विदेशमा सिकेको सीप अनुसार नेपालमा काम खोज्न चाहानुहुन्छ भने राम्रो बायोडाटा बनाउनु उपयुक्त हुन्छ । यदि कुनै संस्थामा सुरक्षा गार्ड, ड्राइभरको लागि आवेदन दिंदै हुनुहुन्छ वा ठूला होटेलमा वेटर, कुक आदि कामको खोज्दै हुनुहुन्छ भने तपाईंले बायोडाटा पनि दिनुपर्ने हुनसक्छ।
बायोडाटा के हो ?
- तपाईंको सीप, योग्यता, क्षमता बारेमा एकैठाँउमा देखिने गरी तयार गरिएको कागज नै बायोडाटा हो
- यसमा तपाईंको शिक्षा, तपाईंले कहाँ, कहाँ काम गर्नुभयो, तपाईंको सीप, क्षमताको बारेमा जानकारी हुन्छ
- राम्रो बायोडाटा भयो भने काम पाउनसक्ने सम्भावना पनि राम्रो हुन्छ

- तपाईंले काम खोजेका कुनै ठाउँ वा अफिसले बायोडाटा मग्न सक्छन्
- आफूले जानेका सीप तथा कामहरुबारे स्पष्ट रुपमा खुलाउने जस्तै भाषा, कम्ष्युटर आदिको ज्ञान
- आफूले पहिला गरेका सबै कामहरु उल्लेख गर्ने
- भर्खर गरेको वा गर्दैगरेको कामलाई माथि र पहिला गरेको कामलाई तल हुनेगरी राख्ने
- बायोडाटामा लेखेका सीपहरु प्रमाणित गर्ने प्रमाणपत्र वा सिफारिस पत्र भएमा मात्र लेख्ने
- सीपहरु लेख्दा झुटो कुरा र आफूले गर्न नजानेका कुराहरु नलेख्ने
- बायोडाटा बलियो बनाउन त्यसको अन्त्यमा आफ्नो बारेमा जान्ने वा भन्न सक्ने कसैको सम्पर्क नम्बर लेख्ने
- एउटै फन्ट साईजमा लेख्ने
- पढ्न सजिलो हुनेगरी जानकारीहरु समावेश गर्ने
- अक्षरहरुमा सानो सानो गल्ती नगर्ने, बरु मिल्छ भने कोहि जान्ने मान्छेलाई आफ्नो बायोडाटा बनाउन लगाउने
- आफ्नो सम्पर्क नम्बर र ठेगाना लेख्न नछुटाउने
- अनुभव लेख्दा झुटो कुरा नलेख्ने
- समयमै बुझाउने
- कम्प्युटर र भाषा जान्ने साथीलाई बायोडाटा बनाउन सहयोग माग्ने
Name:
Temporary Address:
Permanent Address:
Contact No:
Nationality:
Gender:
Date of Birth:
Email Address:
Personal Information
Tell something about who you are.
Example: For waiter job
Responsible, hardworking and punctual person having three years of experience in hotel service, currently seeking a new job as waiter.
Education
Write school name and address with date.
Example:
- SLC from Himalaya Secondary School, Bhojpur (2068)
Write your employment history including all the details of your work experience.
Example: For waiter job
Waiter Coordinator at Hotel Rainbow, Dubai (Baisakh 2071-Baisakh 2073)
Achievements and responsibilities
- Receiving phone orders and maintaining the home deliveries
- Maintaining room deliveries
Achievement and responsibilities
- Taking orders at hotel restaurant and fulfilling them
- Reporting daily performance to the coordinator
- Doing assigned deliveries
Write about the trainings received with details.
Example: For waiter job
- Received two days of orientation training given by Foreign Employment Promotion Board, Kathmandu (Magh 2069)
- Received one months of basic hotel waiter training given by Ratna Hotel, Biratnagar (Karthik 2069)
Example: For waiter job
- Good speaking skills
- Language (English, Hindi and Nepali)
- Co-ordination skills
- Basic computer skills
Reference
Include the information of a person who can be your reference.
Example: For waiter job
Prawin Malla
Manager
....... Hotel, Kathmandu
Phone No. +977-1234567890
नाम:
अस्थायी ठेगाना:
स्थायी ठेगाना:
सम्पर्क नं:
नागरिकता:
लिंग:
जन्म मिति:
ईमेल :
व्यक्तिगत परिचय
आफू को र कस्तो मान्छे हुँ भन्ने बारेमा भन्नुहोस् ।
उदाहरण: वेटर कामको लागि हो भने यस्तो लेख्न सक्नुहुन्छ:
होटल सेवा क्षेत्रमा तीन वर्ष लामो अनुभव भएको, वेटरकै काम खोजिरहेको जिम्मेबार, मेहनेती र समयनिष्ठ मान्छे ।
शिक्षा
आफू पढेको स्कुलको नाम, ठेगाना र पढेको मिति लेख्ने
उदाहरण:
- एसएलसी-हिमालय माध्यमिक विद्यालय, भोजपूर (२०६८)
आफूले पहिला गरेका कामहरुको बारेमा सबै कुरा खुलाएर लेख्नुहोस्।
उदाहरण: वेटर कामको लागि यस्तो लेख्न सक्नुहुन्छ:
वेटर संयोजन, होटल रेन्बो, दुबई (बैशाख २०७१ देखि बैशाख २०७३ सम्म)
मुख्य जिम्मेवारीहरु
- फोन अर्डरहरु लिने र होम डेलिभरी व्यवस्थापन गर्ने
- होटलमा रुम डेलिभरी गर्ने
मुख्य जिम्मेवारीहरु
- होटलको रेष्टुरेन्टमा अर्डर लिने र खाना लैजाने
- संयोजकलाई नियमित रिपोर्टिङ गर्ने
- डेलिभरीहरु पुर्याउने
आफूले लिएका तालिमहरुको बारेमा जानकारी दिने
उदाहरण: वेटर कामको लागि यस्तो लेख्न सक्नुहुन्छ:
- वैदेशिक रोजगार प्रबर्धन बोर्डवाट दिईएको दुई दिने अभिमुखीकरण तालिम लिएको (माघ २०६९)
- रत्ना होटल बिराटनगरबाट एक महिने वेटर तालिम लिएको (कार्तिक २०६९)
उदाहरण: वेटर कामको लागि यस्तो लेख्न सक्नुहुन्छ:
- राम्रो बोल्ने कला
- नेपाली, हिन्दी र अंग्रेजी भाषा जान्ने
- संयोजनको सीप भएको
- सामान्य कम्प्युटर चलाउन जान्ने
आफ्नो बारेमा जान्ने र बताउन सक्ने कसैलाई राख्नुहोस् ।
उदाहरण: वेटर कामको लागी
प्रबिन मल्ल
म्यानेजर
.......होटल, काठ्मान्डौ
फोन नं +९७७- 1234567890
No comments:
Post a Comment