अफर

ताजा

रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति खेलकुद प्रतियोगिताको उपाधि राखु पिप्लेको रघुगंगा मा. बि लाई ।

Feb 24, 2019
रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् ।
९ वटा स्वर्ण, ५ वटा रजत र ४ वटा कास्य पदक जितेर प्रथम भएको रघुगंगा माविले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित तीस हजार रुपैयाँ पुरस्कार हात पारेको थियो ।
६ वटा स्वर्ण, ४ वटा रजत र ६ वटा कास्य पदक जितेर दृतीय भएको मुक्तिधाम मावि भगवतीलाई ट्रफि, मेडल, प्रमाणपत्र र बीस हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । ३ वटा स्वर्ण, २ वटा रजत र ६ वटा कास्य पदक जितेर तृतीय भएको महेन्द्र मावि झिँले ट्रफि, मेडल, प्रमाणपत्र र दश हजार रुपैयाँ पुरस्कार पाएको छ ।

No comments: