अफर

ताजा

भगवतीका बे्रनट्युमर रोगबाट पीडित यामबहादुर कार्कीले जीवन रक्षाको लागि अस्पतालको सैयाबाटै सहयोगको याचना गरेका छन् ।

May 13, 2018
 म्याग्दीको रघुगंगा गाउँपालिका- २,भगवतीका बे्रनट्युमर रोगबाट पीडित यामबहादुर कार्कीले जीवन रक्षाको लागि अस्पतालको सैयाबाटै सहयोगको याचना गरेका छन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारमा लाखौँ रुपैया आर्थिक खर्च लाग्ने भएपछि उनका आफन्तले सक्दो सहयोग गर्न सबै सहयोगदाताहरुलाई आग्रह गरेका हुन् आर्थी क रुपमा विपन्न रहेका कार्कीको उपचारका लागि लाग्ने लाखौँ खर्च जुटाउन ग्राहो भएको सहयोगको लागि सबैलाई परिवारले आव्हान गरेका हुन् । उपचाररत कार्कीको व्रेनट्युमरको अप्रेशन बुधबार हुँदै छ । सहयोग गर्न चाहने ले निरोज कार्की ९८४१०३४५२६ मा सम्पार्क गर्न सक्नुहुनेछ ।

No comments: