अफर

ताजा

बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ

Feb 11, 2018
बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडक खण्ड अन्र्तगत रिठाबोटमा सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेको थियो ।

मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ का भुपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनमा परि घाईते अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दिपा पुनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

No comments: