
” ला !” स्टिलको ग्लासमा भरी चिया ! दुध अड्कल नगरी पकाएछु। आजकल केहिमा ध्यान रहन्न मेरो। यो भरी चियाले सँधै ओठ पोल्ने डर हुन्छ।
“कति दिन वस्छस् ?” उसको योजना जान्न चाहेँ मैले!
“त्यत्तिकै आएँ भाउजु यसपाला गाउँ घुम्ने रहरले !”
मलाई थाहा छ, यो शान्तीको विहेको खटपटीले आएको हो गाउँमा ! मोरो एक चोटी त एक जनाको घाँटी रेटिसकेको छ। अव फेरि शान्तीको हुनेवाला वुढोलाई केहि गर्ला भन्ने पिर !
“शान्तीको विहेको निम्तो पाइस् कि के हो ?” मैले उसको अनुहार नियाल्दै प्रश्न गरेँ।
उसको अनुहार अमिलियो। चुक जस्तै कालो भयो।
“छोड्दे अरु राम्रा केटी पाइ हाल्छस् नी !”
“भाउजु , त्यसले एक चोटी पनि नाइँ भनिन , विहाको लागि ?”
किन किन उसको प्रश्नले मलाई पोल्यो। शान्ती खुशी थिई, विहाको कुरा सुनेर भन्ने सुनेकी थिएँ मैले ! दुवै सँगै क्याम्पस पढेका रे! केटा इन्जिनियर रे! ध्वाँसेलाई सम्झिन नै होला पक्कै !!!
“किन मन अमिलो पार्छस् !”मैले यति मात्रै भन्न सकेँ।
“साँची भाउजु ? त्यो मास्टरकी वुढी काँ छे अहिले ?”
उसले किन त्यो प्रश्न सोध्यो मैले वुझिन ! मैले सम्झिएँ मास्टर मरेको भोलिपल्ट नै ध्वाँसे गाउँवाट हराएको थियो। उसकी वुढी रोएको मलाई झलझली याद छ। गाउँमा हल्ला थियो, त्यो टोलीको टोलीनेता ध्वाँसे नै थियो भनेर !
“किन ?” मैले अनायसै प्रश्न राखेँ।
“त्यत्तिकै !” उसले मलाई पछुतो लाग्छ भन्ने हिम्मत पनि गर्न सकेन ।
“खोइ शहर गई भन्थे सवै !” मैले आँगनकै माटो खेलाउँदै जवाफ फर्काएँ।त्यो भएको एक हफ्तामा नै उसको एक जना दाजु पर्नेले उसलाई शहर लिएर गएका थिए। विहेको चार महिनामा नै झाडा पखालाले उसको परिवार सोत्तर पारेको भन्ने हल्ला थियो। माइति मरेको सम्म त चित्त वुझाकी थिई। वुढो पनि त्यसै अकाल मर्यो। वच्चा जन्मिने वेला थियो। मान्छेलाई दुख आएपछि लाम लागेर आउँछ।
“अनि दाजु विरामी हुँदाको रिन सवै तिरिसक्यौ त ?”ध्वाँसेले कुरा फेर्यो। मास्टरनीले उसलाई पोले जस्तो गरेर!
उसले रिन तिर्नलाई सहयोग भनेर काठमाण्डौ वाट नै थोरै पैसा पठाइदिएको थियो।त्यसैले मैले रिन तिरेकी थिएँ।अन्तिम चोटी छापा मार्दा ध्वाँसेको चिठ्ठी पनि भेट्टाए पुलिसले । मलाई तिन दिन थुनेर राखे । तर मेरो भाग्य त्यति नै वेला आन्दोलन टुंगियो। ध्वाँसे हरुले जिते , राजाले सत्ता छोडे। मलाई पनि छोडिदिए पुलिसले! तर त्यसले पछि सम्म गाउँमा कुरा काट्ने वाटो वन्यो, ध्वाँसे र मेरो सम्वन्धको वारेमा।वुढो मरिसकेपछि अर्को तिर लागि भनेर। त्यो वुढो त धेरै अघि मरिसकेको थियो मेरो! कसैले वुझेन त्यो कुरालाई भने। समाज मात्र दोष देखाउन जान्दछ।
“अव तेरो तिर्न वाँकी छ !” मैले आँगनमा आफ्ना औँलाले कोर्दै जवाफ फर्काएँ।
“छोड्देउ आ! कस्को लागि जम्मा गर्नु र धन पनि !”
“आमा हेर त कस्तो देखियो ?” छोरो ध्वाँसेले ल्याइदिएको हाफ पेन्ट र शर्ट लाएर वाहिर निस्कियो।
“राम्रो !” मैले उसलाई हेर्दै जवाफ फर्काएँ । मोरो हाँस्दा ठ्याक्कै ध्वाँसे जस्तै देखिन्छ।

ध्वाँसेमा राजनिती भरिएको छ – थापाकाजी

मेरा बा महेन्द्र राजाका नजिकैका मान्छेमा गनिन्थे। विरेन्द्र राजा पनि गाउँ डुल्न आएका वेला उनी साह्रै खुशी भएका थिए, साक्षात विष्णु गाउँ डुल्न आउने भए भनेर।उनको अनुहार उज्यालो थियो त्यो दिन, म उनको सवैभन्दा कुरा मिल्ने छोरो भएकोले होला मेरो नजिकै आएर भने
“वुझिस् माइला फूलवारीका राम्रा राम्रा फूल टिपेर राख,भगमान गाउँ आउँदैछन,माला वनाउनुपर्छ।”
संस्कृतमा भनिएको पनि छ नि राजा भनेका त विष्णुका अवतार रे !मैले पनि त्यतिखेर राजा सँग भेट गरेको थिएँ। त्यतिखेर म दश कक्षामा पढ्थेँ, भलिवल पनि खेल्थेँ। मेरो भलिवल खेलको प्रशंसा पनि भएको थियो। विरेन्द्र शिल्डमा मलाई काठमाण्डौ पठाइदिने कुरा समेत भएको थियो।
हाम्रो वंशावलीमा लेखे अनुसार हामी भिमसेन थापाको खलक अरे! अनि हाम्रै पुर्खा मध्ये एकले सुसारेलाई भगाएपछि हामीलाई उपत्यका निकाला गरिएको अरे!पछि राजाले पुर्वको रखवाली गरेवापत त्यो गाउँको जंगल हाम्रा जिजुवुवालाई दिएका अरे! त्यसपछि जिजुवुवाले त्यो जंगल फडानी गरेर गाउँ वसाएका ,पहाडवाट आफूलाई मन पर्ने र काम लाग्ने मान्छे राखेर !हाम्रो हजुरवुवा त्यहि भएर यो गाउँको राजा चाहिँ म हुँ भनेर भन्नुहुन्थ्यो म सानो हुँदा । म पनि आफुलाई राजकुमार जस्तो लाग्थ्यो। राजाको फोटोमा आफ्नो टाउको हाल्दा कस्तो हुन्छ कल्पना गर्थेँ। तर त्यो श्रीपेँचमा मेरो ठूलो टाउको अट्दैन कि भन्ने मलाई डर लाग्थ्यो।
हाम्रो हजुरवुवा घोडामा चढेर गाउँ डुल्नु हुन्थ्यो अरे! हाम्रो घरमा काम गर्ने मात्रै करिव पचास मान्छे थिए अरे । अनि काठको सानो तिनो दरवार जस्तै घर! म घोडालाई सुसारेहरुले चना खाएको हेरीरहन्थे। हाम्रो घरको पछिल्तिर घोडा वान्ने तवेला पनि वनाइएको थियो। सानोमा आसपास खेल्दा हामी त्यहिँ लुक्थ्यौँ। नचिनेको मान्छेलाई घोडाले लात्तले हान्छ । त्यहि भएर साथीहरु घोडाको नजिकै जान डराउँथे। मेरो लागि सवैभन्दा प्यारो त्यो घोडाको तवेला र मेरो घर! तर त्यो पछि पन्चेको घर भनेर जलाइयो।मैले रुन्चे आँखाले त्यो घर जलेको हेरेँ।म त्यतिखेर सकृय राजनिति मै थिएँ। स्थानिय चुनावमा पनि मैले गा.वि.स अध्यक्ष जितेको थिएँ त्यो हुनाले गाउँलेको म प्रति आदर र सहानुभुति थियो भन्ने त मलाई थाहा थियो। तर शक्ती र वन्दुक को अघि सवै चुप हुन्छन्। म पनि चुप वस्नु पर्यो । हामी त्यसपछि उपत्यका छिर्यौँ। राजाले हामीलाई उपत्यका वाट निकाले,गाउँकाले हामीलाई गाउँवाट! तर पनि गाउँमा जव म फर्के , मेरो रवाफ सकिएको रहेनछ भन्ने पनि वुझेँ। संसार आखिरमा पैसै वाट चलेको त रहेछ। मैले काठमाण्डौ आएर शुरु गरेको चामलको व्यापार फस्टाएपछि मैले काठमाण्डौमा पनि घर वनाएँ ।गाउँको घरमा शूरुमा त पार्टिका झण्डा गाडेर हामीलाई आउन नदेलान नै जस्तो वनेको थियो। तर पछि उनीहरुले छोडिदिए। म गाउँ गएको वेला घरमै वस्न थालेँ। टिन नयाँ लगाएँ । काठहरुमा रंग लगाएँ। त्यो घर फेरि चिटिक्कको देखियो।
ध्वाँसेको घर भने मेरो भन्दा पाँच मिनट जति टाढा खेतवारीको विचमा थियो। उसका वुवा पहिला हाम्रै खेतमा हलीको काम गर्थे। पछि सापटी लिएर तिनी विदेश तिर लागे। रिन तिर्न पछि सम्म पनि सकेका थिएनन्। त्यसैविचमा ध्वाँसे पनि पार्टीमा लाग्यो। उसमा पनि वन्दुकको शक्ती आयो। हाम्रो रिन नतिरे पनि हुने भयो। हामीले खासै वास्ता पनि गरेनौँ। ज्यान भए पैसा त पछि पनि कमाइहालीन्छ नि जस्तो सोच आयो भनौँ दिमागमा !
युद्द विराम पछि चुनाव को गाउँ भरी तातो छाएको थियो। नयाँ पार्टीमा गाउँका धेरै मान्छे पसेको मैले पनि गाईँगुईँ सुनीनै राखेको थिएँ। उनीहरु सँग अझै हतियार छन् भन्ने हल्ला पनि गाउँभरी छ्यापछ्याप्ती थियो। त्यहि भएर पनि खुलेर राजनितिमा आउन मैले आँट भने गरिसकेको थिइन।हुन त राजनितिले मलाई के नै दिएको थियो र ! म गा.वि.स अध्यक्ष हुँदा वनाएको चोकको महेन्द्रको सालिक यहि पालाको आन्दोलनमा भत्काइदिएका थिए आन्दोलन कारीले । साह्रै सजिलो गरी फुट्यो त्यो सालिक भन्थे गाउँकाले ! मैले सुनेको नसुन्यै वनाइदिएँ। त्यतिखेर हामीले त्यो सालिकमा त्यतिवेलाको विस हजार कमाएका थियौँ रातारात गरेर वनाएको सालिकमा हामीले भित्र फलामका डण्डी कम गरेको गुनासो झन्न कसैको आएन। एक तरिकाले ठिकै पनि भयो अव सालिक ढल्यो। मेरो भ्रष्टाचारको प्रमाण पनि! आखिर महेन्द्रले मलाई अहिले विउँझिएर जागिरमा लाइदिने हैनन् क्यारे!
************ ************** ************ **************** ************* ********
साँझ झिमिक्क परिसकेको थियो। मेरो घरमा सोलार जोडेपछि लोडशेडिंगको खासै फरक पर्न छोडेको छ। आँगनमा वसेर म हुक्का वनाउँदै थिएँ।
“काका घर मै हो ?” परवाट आवाज आयो। नचिनेको आवाज ! मैले आवाज तिर आँखा दौडाएँ। करिव तिसको वलियो केटो !
“म ध्वाँसे क्या !” ध्वाँसेले आफ्नो परिचय दियो। मेरो मनमा ढ्वाँग्रो ठोक्यो। हुन त उनीहरु युद्द विराममा छन् । तर उसले मास्टरलाई रेटेरै मार्यो भन्ने गाउँमा हल्ला थियो। त्यस्ता नरपिसाचको के भर र ! फेरि उसको र मेरो कहिलेदेखि यो काकाको सम्वन्ध लाग्यो? मलाई पनि थाहा छैन यो कुरा त !
“वस न त !” मैले छेवैको खाली कुर्सी देखाएँ।
“काका सँग एउटा सल्लाह गर्नु छ !” उसले आफ्नो कपाल कन्याउँदै भन्यो।
“भन न !” मैले सुस्तरी जवाफ फर्काएँ। उ मेरो हुक्का हेरिराख्यो। त्यो हुक्का मेरो हजुरवुवाको पालाको। तल भुइँमा चाँदिको जलप लाको छ। माथी साँपको नक्सा कुँदेको छ। मेरो हजुरवुवाको शौख देखेर म दंग पर्थेँ यो हुक्का देख्दा! हामीले जल्दै गरेको घरमा धेरै मेहेनत गरेर यो जोगाएका थियौँ। हजुरवुवाको ठूलो तस्विर भने जोगाउन सकिएन। उनको आधा जिउ जलेको फोटो मेरो भित्तामा अझै छ।
“चुनाव नजिँकिँदै छ, यसपाली कतापट्टी लाग्ने विचार गर्नुभको छ ?” उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो।
म चुप थिएँ। खै के भनुम् ? नखाउँ त दिन भरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भन्थे वुढापाकाले ! उसका प्रश्नहरु मलाई पनि निल्नु न ओकल्नु भए।
“हेर्नुस काका,पन्चेहरुलाई गाउँ भित्रिन दिनु हुँदैन भनेर ठूलो कुरा भको थियो, हाम्रो पार्टी कमिटी भित्र। मैले थापा काका भनेका विकास प्रेमी मान्छे हुन् ! उनले समय अनुसार परिवर्तन हुन जानेका छन् भनेर तँपाइको कुरा गरेँ!”
उसले कुरा कता घुमाइरहेको थियो मैले वुझ्न सकिन त्यहि भएर उ वोली मात्रै रह्यो म सुनी मात्रै रहेँ।
“हामी सँग गाउँको ठूलो युवा जमात छ, तर वुढा वुढी हरुलाई अझै पुरानो धंगधंगीले छोडेको छैन , यस्तो तालले गाउँको समाजको विकास पनि हुँदैन ! कि कसो त काका !”
सावित्रीले चिया लिएर आइ । मेरो खेतमा काम गर्नेकी छोरी, मैले घरको काम गर भनेर राखेको छु । उसले सावित्रीलाई पिलिक्क हेर्दै चिया लियो।
“यी वुइनी चाहिँ को नि ?”उसका आँखा वलिहाले। मोरोलाई केटी देख्नै हुँदैन। त्यो साहिँली मगर्नी सँगको हल्ला मैले खुवै सुनेको छु। विरे की छोरी शान्ती सँग पनि यसको लसपस थियो रे ! त्यसको त दश दिन अघी विहे भयो। त्यसलाई सम्झेर यसले रातभरी जाँड खाएर हल्ला गर्यो पनि भन्थे गाउँका केटा !
“सावित्री, पर्शुरामकी छोरी, यहाँ काकीलाई भान्सामा सघाउँछे ,स्कुल पनि पढ्छे !”
“म के भन्दै थिएँ भने नी काका, तँपाइलाई नयाँ पार्टी खुवै फाप्छ , वुढापाका तँपाइले भनेको मान्छन् पनि , हाम्रो पार्टीमा प्रवेश गर्नुस् ! गाउँमा वस्न सहज पनि हुन्छ तँपाइलाई ! नेतृत्व गर्न जानेको मान्छे,विकास वुझेको मान्छे!”
उसले मलाई खुल्ला प्रस्ताव राख्यो। म अकमक्क परेँ।
“के सोच्नु भको काका ?” उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो । ” हेर्नु पार्टीमा राम्रो ठाउँ दिलाउने जिम्मा मेरो भयो, फेरि यो क्रान्तिवाट जन्मेको पार्टी हो, जहिल्यै अघि वढ्छ, कति समात्नुहुन्छ ति दंगदंग्ती गनाइसकेका पार्टीहरु , यसपाली खुलेर लाग्न पनि भ्याउनु भएको छैन पुरानो पार्टीमा! हेर्नुस् त तिनीहरुका संगठन,हामीले उहिल्यै जरा काटीसक्यौँ, को छन् तिनीहरुको प्रचार गर्दै हिँड्ने गाउँमा ? हामी सँग आउनुभयो भने जित पक्का छ अनि अहिल्यै हामी सँग आउनुभयो भने घात गरे जस्तो पनि देखिँदैन !”
म चुप नै लागि रहेँ।उसले चिया सिध्यायो। सावित्री गिलास उठाउन आई। उ झुक्दा उसको छातीलाई मज्जाले नियाल्यो ध्वाँसेले।
“ल लागेँ काका अव म ! मैले भनेको वारेमा सोच्नु ,मैले पर्सी सम्म उत्तर दिनु छ, त्यसपछि लाग्छु म पनि राजधानी तिर !” उ उठ्यो।
उ हिँडिसकेपछि, मैले धेरै वेर कुरा खेलाएँ। कुरा ठिकै लाग्यो। मेरो रवाफ गाउँमा फर्काउने यो राम्रो अवसर हो। ध्वाँसेले राजनिती जानेको रहेछ वा भनौँ ध्वाँसेमा राजनिति भरिएको रहेछ।

चुनावको बेला अनि ध्वाँसेको ट्राजिडी- वुधलाल राजवंशी

गाउँमा सानो खरको छानो भएको घर, तर लिपपोत गरेर हाम्री आमा चिटिक्क वनाउनुहुन्थ्यो घरलाई।हामी कहिले देखि यहाँ थियौँ धेरैलाई थाहा छैन। हाम्रो वाहुन क्षेत्रीको जस्तो वंशावली नभएर पनि होला!झुरुप्प परेको वस्तीमा हाम्रा करिव चालिस घर थिए यो गाउँमा। करिव पाँच छ घरको एउटै आगन,एउटा पानी तान्ने कल, घरै पिछेका दुई चारवटा हाँसहरु।हाँस पाल्ने पोखरी पनि हाम्रो घर पछाडीपट्टी हाम्रो हजुरवुवाहरुले वनाउनु भएको थियो। हाम्रा हजुरवुवाहरु राम्ररी नेपाली पनि वुझ्दैन थिए। हामी भने स्कुलका किताव नेपालीमैँ पढ्नु पर्ने भएकोले वुझ्थ्यौँ। हुन त मैले स्कुल सात किलासमैँ छोडेँ तर पनि नेपाली भने मेरो राम्रो थियो।
स्कुल छोडेपछि म सामान वारपारको व्यापारमा लागेँ।ढाट मेचीनदिमा थियो, अनि छोटी भन्सारहरु थीए।विचमा त मेची नदि कटेपछि सामान त्यसै वारपार भइ हाल्थ्यो।पैसा कमाउने सजिलो माध्यम थियो त्यो! थोरै पढेको मान्छेलाई रोजि रोटीको राम्रो प्रवन्ध वन्यो।त्यहि वाटो गरेर चोरी गरेका गाई गोरुहरु पनि ओसार पसार हुन्थे। मैले सुनेको ति गाइ गोरुहरु इन्डियाको पशु चोरी वेचविखन गर्न वनेको ठूलो चोर वजार मा विक्री हुन्थे अरे!
मेचीको सिमा फेरि रहन्थ्यो। राता रात दशगजाका पिलरहरु सर्थे। हाम्रो आफ्नै आँखाले देखेका छौँ। न सरकार वोल्थ्यो, न प्रहरी न प्रशासन। कति निरिह छौँ हामी जस्तो लाग्थ्यो।विस्तारै विस्तारै गाउँमा समानताको नारा गुन्जियो। अव पहिचान सहितको संघियता, आदिवासीहरुलाई प्राथमिकता, समानता दिनुपर्ने जस्ता नारा लिएर युद्द शुरु भयो। ति सिद्दान्तहरुमा यस्तो चमक थियो कि , पुराना सवै पार्टी काला लाग्न थाले, राजा त भित्रवाट धमिरा लागेको रुख जस्तो ढल्न नै आँटेका थिए।म पनि युद्दमा नै लागेँ। किनकी वाहुनवाद समाजमा हावी भएर धनी र गरिव विचको खाडल झन झन वढ्दै गएको मैले आँफैले महसुस गरे। वाहुनहरु पछि यो गाउँमा आएर आफू गाउँको राजा भए जस्तो गरेर हैकम चलाउँथे भने हामी पुर्खौँ देखी वसेकाहरु भने उनीहरुको कुरामा हो मा हो मिलाउँथ्यौ।म युद्दमा लागि सकेपछि यो कुरा हाम्रो समुदायमा वुझाउन तिर लागेँ। जरा नभएका अरु पार्टीहरु र चुरो नभएका राजाको शासन, जनतामा छाप छोड्ने हामीले राम्रो अवसर पायौँ।
ध्वाँसे सँग मेरो भेट युद्दको क्रममा नै भएको थियो। ध्वाँसे यस क्षेत्रमा प्रभाव जमाउन सफल मान्छे हो भन्ने मैले त्यहिँ पत्ता लगाएँ।उसको र मेरो भेट विच विचमा पनि भइ नै रह्यो।सामन्ती सोचकै कोखवाट जन्मिएको भएता पनि उसमा क्रान्तीको ओज थियो। उ जहिल्यै रापिलो थियो त्यसैले गाउँका मान्छे उसको पछि पनि लाग्थे।म ध्वाँसे भन्दा करिव पन्ध्र वर्षले जेठो थिएँ, राजनितिमा पनि परिपक्व । चुनाव ताका पार्टीमा यो क्षेत्रमा कसलाई टिकट दिने भनेर धेरै चर्का चर्की भयो। हर्क वस्नेतलाई दिने कुरामा हामीले ठूलो विरोध गर्यौँ,हामीले हाम्रो पहिचानको कुरा राख्यौँ । धेरै सोचविचार पछि पार्टीले मलाई टिकट दिने भयो।टिकट पक्का भएपछि ध्वाँसेले मेरो छेउमा आएर भन्यो
“चिन्ता नलेउ दाई , वाहुन क्षेत्रीको भोट हामी तिरै झर्छ। मलाई थाहा छ ती भोटहरुको चावी !”
उसले चुरोट निभाएर ठुटोलाई यसरी कुल्चियो मानौँ ठूटोको घाँटी न्याकेर उ मार्न चाहन्छ। चुनाव साम, दाम ,दण्ड ,भेद सवै लगाएर भए पनि जितिनु पर्छ। म सँग ध्वाँसे थियो र ध्वाँसे ति सवै जान्दथ्यो।
************** **************** ***************** *************** ***************
त्यो रात मलाई भट्टिमा नै जान मन थिएन । म लुकिछिपी त्यहाँ गएको थिएँ । आफ्नो अनुहार नराम्रा ठाउँहरुमा नदेखाउनु पनि मेरो आवश्यकता थियो चुनावको लागि। ध्वाँसे भने मलाई पर्खिरहेको थियो त्यहिँ।
“दाइ तिमी जहाँ पनि ढिलो गर्छौँ, यस्तो सुस्त नेता मैले कहिँ देखिन !” ध्वाँसे म ढिलो गएको मा थोरै रिसायो।मैले प्रतिकृया जनाइन। मलाई वोकेर आउने मोटर साइकलवाला वाहिर नै वस्न खोज्दै थीयो।
“भित्रै आइज न !” मैले उसलाई पनि भित्रै वोलाएँ।
“के खान्छस् त ?” मैले ध्वाँसेलाई सोधेँ।
“आज त खाने हैन दाइ पिउने हो !” उ गम्भिर थियो। म चुप थिएँ । हामी विचको मौनता टेवलको गिलासको ठक्करले मात्र टुटेको थियो।
“हैन आज अचानक यस्तो वेला तँलाई पिउने सुर कहाँ वाट चढ्यो म सँग !”
मैले पहिलो चुस्कीमैँ प्रश्न राखेँ। न ध्वाँसे सँधै पिउँथ्यो, न म सँधै पिउँथे। तर ध्वाँसेले आज फर्माइस गरेको थियो। म हाम्रै कोहि कार्यकर्ताहरुलाई खुशी पार्नु पर्ने होला भन्ने सोचमा आएको थिएँ । तर यहाँ उ एक्लै थियो।
“कहिलेकाहिँ नपिए वाँच्न गाह्रो हुन्छ दाइ!”
“ट्राजिडी पर्यो कि के हो ?” मैले ठट्टा गरेँ । उसले पुलुक्क मेरो मुखमा हेर्यो।
“आज विहे छ मोरीको !तिमी मेरो अनुहार कति राम्ररी पढ्छौ है दाइ ?”
मेरो ठट्टा वास्तविकतै रहेछ। म ध्वाँसेलाई त चट्टान नै ठान्थेँ। तर पहाड पनि रसाउँछ नेपालमा !एक छिन त के वोल्ने के वोल्ने पत्तै पाइन।
“तँ जस्तो लक्का जवान,पार्टीमा यति रवाफ भको ,पाइहाल्छस् नी कोहि केटी !किन घोत्लिएर वस्छस् त ?”
“नापियो !” उसले आँफैले आँफैलाई लोपार्यो।छेवैको मान्छे त्यो देखेर हाँस्यो। ध्वाँसेले आँखा तरेर उसलाई हेरेपछि भने त्यो मान्छेको मुस्कान हरायो।उ आफ्नो गिलासमा नै व्यस्त भयो। तर ध्वाँसेले अझै आँखा तर्न छोडेन।
“यहाँ झगडा नगर है भाइ !” मलाई आफ्नो इमेज नै विग्रिने हो कि भन्ने डर पनि लागेर आयो। उ एक छिन चुप वस्यो। मान्छे जव चुप हुन्छ मनमा के चलेको पत्तै लाग्दैन। तिँ माथी कालो कालो अनुहारको ध्वाँसे अनि लोडशेडिंग। हुन त म पनि गोरो छैन।म रातो वर्ण भएकोले मेरो नाममा लाल थपिएको अरे । वुधवार जन्मेकोले वुध अनि रातो वर्णले लाल !
“मैले उसको लागि के के गरिन दाइ, मोरीले सवै विर्सी !”
“माया गर्नु एउटा कुरा हो भाइ देखाउन जान्नु अर्को कुरा !” म अचानक दार्शनिक वनेँ। मोरो पहेँलो झोल जहिले जहिले भित्र छिर्छ, हजारौँ दर्शन वाहिर निकाल्छ।
“पहिला स्कुल पढ्दा पनि सरसँग सल्केकी भनेर खुवै हल्ला थियो, मै अन्धो थिएँ उसको मायामा !” उसले एकै घुट्कीमा गिलास रित्यायो।मुख विगार्यो।मुख रक्सीले विग्रेको वा त्यो केटीको सम्झनाले मैले छुट्याउन सकिन।
उसले शान्तीको कुरा गरेको मैले पत्तो पाएँ। विहेमा मलाई पनि बोलाएका थीएँ , गाउँको प्रभावशाली नेता भएको हैसियतले । म पनि त्यहिँ गएर सवै सँग भेटघाट गरेको थिएँ। अनि हाम्रो विहामा फजुल खर्च यति धेरै गरिनुहुन्न भन्ने विषयमा मैले त्यहिँ दुई चार जना सँग वहस पनि गरेको थिएँ। केटो सानो दारको , इन्जिनियर रहेछ। ध्वाँसेको र शान्तीको माया को कुरा पनि मैले सुनेको थिएँ। पछि शान्तीले ध्वाँसे सँग भेट्न पनि मानिन अरे भन्ने पनि मैले सुनेको थिएँ। केटीहरु यस्तै हुन्छन् राम्रो केटा छानी छानी हिँड्छन् लुगा छानेजस्तो।यो भने अव रक्सीमै डुव्ला जस्तो छ।
“अव के देवदास नै हुने हो त ?” मैले उसलाई हेर्दै प्रश्न राखेँ।
उ चुप भयो एकछिन। हाललाई त्यो प्रश्नको उत्तर उ सँग छैन ।
**************** ******************* ***************** *************** **********
“अनि थापाकाजी सँग केहि कुरा भयो त ?” मैले प्रसंग वदलेको थिएँ। थापाकाजीलाई पार्टीमा राख्नुपर्ने सुझाव ध्वाँसेले नै दिएको थियो। त्यो कुराले थोरै हल्लीखल्ली पनि भएको थियो। किनकी उ राजावादी भएको कुरा त गाउँ भरी विदितै कुरा थियो। तर शक्ती सन्तुलन र भोट व्यांक कलेक्सन को लागि थापाकाजी हामीसँग हुनु चुनावी नजरले आवश्यक रहेको मैले पनि वुझेको थिएँ। ध्वाँसेले हाँस्दै एउटा हिन्दी डाइलग पनि हानेको थियो ” वक्त आने पर गधेको भी अपना वाप वनाना पड्ता है साथिहरु !” । मलाई मनमनै पोलेको थियो अव हामी पनि गधाकै वच्चा हुने भयौँ भनेर !
“जानुपर्छ दाइ , तिमी हतार गर्छौ के वढी !” उसले फेरि एक घुट्को लायो। कहिले मलाई सुस्त भन्छ ,कहिले हतार वढी गर्ने ! उसका त कुरै एक आपसमा वाझ्छन्।
“वुझ्यौ दाइ ,मैले कस्ता कस्ता केटी सँग रमाइलो गरेँ, तर त्यो र म चियावारीमा एक्लै हुँदा समेत छुन पनि दिइन , मैले केहि भनिन सहेर वसिरहेँ , यो मेरै हो, हतार गर्नु हुन्न भनेर । केटीको मामलो गडवड हुँदो रहेछ। सकेसम्म हतार गर्नु पर्ने रहेछ। नत्र हेरेको हेर्यै भइने रहेछ। “
उ फेरि आफ्नै टपिक्समा फर्कियो।कसलाई के को धन्दा कसलाई के को धन्दा घरज्वाईँलाई खानकै धन्दा भनेजस्तो। चुनावको चटारो विचमा ध्वाँसेको ट्राजिडीले मलाई ठुलै असर पार्ने पो हो की , मलाई डर लाग्न थालेको छ।आखिर मा ध्वाँसे मेरो दाहिने हात हो,उसले यो गाउँ चिनेको पनि छ र कसलाई कसरी फकाउने मनाउने हो सवै थाहा छ।
“हेर दाई मेरा पाखुरा हेर !” उसले आफ्नो हात खुम्च्याएर शर्ट माथी सम्म पुर्याएर आफ्नो पाखुरा देखाएको थियो। म उसले अह्राए वमोजिम उसको पाखुरा हेरिरहेँ। “चाहेँ भने त्यसको वुढोको दाँत झार्देर,जिउ कर्याक कुरुक पारेर हस्पिटलमा भर्ना गर्दिन सक्छु! मोरो इन्जिनियर रे, सुकुटे छ अरे, शान्तीको सामुन्नेमा त फिस्टो देखिन्छ अरे !कहाँ सलमान खान छोडेर कादर खान समाती मोरीले !”
चुनावको टाइममा यस्तो नगर भनेर भन्न मन लागेको थियो। तर के सुनोस् उसले। भोली यो सँग फेरि कुरा गर्नुपर्ला मनमनैँ सोच वनाएँ मैले। मान्छे मायामा पनि छ ,अनि मातेको पनि छ यत्तिखेर त उसले कसैले भनेको टेर्दैन।
“अव नथप, घर जानुपर्छ, पर्खि तँलाई घर लैजाने मान्छे खोज्छु !”
“वैरागीको जहाँ रात त्यहिँ घर दाइ ! एउटा लास्ट पेग थपौँ न !”
“छोड्दे न , ह्या !”
“तिमीलाई चुनावमा म चाहिन्छ कि चाहिन्न ?भन दाइ एक पेगको लोभ गर्छौ की चुनावको ?” उसले मलाई घुर्की लायो।
” ल ल खा खा !” माया गर्यो भने टाउको टेक्छन मोराहरु ।
“आज तिम्रैमा जान्छु म, जाँड खाएर गयो भने वाउ रिसाउँछन!”
“साहिँलीको मा जा न त !” उसकी अर्की आइटम छ साहीँली मगर्नी । यसको सवैभन्दा ठूलो खरावी नै यहि केटी भनेपछि दुई खुट्टा टेकेको भए पनि पुग्छ।
“साहिँली त वाउको पनि वाउ ! परैवाट गन्हाएको थाहा पाउँछे। फेरि अव त वुढी पनि भइछे, यसपाली त कस्तो वुढी लागी।”
“मोरो चुस्न पाउन्जेल चुसिस आँप ,अहिले कोयो खल्लो छ भन्छ !”
“चुस्ने त आँपनै हो नि दाइ, कोयो चुस्ने, खोयो खाने गर्न थाल्यो भने त कहाँ जीउ लाग्छ र !”
उ खिस्स हाँस्यो।
अन्तिम पेग टुंग्याए पछि मैले पल्याक पुलुक यता उता हेरेँ मान्छे त्यति भिँड छैनन् । घडी हेरेँ साढे दश वजेको थियो।एउटा भेन फोन गरेर मगाएँ।आज ध्वाँसे मेरैमा सुत्न जान्छ अरे! जड्याहाँ वोकेर जाँदा वुढी रिसाउली कि भन्ने अर्को पिर छ।

हराएको माया भेटिएको विछोड – शान्ती

काठमाण्डौमा पानी सिमसिम पर्दै थियो। पानी परेपछि धेरै नै हिलो हुन्छ काठमाण्डौ। त्यसमाथी माइक्रो, ट्याम्पो, ट्याक्सी ,वाइक…….. म पैदल हिँड्नेलाई कतिखेर कसले पानी छेपिदेला भन्ने पिर। अफिसको ड्रेस धुन पानी नभएर अफ्ठ्यारो छ कोठामा। फेरि लगाएको यो ड्रेस पनि विग्रियो भने त गाह्रो नै हुन्छ। मेरो छाता पनि हिजो वानेश्वरको छाता वनाउने ठाउँमा वनाउँछु भन्ने सोचेकी थिएँ। मोराहरु पानी परेकाले वसेनछन्। कस्तो अचम्म छाता वनाउनेहरु पानी पर्दा ओत लाग्ने ठाउँ पाउन्नन् , मैले मनमनै यहि सोचेकी थिए। मेरो चप्पल पनि हिलो उछिट्याउँछ छिटो छिटो हिँड्दा त्यसैले म विस्तारै विस्तारै नै हिँड्दैथिएँ। कसैले मलाई पछाडीवाट कोट्याए जस्तो लाग्यो। फर्केर हेर्दा पछाडी ध्वाँसे उभिएको थियो।
“चिनीनस् कि के हो ?”
“चिनेँ !” मैले सुस्तरी उत्तर फर्काएँ। उसको त स्पर्श स्पर्श चिन्छु म। त्यहि छाति मा अडेस लागेर कति घण्टा काटेकी छु मैले ।
“कता हो तेरो वसाई !”
“अलि पर हो, थापागाउँ तिर !” म उसलाई किन मेरो वसाइ देखाउँ । म परिवार भएकी मान्छे, उ ठेगान नभएको मान्छे । मेरै घरमा आयो भने के भनेर चिनाउँ उसलाई । उसलाई देख्ने वित्तिकै मन चंगा भएर अतितको आकाशमा उड्दै छ आज। म तलवाट फर्काउन खोज्दैछु मनलाई आजको समयमा, यथार्थको धरातलमा।
“विजी छेस् ?”
के उत्तर दिउँ उसलाई म ?
“अलि अलि !” मैले संक्षेपमैँ उत्तर फर्काएँ।
“त सँग कुरा गर्न मन थियो, गाउँमा पनि भेट भएन !”
मेरो विहाको दिन उसले रक्सी खाएर धेरै हल्ला गरेको थियो भन्ने मैले सुनेकी थीएँ।तर सवैको आफ्नै आफ्नै भविष्य हुन्छन्। मान्छेले पतिमा कहिल्यै हत्यारा खोज्दैन। राम सरलाई उसले घाँटी रेटी रेटी मारेको सुन्दै मेरो आंग सरंग भएको थियो। लाश हेर्न जान आमा वुवाले दिनुभएन। वुवाले फर्किएर भन्नुभयो। चौतारीमा वसेर तिन जना राम सरकोमा जाने योजना वनाउँदै थिए अरे!तिनको टोलि नेता ध्वाँसे नै थियो अरे! म ध्वाँसेको रुन्चे अनुहार सम्झेर रात भरी निदाउन सकिन। दुई महिना अगाडी मात्र मलाई युद्दमा लाने भए भनेर ध्वाँसे अनुहार रुन्चे वनाउँदै थियो। दुई महिनामा नै उ रगत चाखेको वाघ जस्तो भयो।सपनामा मैले ध्वाँसेको अनुहारमा विस्तारै विस्तारै रगत पोखिएर रातो भएको देखेँ। मलाई अझै याद छ , म त्यो रात काल्लिएर उठेकी थिएँ।
त्यसको करिव एक महिना पछि बाले कतावाट ध्वाँसेको र मेरो सम्वन्धको सुइँको पाउनु भएछ। मेरै साथीहरुमध्ये कसैले नै हल्ला गरिदिए होलान्। मलाई कोठा थुनेर दुइ झापड लाउनु भयो। त्यसपछि मेरो पढाइ र मेरो भविष्यको वारेमा सम्झाउनु भयो । अनि मलाई एस एल सी सिद्दिने वित्तिकै काठमाण्डौ पठाउने कुरा भयो।ध्वाँसे विस्तारै मेरो अतित वन्यो।कतै कुनै कुनामा गुम्सियो। तर मलाई जति नै माया गरे पनि उ हत्यारा हो त्यो पनि त सत्य हो। म हत्याराकी पत्नी र मेरा छोरा छोरी हत्याराका छोराछोरी पक्कै पनि हुन सक्दैनन्।
ध्वाँसे सँगको सम्वन्धको वारेमा मैले वताउन खोज्दा अजयले भनेको थियो
“तिम्रो अतित सँग मलाई मतलव छैन, तिम्रो वर्तमान मा कोहि छ भने भन म बिहा अझै रोक्न सक्छु”
अजय सँग विहा हुने समयमा ध्वाँसे गाउँ आएको छ भन्ने मैले सुइँको पाएको थिएँ । मेरो मन जोडले धड्किएको थियो।एउटा अनौठो डर लागेको थियो, मेरो विहा आएर विथोलिदियो भने।मैले अजय सँग मोवायलमा कल गरेरै त्यो कुरा भनेकी थिएँ। उसले सवै कुरा सुनेर मलाई सुस्तरी भन्यो।
“टेन्सन नलेउ, केटा मान्छे त्यस्तै हुन् !”
तर उ आएन, मेरो वोझ हट्यो। आज वानेश्वरको यो मोडमा उ भेट्टिएको छ। न उसलाई म नदेखे जस्तै गरेर हिँड्न सके, न उसका उत्तरहरु नै दिन सक्दैछु। म त जड भएकी छु अहिले।
“चिया खान भ्याउँछेस् ?”
उसको प्रश्न मैले नकार्न सकिन। प्रश्नहरु सहि गलत हुन सक्छन्, उत्तरहरु सहि गलत हुन सक्छन्, तर समय सहि गलत हुँदैन,क्षणहरु सहि गलत हुँदैनन् । म पनि समयसँगै वगिदिएँ।
*************** ************** *************** ****************** ***************
“कस्तो छ त तेरो नयाँ परिवार ?”
लामो समयको मौनता पछि उसले प्रश्न राख्यो।
“राम्रो छ !” मैले संक्षिप्त उत्तर फर्काएँ।
“छोराछोरी भए ?”
मैले छैन भन्ने जनाउन टाउको हल्लाएँ। उ आफ्नो चियामा लागेको तर हेरीरहेको थियो। कपको डण्डीमा आएर एउटा झिंगा वस्यो। उसले हातले झिंगा धपायो।झिँगा उडेर छेवैको मंगलवजारको कृष्णमन्दिर भएको फोटोमा वस्यो।
“म पनि कस्तो हुस्सु, विहे भएकै त छ महिना त हुँदैछ। कसरी होस् छोरा छोरी ?”
म चुपनै लागि राखेँ।
“मैले चुरोट खान मिल्छ यहाँ तेरो अगाडी ?”
मैले उसलाई एक चोटी चुरोट नखा भनेर गाली गरेकी थिएँ । उसले छोड्दिन्छु पनि भनेको थियो। छोडेको रहेनछ।मैले हुन्छ भन्ने आशयमा टाउको हल्लाएँ।
“आज नखा भन्दिनस् ?”
उसले मेरो आँखा मा पुलुक्क हेर्दै प्रश्न राख्यो। ध्वाँसेलाई वोल्न आउँदैन जस्तो लाग्थ्यो मलाई। तर नेता भएर वोल्न पनि सिकेछ।
“तँ मान्छस् त अझै मैले भनेको ?”
म खिस्स हाँसिदिएँ।
“भन्दै भनिनस् अव मान्ने नमान्ने त दोश्रो कुरा !” उसले सल्काउँदै जवाफ दियो। झ्याल तिर फर्केर धुवाँ उडायो। उसलाई थाहा छ मलाई चुरोटको धुवाँ मन पर्दैन भनेर !
“अनि के गर्छन् त तेरा वुढा ?”
“इन्जिनियर हो !” मैले सुस्तरी जवाफ फर्काएँ।
“पढेलेखेको मान्छे , हामी जस्तो नौ फेल हो र !” उसले चुरोट एशट्रे मा झोस्यो। कुनै पिडाले मन निभे जस्तै चुरोट पनि निभ्यो।
“तँ पनि काम गर्न थालिस कि के हो ?”
“प्राइभेट वेंकमा !”
“बाबा, अव कसले सक्ने , पैसा कहाँ राख्छौ अव ?हाम्रो पार्टीलाई चन्दा देओ थोरै !”
मन झसंग भयो। जिस्किँदैछ कि साँचै भन्दैछ ,छुट्याउन सकिन।
“नडरा नडरा जिस्केको मात्रै !”
“के थाहा तँ त जिस्की जिस्की घाँटी रेटिदिने मान्छे!!!” यसपालि मैले हिम्मत गरेरै वोलेँ । मलाई त्यो रातको सत्य जान्न मन छ।
उ चुप भयो। उसले मौन स्विकृती दिए जस्तै। आत्म समर्पण गरे जस्तै।
“त्यसपछि मैले तँलाई माया गर्न सकिन ध्वाँसे !” मैले भारी स्वरमा भनेँ।
“मेरो माया त कसले नै पो देख्छ र ! तँ पनि अरु जस्तै मेरो गल्ति नै खोजेर हिँड्ने नै त परिस् !”
“कति जनाको जिवन वर्वाद गरिस् थाहा छ तँलाई ! त्यो सरकी वुढीको पेटमा वच्चा थियो त्यतिखेर !”
“थाहा पाउँदा ढिलो भैसकेको थियो!”
ध्वाँसेले वाहिर टेम्पु गुडेको हेरिरह्यो। वाहिरको टेम्पुले ध्वाँसेको चुरोटवाट निस्केको भन्दा पनि कालो मुस्लो फ्याँक्यो।
“कहाँ छे त मास्टरकी वुढी अहिले ?” उसले आँट गरेरै प्रश्न सोध्यो।
“त्यो त मलाई पनि थाहा छैन।”
“मलाई त सँग भेट्न आउन मन थियो, तर विहामा भाँड भैलो होला भनेर गइन। तैँले जे गरिस् ठीकै गरिस् । म तेरो लायक थिइन!!” उसले अर्को चुरोट सल्कायो। उसको चुरोट को लत वढेछ। यति चाँडै अर्को चुरोट नथप्नु पर्ने हो।
“मैले भनेको मान्छस् दुइटा कुरा ?” मैले उसलाई हेर्दै भनेँ।
“भन न !”
“पहिलो एउटा राम्री केटी खोजेर विहे गर, अनि दोश्रो चुरोट छोडिदे !”
उ हाँस्यो, कुनै पिडा लुकाएर हाँसे जस्तो ।
“उठ ढिलो भए जस्तो छ, साँझ पर्न लाग्यो! “
उ जुरुक्क उठ्यो। वाहिर आकाश फेरि कालो भएछ। आज फेरि राती पानी पर्छ जस्तो छ। भोली फेरि विहान वाटो हिलो हुन्छ जस्तो छ।

मेरो आत्मस्विकृती-२ – ध्वाँसे

मेरो कथामा केहि नयाँ पात्र आएका छन्। कथा अघि वढेको छ। अँध्यारो यात्रामा निस्किएको मेरो कथा, मेरो राजनितिको सेरोफेरोमा घुम्दैछ।राजनिति मेरो इच्छाको विषयवस्तु थिएन।म त स्वभावैले प्रेमी मान्छे, प्रेम रस ले भरीएको। राजिनितिले त मेरो रस निचोर्यो जस्तो लाग्छ मलाई कहिलेकाहिँ।तर सोचेको जस्तो त कहाँ नै हुन्छ र जीवन?
काठमाण्डौमा तिनताका जाँड खानेवेलामा राम्रो साथि भएको थियो कान्छो। म मेरो सवै सुख दुख सुनाउँथे। साहिँली मगर्नी सँगको रमाइलो सुनाउँथे, शान्ती सँगको विछोड पनि सुनाउँथे। उ अलि लजाउँथ्यो केटीहरु सँग वोल्न मोरो। उसको वोली थोरै भकभके थियो। तर केटीहरुसँग वोल्नु पर्यो भने वढी नै भकभकाउने गर्थ्यो। शव्दहरु वाहिर निकाल्न उसले आँखा चिम्लिनु पर्थ्यो। तारिफ गर्ने वेलामा पनि कस्तो विडम्वना,जसको उ तारिफ गरिरहेको हुन्थ्यो आँखा चिम्लेर तारिफ गरिरहेको हुन्थ्यो। म कहिलेकाहिँ उसलाई जिस्काउँथे पनि “तिमि राम्री छ्यौ भन्दा तँ मुला आँखा चिम्लेर भन्छस् !” अनि कसले पत्यार गरोस् । उ गम्भिर भएर जवाफ फर्काउँथ्यो
“दाइ राम्रो नराम्रो त भित्रको आँखाले हेर्ने हो नि त !”
“नापिस् !” मलाइ सनक चढेर आउँथ्यो।
धेरै पछि मैले एक दिन कान्छोलाई भेट्टाएँ। भेट्टाएँ के भनौँ वोलाएँ आइज जाँड खान भनेर। भट्टिवाल साहुनी पनि चिनेकै दिदी ! उनलाई पनि नभेटेको धेरै भएको थियो हामी फेरि पाटनमा भेट भयौँ। त्यो दिन कान्छोले शान्तीको विहेको कुरा सुनायो। मन अमिलो भएर आयो! उसले मलाई एक चोटी भेट्न पनि जरुरी ठानिन। मनले त्यत्तिनै खेर निश्चय पनि गर्यो । एक चोटी गएर भेट्छु गाउँमा। अर्को आवेग पनि सँगसँगै आयो ,सिद्याइदिन्छु त्यो केटालाई पनि !
तर जतिखेर म गाउँ छिरेँ।मेरो रिस सवै सेलाएर गयो।शान्ती खुशी नै थिई अरे! उसको विहामा गएर एउटा विद्रोहको इतिहाँस रच्ने योजना मैले परिवर्तन गरेँ। मैले त्यो दिन वरु सुतेरै विताएँ। मन भरी चियावारीका सम्झनाहरु डुलिरहे। जतिखेर उ मेरो छातिमा अडेस लाग्थी। जतिखेर म कपाल खेलाउने वहानाले उसको छातिसम्म हात पुर्याउँथे।जतिखेर उ रिसाउँथी। जतिखेर उसले मेरो निम्ती सुम्पिन चाहेकी थिई। जतिखेर म युद्दमा होमीनु पर्ने डरले डराएको थिएँ। उसका र मेरा सम्झनाका पोकाहरु एक एक गरेर खोलेर ढल्किरहेँ। ओछ्यान एक्लो थियो, शायद सम्झना पनि अव मेरो एक्लो नै होला। उसको त जीवनमा अरु नै कोहीले फूल वुट्टा भरिदिनेछ।
*************** ***************** **************** ******************* ******
चुनाव नजिकिँदै जाँदा मैले गाउँमा देखेँ,हामी पिडित पिछडिएकाको वकालत गरेर हिँडेका थियौँ। तर चुनाव त पुँजीको खेल। केहि पुँजीपति त हाम्रो हातमा हुनु जरुरी नै पनि त थियो।थापाकाजीलाई हाम्रो पाटोमा तान्न सके पार्टी वलियो हुने कुरा मैले केन्द्रमा राखेँ।त्यतिखेर तर्कहरु दुई खेमामा वाँडिए। अन्त्यमा पार्टीमा प्रवेश चाहनेहरुलाई प्रवेश गराउनै पर्ने पार्टीले निर्क्यौल निकाल्यो।
पार्टीको तर्फवाट चुनिएका उम्मेदवार “वुधे दाई” सँग मेरो सानै देखीको चिनजान थियो।ति दाइ र म पौडी खेल्न वगान कटेर मेचीको पुल सम्म पुग्थ्यौँ।वुधे दाइ मलाई माछा मार्न पनि सिकाउँथे। पहिला गड्यौँला खोजेर ल्याउनै हैरान।जे होस् वुधे दाइलाई जिताउनै पर्ने वाध्यता। माछा मार्नलाई थापाकाजी नामको गड्यौँला त मैले भेला गरेकै थिएँ।चुनावमा म गौरवका साथ भन्छु वुधे दाई लाई जिताउनमा मेरो ठूलो हात छ। मैले हात समात्दै उनलाई भनेँ
“दाइ अव जनताको सम्विधान ल्याउनुपर्छ!” वुधे दाइको कालो कालो अनुहारमा अचम्मको लालिमा छायो, जितको लालिमा !तर छेउमा कोहि करायो “ल्यायौ हत्यारा हो जनताको सम्विधान !” केटाहरुले त्यो कराउने मान्छेलाई खोजेर ल्याए । वुढो खवटे ज्यान, केटाहरुले कुट्न आटेका थिए वुधे दाइले कुट्न भने दिएनन् । उ छोड्दिइ सकेपछि पनि अनेकथरी फलाक्दै थियो, जुन हाम्रो जितको नाराको अघि दवेर गयो।पछि थाहा भयो त्यो राम सरको काका रहेछ। खुइले सरको । म कहिलेकाहीँ सपनामा त्यो रात देख्छु, मेरो दाह्रा पलाएको हुन्छ त्यतिखेर , म कसैको खुन चुसीरहेको हुन्छु उसको घाँटीवाट रगत वगिरहेको हुन्छ। त्यो रातभर म निदाउन सक्दिन।
एकदिन वाटोमा हिँडिरहेको वेला शान्ती भेट्टिई। वोलाउँ नवोलाउँ को दोसाँधमा परेँ। वाटो पनि हिलो,हिलो भएको थियो। आँट गरेरै पछाडी वाट कोट्याएँ । चकित भएर उसले मलाई हेरी, मानौँ उ पहिलो चोटी मलाई देख्दै छे।वेक्कारमा वोलाएछु कि जस्तो पनि लाग्यो।हामीले त्यो दिन सँगै चिया पियौँ। त्यति नजिक उ भएर पनि कति टाढा छे अहिले जस्तो लाग्यो।उट्पट्यांग कुरा हरु पनि सोधेँ।विहे भएको छ महिनामा नै छोराछोरी कति छन् भनेर सोधेँ। मन ठेगानमै रहेन। तर उ खुशी थिइ जस्तो लाग्यो।खोइ किन किन त्यो दिन मलाई उ आफ्नो शान्ती जस्तो लागिन। अरु नै कोहि जो मेरी शान्ती जस्तो देखिन्थी मात्र त्यस्तो केटिसँग समय विताइरहे जस्तो लाग्यो।
म वाहिर निस्केँ । वाहिर सिमसिम पानी परिनै राखेको थियो।उ सँग छाता थियो, ओढेर हिँडी । म भिजि नै राखेँ एक छिन। भित्र भतभत पोलेजस्तो भएको थियो। उ भिँडमा हराएकी थिई कतै। काठमाण्डौ मान्छे निल्ने शहर हो। हजारौँ इच्छा ,सपना निलिदिन्छ। आज मेरो आँशु निल्दै थियो।कान्छोको फोन डायल गरेँ, त्यो दिन इंगेज थियो।मोरोले त्यो दिन भने मेरो साथ दिएन।
हो म उसको लायक छैन।म त न भुत न भविष्य भएको मान्छे। तर उसले सोचेजस्तो हत्यारा म हैन। मेरो पनि मुटु छ। मलाई पनि त्यो हत्याले मन दुखाएकै थियो।युद्दमा गल्ती त जहिँ तहिँ हुन्छ।तर योद्दाहरु योद्दै रहन्छन् हत्यारा कहलिन्नन्।

कुखुरापालन – अष्ट धिमाल

चुनाव जितुन्जेल हाम्रो पार्टीले जितेको जस्तो लागेको थियो। हामी व्यारेकमै भए पनि ठूलो खुशियाली मनाएका थियौँ।तर युद्द सोझो तालले जितिन्छ, युद्दले उन्माद ल्याए पनि मान्छे वांगिदैनन्, चुनाव त नागवेली चाल चल्छ जस्तो सुकै प्रष्टवक्तालाई पनि कुरा चवाउने वनाउँछ,आनाकानीको भाषा सिकाउँछ।यो चुनाव पनि पृथक भएन। उहि पुरानो चुनाव ,मात्र नयाँ खोल ओढेकाले जिते।
कहिलेकाहिँ खडेरी लागेको जीवनमा पानीका थोपाहरु हराउँछन् भुइँ रसाउन नपाइ। क्रान्ती मेरो लागि त्यहि पानीको थोपा जस्तै। जीवनमा आउन नपाइ, जीवन रसाउन नपाइ कहाँ हरायो कहाँ त्यो पानीको थोपो।कहिले मैले चिरा परेका भुईँमा आँखा लगाएँ,कहिले वादलै नभएको आँकाशमा तर मेरो आँखालाई माया गरेर न वादल देखियो आकाशमा न भुईँका चिरा मेटिए।
आर्मीले केहि नगरी खुव कुटपिट गर्यो मलाई, मरणासन्न पारेर मर्यो भनेर छोडेको हो तिनीहरुले। मेरो भाग्य वलियो म वाँचे।मेरी वहिनी जुन केटासँग भागेकी थिई त्यो त्यतिखेर युद्द मा लाग्यो अरे तिनीहरुको वारेमा वुझ्न आएका थिए।मलाई थाहा थिएन, मलाई थाहा छैन नै भने। उनीहरुले पत्याएनन्। मेरी आमा कराइरहिन,उनीहरु लात्तले वुट वजारिरहे।थिलथिलो भएको जिउ सुम्सुम्याउन भोलिपल्ट ध्वाँसे मेरो घरमा आइपुग्यो। ध्वाँसे र म स्कुलमा सँगै थियौँ। उ पनि युद्दमा लागेको मैले थाहा पाइसकेको थिएँ।
“अव के हेरेर वस्छस् ? आज हिँडिनस् भने भोली पनि आउँछन् भकुर्छन् ! जव सम्म हामी वरावर शक्तीको हुन्नौ उनीहरु दबाइरन्छन् हामलाई !” उसले छेउमा राखेको माटोको गाग्रीको पानी सारेर खाँदै भन्यो।म धेरै वेर मौन नै वसिरहेँ। ध्वाँसेको कुरा सामान्यतय स्कुलमा पनि नाइँ भन्दिनथेँ। उ स्कुलमा पनि हिरो जस्तो थियो।मैले आफ्नो शरिर भरीका निलडाम हेरेँ, त्यो आर्मीको सम्झना आयो अनि किन किन जोश वढेर आयो।त्यहि रात म ध्वाँसे सँग हिँडे आफ्ना दुई जोर लुगा वोकेर।
उनीहरु सँग डक्टर पनि रहेछन्। मलाई शुरुमा उपचार गरेर राखियो। अनि त्यसपछि म सैन्य दस्तामा समावेश भएँ। हाम्रा सुराकीहरु आर्मी भित्र पनि थिए।मलाई कुट्ने मेजरको आमा मरेर किरियामा उसको घर रामेछाप जान आटेको हामीले थाहा पायौँ।उ वसमा घर जाँदै थियो। हामीले गाडी वाटैमा रोकेर उसलाई लिएर आयौँ, हाम्रा साथीहरुको सहायतामा । उसलाई जंगलमै सिध्याएर गाडीसकेपछि म धेरै वेर रोएँ। मान्छे सँग जत्ति रिस उठे पनि उसलाई सिध्याइसकेपछि भने त्यो लाशको माया लाग्दो रहेछ।त्यो मेजरको लाश उठेर मलाई वुट वजार्ला जस्तो थिएन। त्यो त ढलेको थियो, निन्द्रा मा भए जस्तो ! रगतमा लतपतिएको, माया लाग्दो!!
हामी शान्ती प्रकृयामा आएपछि हामीलाई व्यारेकमा राखियो। सुत्ली वम वनाउने वेलामा मेरो एउटा हात उडेको थियो। म छनौटमा परिन। मलाई केहि पैसा थमाएर गाउँ पठाए।त्यसपछि के गर्ने म अलमलिएको थिएँ।कसैले मलाई सल्लाह दियो “अव कुखुरापालन गर ” भनेर ! कुखुरापालन मा फाइदा त थियो तर वर्डफ्लुको रिस्क पनि ! जे होस् मैले गाउँमै एउटा पोल्ट्री खोल्ने निधो गरेँ।आएको पैसा अपुग थियो, जग्गा थिएन धितो राख्नलाई।मैले ध्वाँसेलाई सम्झेँ । वुध दाई मन्त्री भएको छ, ध्वाँसे काठमाण्डौ मैँ छ पक्कै केहि सहायता हुन सक्छ।
*************** *************** *********** ***************** *******************
“कति नम्वर चेन्ज गर्छस् हौ, पत्ता लाउन पनि गाह्रो !” मैले उसलाई भेट्टाउने वित्तिकै गुनासो पोखेँ।
“मान्छेको जिन्दगि चेन्ज भइसक्यो तँ नम्वरको कुरा गर्छस् !” उसले चुरोट उडायो। ध्वाँसे पहिला त्यति साह्रो चुरोट पिउँदैन थियो। तर आजकल धेरै नै पिउन थालेको रहेछन। हुन त उसलाई अलि वढी नै टेन्सन होला। पार्टीको,तरुनीको अनि अरु धेरै !
“के चेन्ज भो र ?”
“भो छोड्दे यी कुरा ,अनि किन आइस् त यो धुलो खानलाई काठमाण्डौ !”
“केहि काम शुरु गरौँ भन्ने विचारमा थिएँ ,पैसै पुगेन !” मैले चियाको टेवलको रंग कोट्याउँदै जवाफ दिएँ।त्यो टेवल शुरुमा निलो हुनुपर्छ । तर अहिले काठको रंग देखिन थालेको छ भित्रको! निलो त मात्र ठाउँ ठाउँमा थियो।कुनै चुहिने छाना भएको गरिवको धुरी जस्तो देखिएको थियो।
“साँची पैसा पुगेन भन्दा पो सम्झेँ ,पार्टीले तिमीहरुलाई पनि चिलेछ नि हैन ? कति वुझाइस पाएको पैसा मध्ये ?”
“भनेको भन्दा आधा मात्रै दिए नी, पार्टी शसक्तिकरणलाई चाहिन्छ भनेर !” मेरो अनुहार अचानक कालो भयो।त्यो पुरा दिएको भए त पोल्ट्रि फर्मलाई रिन नै त खोज्नु पर्दैन थियो।
“क्रान्तीकारी पार्टीभित्र सामन्ती जन्मे वुझिस् ?” उसले चिया सुरुप्प पार्दै भन्यो। आजकल उ ठूल्ठुला कुरा गर्छ ।ठूला मान्छेको संगतले होला।”अनि के मसँग पैसा खोजेको तैँले ?” उसले मेरो अनुहार हेरेर हाँस्दै भन्यो।
“हैन वुधे दाइ सँग भेट्टाइदिन्छस् कि भन्ने सोचेको ! उनकै पार्टीको मान्छे सहयोग गर्लान नि !”
ध्वाँसे एक छिन चुप भयो । वाहिर हेर्यो। मैले उसले वाहिर के हेर्दैछ भनेर हेरेँ। कलेजका ठिटाठिटी इत्तरिरहेका। करिव अठार पुगेको केटो चुरोट उडाइरहेको ,अनि शायद सत्र पुगेकी केटीलाई चुरोट फुक्न सिकाउँदै । गएर गाली गरुम् कि जस्तो लाग्यो। हाम्रै गाउँका भए त दुई झापड नै लगाइदिन्थेँ ।तर शहर पर्यो ।आफ्नो रिस दवाएँ। आफुलाई आफ्नै टेन्सन छ।
“राजनिति, नेता तैँले वाहिरवाट जस्तो देख्छस् त्यति सजिलो कहाँ हुन्छ र ?” उसले अलि घुमाउरो भाषामा मलाई नाइ भनेको हो त्यो त !
“एक चोटी भेटाउन पनि सक्दैनस् त ?”
“सक्न त सक्छु तर ….”
“तर के ? तेरो यति सानो देखिको साथिलाई त्यति पनि गर्दिन्नस् ?” मलाई झोक चलेर आयो। एउटै पार्टीको भनेर उसले काम नगरोस् तर उसको त म सानै देखिको साथि। किन आनाकानी? मलाई पनि थाहा छ, मैले खोजे जति पैसा उसँग छैन। न मैले उ वाट खोजेको हो। त्यहि भएर त म वुधे दाइलाई भेट्न खोज्दैछु।
“मैले तँलाई लिएर गएँ भने उनले काम नगर्दिन सक्छन्, उनको र मेरो अहिले राम्रो छैन। अरु नै कोही मान्छे पक्डी न !”
म चुप भएँ। उसले वहाना वनाएको वा साँचै भनेको छुट्याउन गाह्रो भयो।
“के भयो र तेरो र वुध दाइको विचमा ?”
“पार्टी टुक्रिदैछ, म शायद अर्को तिर जान्छु होला, वहाँहरुको खेमा क्रान्तिकारी रहेन, देश वेच्ने सम्झौता गरे उनीहरुले, ढोंग भयो संविधानको नाममा धेरै !”
उसले चिया टुंगियो। म उसको र बुधदाइको सम्वन्ध विग्रेकोमा दुखी हौँ की। आफ्नो काम नबनेकोमा । पक्कै पनि मेरो काम मेरो पहिलो प्राथमिकता हो ! उ सँग केहि त उपाय होला, यति जानेको मान्छे!
“केहि उपाय छ त मन्त्री सँग भेट्ने ?”
“तँ यसो गर, थापाकाजी चिन्छस्? हाम्रो गाउँको ?”
“को त्यो पन्चे ?” मैले अचम्म मानेँ
“त्यो पन्चे कहाँ रह्यो र हामीले चुनावको बेला पार्टी प्रवेश गराएको विर्सिस ?”
“अँ ,चिन्छु !”
“कोटेश्वरमा बस्छ गएर भेट , ला उसको नम्वर !” उसले मोबायलवाट एउटा कागजमा नम्वर टिपिदियो। मैले त्यो कागजलाई रुमाल जस्तो जतन गरेर पट्याएँ ।अनि गोजीमा राखेँ।

ध्वाँसे दाइ सँग मेरी सरिताको कुरा – कान्छो

“तँ मुला, मेरो अलि बोली विक्न छोड्यो भन्ने वित्तिकै फोनै नउठाउने !” ध्वाँसे दाइको रिस गज्जपको छ। माया गरेको वेला ज्यान छोडेर माया गर्छन् ,रिसाएको वेला हात छोडेर रिसाइदिन्छन् । झापड खाइएला भन्ने डर थियो भेट हुँदा झन्न फोनवाटै आवाज आएकोले झापड नै चाहिँ खाइएन।
“हैन के दाइ , नम्वर चेन्ज गरिराख्नु हुन्छ ,कुन नम्वर तँपाइको म कसरी पत्ता लाउनु भन्नु त ?” मैले मेरो स्पष्टिकरण दिएँ।
“मुला खुरुक्क न वेलुका भेट , त्यहाँ पाटनमा ! सँधैको ठाउँमा !”
“भरे त अलिकति काम छ दाइ !” मैले सुस्तरी जवाफ दिएँ। मलाई थाहा छ ध्वाँसे दाइ लाई नाइ मन पर्दैन । तर भरे त सरितासँग भेट्ने कुरा भएको छ।सरिता पनि त रिसाउन सक्छे।
“तँ त्यहिँ शंखमुलमा वस्ने हैन, काटेर पुलमुनी फाल्दिन्छु तँलाई आइनस् भने !” ध्वाँसे दाइले मैले केहि वोल्न नपाइ फोन राखे। कस्तो खरो रिस, कस्तो रुखो वोली,म अलमल्लमा परेँ। ध्वाँसे दाइ त ओखर हो, साह्रो ,फोर्नलाई गाह्रो तर नजिकिए पछि भने असाध्यै मिठो।ध्वाँसे दाइ भन्दा बरु सरितालाई नै फकाउन सजिलो होला जस्तो लाग्यो। मोबायलवाट एसएमएस पठाएँ
“आज आउन भ्याइन, काम पर्यो !”
उताबाट रिप्लाइ आयो “जे सुकै गर, पैसा जोडेर लिन्छु महिनाको लास्टमा !”
************** ************** ***************** *************** *********** *****
पाटनका गल्लीहरुसँग हाम्रो अनौठो सम्वन्ध छ। त्यहाँको त्यो देवीको मन्दिर म कहिल्यै देव्रे कट्दिन। एकदिन झुक्किएर देव्रे कटेको त्यहि दिन पुलिसले लखेट्यो। हामी पर्चा सर्चा सवै छोडेर भाग्यौँ। पाटन क्याम्पसको वाल नाघेर भागेपछि मात्र वल्ल अलि सास आयो। ध्वाँसे दाइलाई त्यति खेर मैले भनेको थिएँ
“दाइ आज त्यो देवीको मन्दिर देव्रे कटिएछ , त्यहि भएर अनिष्ट आको !”
ध्वाँसे दाइले आफ्नै भाषामा जवाफ फर्काए
“नापो तेरो देवीको मन्दिरले, भोली फनफनी तिन फन्को उल्टो घुम्दिन्छु के हुन्छ हेरौँला।”
म फेरि वोल्नु भन्दा चुप नै वसेँ।
***************** ****************** ********************* **********************
“के हो खुब बिजी छस् त आजकल !” ध्वाँसे दाइको रिस मरेको थिएन भेट्दा !
“त्यस्तो हैन दाइ !”
“के हो त ? मुला कि केटीको चक्करमा परिस् ?”
म केहि बोलिन। यो चक्कर त हैन पक्कै । यो त व्यापार हो।
“गाह्रो हुन्छ है परेपछि छुटाउन केटा ,होश गर , लडेकै मान्छेले वोलेको हो !” मलाई थाहा छ ध्वाँसे दाइ मायामा लडेका मान्छे हुन्।
“साँची अहिले याद आउँछ कि आउँदैन दाइ ?”
“कस्को ? शान्तीको ! भेट भको थियो एक महिना जति अघि !”
“अनि गफ पनि भयो ?”
“अरु त के गर्न सकिन्छ र , अव दुई वर्ष पछि भेट हुँदा भान्जा भान्जीलाई आइसक्रिम खुवाउनुपर्छ !” ध्वाँसे दाइले नमिठो गरेर घुट्क्याए रक्सीको सुर्को।
“कस्तो कडा !”
उनले साहुनी तिर हेरेर भने। “आगो वल्यो भित्र “
“मुटु जलेको होला भाइ, रक्सीले हैन होला !” साहुनि दिदी खितित्त हाँसिन्।दाइले जवाफ फर्काएनन्।
*************** ****************** ******************* ************** ***********
“अनि को हो त केटी ?”
“छे दाइ सरिता भन्ने !”
“काँ कि ?”
“सिन्धुपाल्चोक !”
“हैन कसरी ताकिस् हौ सिन्धुपाल्चोक की ,पुर्वको मान्छेले !” ध्वाँसे दाइ अचम्ममा परेँ।
“त्यस्तो केहि हैन दाइ !”
“कस्तो हो त?”
“पैसा तिरेर हो दाइ !” मैले सुस्तरी भनेँ।
“थुक्क मोरा, के के न होला भनेको,गन्हाउने बोको सँग केहि लाग्छ ? सारा नशा गायव ! म त अर्को पनि म जस्तै देवदास हुने भयो भनेर डर पनि लागेको थियो!” ध्वाँसे दाइले फेरि एक घुट्को लगाए
“ठिकै रैछ दिदी, मुटु नै जलेको रहेछ, यसपाली अघिको जति पोलेन !” दाइ साहुनी तिर हेरेर खिस्स हाँसे।अनि म तिर हेरेर भने
“तँलाई थाहा छ ,यी दिदीलाइ देख्ने वित्तिकै मलाई कसैको सम्झना आउँछ!”
“मलाई थाहा छ दाइ !” मैले त्यो कथा फेरि सुन्न चाहिन। कति सुन्नु एउटै कथा ,भट्टिमा आएपिछे।
“त्यसो भए त ठिकै छ ! तर कान्छा आखिर उसलाई पनि रमाइलो तँलाई पनि रमाइलो ! के खान पैसा तिर्छस् त ?”
“हेर्दा नै तिरुम् तिरुम् लाग्छ दाइ !”
“वाहिरको प्याकिंग न हो भाइ फरक , सामान त उहि खासाको ! जतन गरे चल्ने ,नभए विग्रीजाने !” यसपाली ध्वाँसेदाइ जोडले हाँसे। मानौ आइमाइहरुलाई होच्याएर उनी मज्जा लिइराखेका छन्।
“हैन दाइ ,सरिता अरु भन्दा फरक छे !” मैले सुस्तरी जवाफ फर्काएँ।
“के मानेमा ?”
“खै एक दम गम्भिर लाग्छे मलाई !”
“दिदी एउटा चुरोट दिनु त !” “नचाहिने के को गम्भिर हो यो फेरि ? “
“खोइ त्यो चाहिँ थाहा छैन दाइ !”
“एउटा कुरा सोधौँ ?” ध्वाँसे दाइ मेरो नजिकै आए।
“सोध्नु न !”
“तैँले साह्रै गफ लगाइस् , म पनि हेर्नु पर्यो कस्ती रैछे सरिता , म गएँ भने तँ रिसाउन त रिसाउँदिनस् नी !”
यसपाली भने मलाई थोरै विझ्यो। मलाई थाहा छ ,यो माया हैन, तै पनि पिडा दियो यसले।झलक्क सरितालाई सम्झेँ । हुन त म नगएको दिन पनि उ एक्लै त वस्दिन।ध्वाँसे दाइ जाँदा के नै फरक पर्छ र ?
“भो त रिसाइस् जस्तो छ ! तेरो गुडिया सँगै तैँ खेल, मलाइ चाहीँदैन पैसा पर्ने खेलौना !”
“हैन दाइ नम्वर खोज्दैछु!” मैले उसको नम्वर हेर्दै दाइलाई जवाफ फर्काएँ।

कान्छोको ध्वाँसेदाइ सँगको एक रात – सरिता

म आफ्नो कथा एउटा प्रश्नवाट शुरु गर्नेछु , के हो जीवन आखिर ? नसोचेको,नरोजेको अरु कसैले नै लेखिदिएको भोग्नुपर्ने। अरुको लागि नाटक गर्नुपर्ने, आफ्नो लागि त को नै वाच्छ र ? वुढी ,घर ,समाज भन्दा भन्दै आफुले वाँच्न विर्सिन्छ मान्छे।
मेरो वुवा दांगमा आर्मीक्याम्पमा भान्छेको काम गर्नुहुन्थ्यो।वुवाको पर्ने दाइले जागिर लगाइदिएको रे ! त्यत्तिखेर “खेति गरेर पैसा कमिदैन, जा जागिर खान,पेन्सन पाउने जागिर ! मैले मान्छे चिनेको छु, मात्र तैँले कुद्न सक्नुपर्छ।” भनेर भने रे। ति दाइले त्यसपछि मेरो वुवा एक महिना विहान चार बजेदेखि कुदेको कुदै ।छेवैमा स्कुलको चउर थियो। त्यहि चउरमा दौडेको दौड्यै।जागिर पाएरै छोड्नुभयो मेरो वुवाले!
मेरी आमा भने विना वाउ आमाकी तिन जना दाजुकी एक्ली बहिनी । जागिरे केटा विहा गर्न आयो भनेर विहा गर्दिए। बिहा गरेर बा जागिर खान गए,तिन महिनामा छुट्टी पाएर घर आए। त्यो छुट्टीको नौ महिनामा म जन्मेँ।
यतिसम्म कथा ठिकै छ।तर समय फेरियो गाउँमा । युद्द शुरु भयो नेपाली नेपाली विच। खै कस कसले अधिकार पाएनन् रे। गाउँका ठूलावडा सवै सामन्ति भए अरे। हामी त आर्मीसँग जोडीएका मान्छे,हामीले जोगिएर हिँड्नु पर्यो।बा एक दिन लुकीछिपी साँझमा घर आउनु भयो। मेरी वहिनी त्यतिखेर आमाको कोखमै थिई।तर सुराकीले कता कताबाट पत्ता लगाए। मेरो बुवालाई घसार्दै लगे घरवाट अलि पर वाँसघारी छ, त्यहाँ सम्म ।हामी कराइरह्यौँ। आमा एक छिनमा वेहोश हुनुभयो। तर बुवालाई चिरेर नुन चुक लगाएको सम्म मैले मेरै आँखाले देखेँ।खोइ कुन रिसमा त्यत्रो सजाय दिए मेरो वुवालाई। मेरो वुवा त आर्मीहरुलाई पनि भात पकाएर खुवाउने मान्छे। वुवा भन्नु पनि हुन्थ्यो,वहाँ लडाइँमा जानु पर्दैन भनेर।तर ति मान्छेलाई त्यो वुझाउने कोहि भएन। त्यो दिन पिडाले कराएको वुवाको आवाज मेरो कानमा अझै आइरहन्छ।वुवा विस्तारै कराउन छोड्नुभयो।अनि स्थिर हुनुभयो। तर उनीहरुले लाश पनि त्यहाँ छोडेनन्, लिएर गए। म पनि त्यसपछी वेहोश भएँ,मैले जीवनमा त्यस्तो कहिल्यै देखेको थिइन। म भगवान सँग प्रार्थना गर्छु शत्रुले पनि त्यो देख्नु नपरोस्। भोलीपल्ट विहानै मैले आमालाई भनेँ
“जौँ यहाँ नबसौँ! काठमाण्डु जौँ !”
हाम्रो घर कव्जा गरिने निश्चित प्राय थियो । त्यहि भएर पनि म त्यहाँ वसिरहन डराएकी थिएँ।तर कोहि नभएको शहरमा वाँचिन गाह्रो हुन्छ।शुरुमा मैले एउटा होटलमा काम पाएकी थिएँ,भाँडा माझ्ने चिया लिएर जाने। तर पैसा साह्रै कम हुन्थ्यो।आमालाई वेथाले चेप्दै थियो। आमाले काम गर्ने ठाउँवाट काम गर्न छोड्नुभयो। पुरै जिम्मा मेरो काँधमा आयो।मैले त्यो होटलको काम छोडेर रेष्टुरेन्टको काम शुरु गरेँ।थोरै टिप आउँथ्यो, थोरै तलव काठमाण्डौमा वाँच्न गाह्रो थियो।एक दिन एउटा अधवैँशे मान्छेले रक्सी खाएको सुरमा भन्यो।
“जान्छेस् ? मेरो घरमा वुढी छैन आज !”
मलाई त्यो दिन कतावाट आँट आयो थाहा छैन। मैले उसलाई पुलुक्क हेर्दै भनेँ “रातभरी वस्दिन ,आधा घण्टामात्र वस्छु। पाँच सय लिन्छु !”
लोग्नेमान्छे सुँगुर हुन्। फरक यति मात्र हो, सुत्न उनीहरुलाई साथी चाहिन्छ। मैले त्यसवाट गुमाउनु केहि थिएन। त्यो रातवाट मेरो कमाइ वढ्यो। परिवार राम्ररी चल्न थाल्यो। अहिले त वहिनी पनि दुई वर्षकी भैसकी। म आमालाई नाइट ड्युटी छ भन्छु,अर्को कोठा लिएकी छु जहाँ मेरो नाइट ड्युटी हुन्छ।विस्तारै विस्तारै समय वितेको छ। आजकल सपनामा पनि गाउँ देख्न छोडेकी छु। हुन त चौध वर्षको हुँदा आकी म अहिले छव्वीस भइसकेँ।
************* ***************** *************** ************** ******************
कान्छो अचम्मको पुरुष थियो।अरु आउँथे, काम भ्याउँथे जान्थे। उ आउँथ्यो एक छिन गफ गर्थ्यो। आफ्नो घर परिवारको बारेमा। उसको विहे भएको थिएन। लँडाइबाट भख्खर छुट्कारा पाएको थियो।शहरमा आफ्ना नेताको पछि पछि लाग्थ्यो।कहिलेकाहिँ राजनितिको गफ पनि गर्थ्यो।म धेरै जसो वुझ्दिनथेँ। शक्ती सन्तुलन, नयाँ सम्विधान खोइ के के ,के के । त्यो मलाई मन पर्दैन थियो।म त लँडाइले सवै गुमाएकी मान्छे। अरु दिन म गफ सुनिदिन्थे एक छिन पछि मात्र उ मेरो नजिक आउँथ्यो। मेरो शरिरले अनौठो तृप्तता पाउँथ्यो कान्छो सँग । शायद वुढासँग सुत्दा त्यस्तै तातो हुन्छ होला।राजनितिको गफ सुनेको दिन भने म उसलाई गफ सकिन दिन्न थेँ ,उ पनि मेरा खुल्दै गएका कपडाको विचमा राजनिति विर्सिन्थ्यो। जव उ थकित भएर पल्टिरहेको हुन्थ्यो। म भन्थेँ
“देखिस् राजनिति भन्दा आइमाइको शक्ती वढी हुन्छ !”
उ खिस्स हाँस्थ्यो। मलाई आफूले जिते जस्तो लाग्थ्यो, उसको मौनता देखेर।
*************** ******************* *************** ************* ********** ****
त्यो दिन कान्छोले अनौठो प्रस्ताव राख्यो। उसको कोहि दाइ मेरोमा आउने रे!
“तँ अव मलाई ग्राहक पनि खोज्दिन थालिस् ?” मैले फोनमैँ सोधेँ।
“हैन तेरो कुरा भको थियो,तँलाई हेर्ने अरे!”
“मेरो बिहे गर्दिन आँटिस् कि के हो ?” मैले उसलाई जिस्क्याएँ।
“ह्या, तेरो आज राती कोहि आउने छ कि छैन भन न !” उ पहिलो चोटी झर्कियो।
“छैन!”
“पैसा म दिउँला पछि,नमाग्नु नी !”
मैले बुझेँ यो कुनै पाखण्डी नेता हो। गरिवी निवारण भन्छन्, आइमाइको सम्मान र समान अधीकार अनि अरु पनि के के जाती । उसलाई पनि रातमा आइमाइ नै चाहिएको छ, सँगै सुत्ने खेलौना । सुँगुरहरु !!!!
***************** ******************** ****************** *************** *******
त्यो साँझ , नौ बजे वत्ति आउने थियो। मेरो कोठा त्यसमाथी अँध्यारो गल्लीमा छ।ति माथि वाहिर कुकुर भुक्दै थिए।मेरो कोठामा ढक ढक आवाज आयो। मैले थोरै मेक अप गरेकी थिए। रातो लिपस्टिक,अनि थोरै सेन्ट,जिनिसको हाफ पाइन्ट,अस्ति भख्खर किनेको ,अनि अलि लुज लुज टिशर्ट ! केटाहरुको शुरुमा आँखा नै त्यहिँ जान्छ। हाम्रो त त्यो ट्रेलर हो ।अनुहार त त्यसपछि मात्र हेर्छन् लोग्नेमान्छे।मैले थोरै आफुलाई मिलाएर ढोका खोलेँ । कान्छो उसको दाजु लिएर आएको थियो।उसको दाजु भित्र छिर्यो। कान्छोले वाहिर वाटै “जान्छु !”भन्यो। म उ तल पुगेर गेट नलगाउन्जेलसम्म हेरिरहेँ। उ पनि अरु पुरुष जस्तै निक्लियो। मलाई वेश्या नै सोच्यो। हुन पनि हो, म वेश्या नै हुँ।म कोठामा फर्केँ।उसको दाजु छेवैको कुर्सीमा वसेको थियो।चुपचाप।दुइ घुँडा खुम्च्याएर हात कुर्सीका हात राख्ने ठाउँमा राखेर।
मैले पहिला उसलाई नियाँले। कालो रंगको टिशर्टको भित्र कोहि मान्छेको फोटो थियो,मैले चिन्न सकिन त्यो टिशर्टमा भएको मान्छे अनि जिन्स अलि अलि खुइलिएको, आजकल त्यस्तै चलेको छ। उसले दाजु भनेको सुन्दा अलि वुढो मान्छे जस्तो लागेको थियो। तर यो मान्छे त कान्छो भन्दा त्यति वुढो पनि थिएन।
“म चुपचाप बसेको पनि पैसा लिन्छु !” धेरैवेर चुपचाप वसेको देखेपछि मलाइ दिक्क लागेर मैले नै कुरा शुरु गरेँ।
उ खिस्स हाँस्यो।
“कान्छो तिम्रो खुव कुरा गर्छ, त्यहि भएर हेर्न आको !” धेरै पछि कसैले मलाइ तिमी भनेर वोलायो। आजकल त कसैले तिमी भन्यो भने मसँग कुरा गरेको हो कि होइन त्यो पनि झुक्किन्छु।
“हेर्न मात्रै ?”
“म पैसा तिरेर यस्तो काम गर्दिन, रमाइलो हुन्न ! रमाइलो त तव हुन्छ जव दुवैलाई रमाइलो हुन्छ !”
म उसलाई हेरिरहेँ। यो मेरो अपमान हो वा सम्मान हो?उसको पैसा कान्छोले तिर्नेवाला थियो। तर मेरो शरिरले उसलाई तान्न सकेन। यो अपमान नै हो !
“मैले यहाँ चुरोट पिउँदा हुन्छ ?” दुइ चोटी आफ्नो हात जिन्सको गोजीमा लाँदै फर्काउँदै गरिसकेपछि उसले मलाई प्रश्न राख्यो।
“हुन्छ!”
“म झ्याल खोलेर खान्छु !” उ झ्यालको नजिकै गयो।
“त्यो झ्याल नखोल्नुस्,पछाडी फोहोर फाल्ने ठाउँ छ !केहि हुन्न मलाई , म पनि पिउँछु कहिले काहिँ !”
“एउटा प्रश्न सोधौँ तिमीलाई ?” उसले चुरोट अघि वढायो।
“सोध्नुस् न !” मैले पनि उसको हातवाट चुरोट लिएँ।
“तिमी किन यस्तो काम गर्छ्यौ ?”
“रहरले त पक्कै हैन, मलाई तँपाइको नाम पनि थाहा छैन, हुन त हामीलाई नाम चाहिँदा पनि चाहिँदैन !”
“मेरो नाम तेजेन्द्र हो, तर सवै मलाई ध्वाँसे भन्छन् !” हो कान्छो फोनमा ध्वाँसे दाइ भन्दै थियो।अहिले मलाई याद आयो।
“तँपाइ पार्टीमा किन लाग्नु भयो ?” मैले प्रतिप्रश्न गरेँ।उसको उत्तरले मैले उसलाइ उत्तर दिने नदिने निर्क्यौल गर्न चाहँदै थिएँ म!
“म पनि रहरले थिएन!”
म हाँसे । उ आफ्नो पार्टी प्रवेश र मेरो यो कामलाई एउटै तराजुमा राख्दै छ।
“मेरो वुवाले चन्दा दिन सक्नु भएन। चन्दाको सट्टा एउटा मान्छे लगे !” उसले चुरोट खाएर सजिलै आफ्नो व्यथा पोखिदियो।अचम्मको मान्छे। उसको र मेरो भेट भएको मुश्किलले आधा घण्टा भयो होला। उसको जीवनको यति ठूलो रहस्य मलाइ देखाउन के नै जरुरी थियो र !
“पछि ?”
“पछि भित्रै रमाइलो लाग्यो !”
“मेरो वुवा आर्मीमा हुनुहुन्थ्यो !” उसले मलाई पनि आफ्नो कथा सुनाउन वाध्य वनायो।उसले पुलुक्क म तिर हेर्यो।शायद आर्मी सुनेर डर लाग्यो होला। मलाइ पनि पहिले यिनीहरुको नाम सुन्दै डर लाग्यो। शहर आएपछि मात्र थाहा पाएँ मैले धेरै मान्छेको भिँड जम्मा भए पछि त सवै किसिमका मान्छे नै जम्मा हुन्छन् नी आखिर । मान्छे त स्वभावैले एक भन्दा अर्को फरक हुन्छ।
“घर आएको वेला, तँपाइ तिरैकाले मारे ! ठूलो पिडा दिएर मारे ! म कान्छोलाई पनि कहिलेकाहिँ रिसाउँदा हत्यारा भन्छु !”
उसको अनुहार अचानक कालो भयो।उ चुपचाप सुनीरहेकै थियो।उसले त्यो हत्या युद्दको अंश थियो भनेन। धेरै जसोले त्यहि भन्छन्। वित्नेलाई थाहा हुन्छ, तिनै अंशहरुले जीवन कति गाह्रो पारेका छन् भनेर!
“त्यतिखेर आमा दुई जिउकी हुनुहुन्थ्यो। म र आमा शहर आयौँ ! मैले अरु पैसा कमाउने मेलो पाइन ! अव यसवाट चाहेर पनि निक्लिन सक्दिन !”
धेरैवेरको मौनता चिरेर उसले सोध्यो ,” अनि आमालाई थाहा छ ?”
मैले टाउको हल्लाएँ।मेरो आँखा त्यसै त्यसै रसायो। वुवालाई सम्झेँ।वुवा कराएको सम्झेँ,चिच्याएको सम्झेँ।ध्वाँसे मलाइ हेरिरह्यो।एक चोटी त मन लाग्यो म चिच्याउँ उसको अघि, आखिर के पायौ तिमीहरुले भनेर ! तर मलाई थाहा छ, उ पनि त्यहाँ एउटा अंश मात्र हो। ठूलो कथाको एउटा अंश, जसलाई पुरा कथा थाहा छैन।
“म मुख धोएर आउँछु !सरी ! मलाइ थाहा छ तँपाइ यो सुन्न आउनु भएको हैन !”
उ अझै पनि केहि वोलिरहेको थिएन। वरण्डाको अन्तिम कुनामा वाथरुम थियो। म लाइट लिएर वाहिर निस्किएँ। मुख धोएँ, फर्केर आउँदा ध्वाँसे थिएन। वाहिर निस्किएँ , वरण्डावाट तल हेरेँ। उ वाहिर निस्केर गेट लाउँदै थियो।

मेरो आत्मस्विकृती-३ – ध्वाँसे

भो कति गन्थन गरौँ, जति गरे पनि कुरा उहि हो । युद्द कहिल्यै आफ्नो हुन्न।जितुन्जेल आफ्नो जस्तो लाग्छ। सँगै वस्ने त उही घाउका खाटाहरु न हुन। जित त एउटा उन्माद न हो, पानी फोका जस्तो, गर्जिउन्जेल देखिन्छ ,विलाउँछ।
हाम्रो पार्टी फुट्न आँटेको थियो। दुई खेमामा वाँडिएको स्पष्ट देखिन थालेको थियो। पत्रीकामा हल्लाहरु पनि छापिन थालेका थिए। एउटा चाहिँ सामन्तीहरुकै पार्टी अरे ,अर्को चाहिँ क्रान्तिकारीहरुको। आजकल त म छुट्याउन पनि सक्दिन।को सामन्ती को क्रान्तिकारी। आखिर उही युद्द लड्ने भए, मर्ने मान्छे कसै न कसैको आफ्नो मान्छे हुन्छन् । मैले वुझेको यत्ति नै हो, मेरो आफ्नै जीवनवाट।म त्यो सहि कारणवाट गरियो,गरिएन भन्दिन।किनकी मेरो क्षितिज नै सानो छ। मैले कति नै देखेको छु र संसार , मैले कति नै वुझेको छु र मान्छेलाई? म त सानो गाउँबाट आएको मान्छे।
वुध दाइ सत्तामा गएपछि अलि परिवर्तन भए जस्तो लाग्यो मलाई। सत्ता चल्नलाई पैसा चाहिने। म सँग पैसा थिएन। मैले आँफैले पैसाको संगत भएका थापाकाजी पनि उनकै नजिक पुर्याइदिएको थिएँ। पछि थापाकाजी सँग नै हिमचिम वढ्यो दाइको। तर त्यसलाई म नराम्रो रुपमा लिन्न। दाइले त्यहिँ आफ्नो भविष्य देख्नु भयो त्यहिँ लाग्नु भयो। के नै पो गलत हो र त्यो !
कान्छोले मुटु गाँठो पारेर आफ्नी मायालुको मा पठाएको कुरा पनि आइ नै सकेको छ माथी। फरक यति मात्र थियो की सरितालाई एउटा कुरा थाहा भएन। म उसको जस्तै घटनाको प्रमुख दोषी पात्र पनि थिएँ। किन किन सरितामा मैले त्यो दिन मास्टरको वुढी देखेँ। के उ शहरमा यसरी नै बसिरहेकी छे त ? भगवान उ राम्ररी नै वसिराखेको होस्। कुनै दिन मैले उसलाई पनि यस्तै हालतमा भेट्टाएँ भने ,कसरी माफ गरौँ आफूलाई? जीवनमा कहिलेकाहीँ आफूले गरेको गल्तिले खेदाई खेदाई पिरोल्छ।
म गाउँ जाने भएको थिएँ। मलाई किन किन सरिताकोवाट वाहिर निस्किए पछि साहिँली मगर्नीको सम्झना आयो ।मैले उसलाई फोन गरेर भनेँ
“म गाउँ आउँदैछु !”
उसले धेरै वेर मौन रहेर सोधी
“के लाई ?”
“विहे गर्न !”
“को सँग ?” उसले यसपाली सोध्न समय लगाइन।
“किन तिमी गर्दैनौ र म सँग ?”
यसपाली उ चुप लागि । धेरै वेर पछि सुस्तरी सोधी
“तैँले जाँड खाएको त छैनस् नि ?”
मैले अलि अलि त खाएको थिएँ तर ढाँटिदिएँ।
“छैन”
“म काठमाण्डु आउन सक्दिन तँ सँग! म गाउँ छोड्दिन !”
“कसले काठमाण्डु आइज भनेको छ र ? म पो त्यहाँ वस्छु भनेको त !”
“के गरेर वस्छस् ?”
“अष्टेले पोल्ट्री फर्म खोल्छ अरे, त्यसमै अलिकति पैसा हाल्छु ! तिम्रो पसल छँदैछ! पुग्दैन र ?”
उसले केहि भनिन । मैले हुन्छ भनेकै वुझेँ। मैले फोन राखदिएँ। कान्छोलाई डायल गरेँ अनि भनेँ
“मैले भनेको मान्छस् भने सरिता सँग विहे गर !”
उसले पनि केहि वोलेन। मलाई थाहा छ उसलाई मेरो सुझाव पचाउन समय चाहिन्छ।तर मलाई विश्वास छ अन्तिममा उसको ध्वाँसे दाइले भनेको उसले मान्नेछ।
समाप्त ।।।।।

No comments: