कोठा
मा तास को खाल नारिएको
छ । एक कुना
मा बिर बहादुर छ,
छोरो भक्ती डराउछ । बिरे पैसा
मार्छ, घर आउछ। " ला
छोरा, सगुन हो, अलिकती चाख ।" उ छोरोतिर दारुको
गिलास तेर्साउछ । बाबुको कर
मा भक्ते चुरुप्प
तान्छ, "घाटी पोल्यो" भन्छ ।
……………………दिन
बित्छ । तास नारेको
ठाउमा बाबुको
नजिकै भक्ते बसेको हुन्छ । " बा उ त्यो
पन्जा फाल्न्, सत्ता अठ्ठा झर्छ । " भक्ते त्यसै गर्छ । जित उसैको
हुन्छ ।" आज त चाड,
खानै पर्छ । नत्र चाड्पर्ब
आएको के मज्जा ? "बिरे
छोरालाई फेरी दारुको गिलास दिन्छ । "नाई" भन्दा पनि धर नपाएर भक्ते
ले मुख बिगार्दै त्यो गिलास रित्याउछ ।
………………….महिना
बित्छ । तास खेल्दाखेल्दैको
बिरे बोल्छ -" भक्ते, ला एकछिन हेर्,
म पिसाब फेरेर आउछु । "जित उसैको हुन्छ, बाबु खुशी हुन्छ । "फेरी अर्को चाड आउछ , आज फलानो चाड,
ला ………. पुन्: बिरे आग्रह गर्छ ।
………………..(बर्ष
बित्छ्न्) आज बिर बहादुरले
छोरा लाई रक्सी खान सिकाउनु परेको छैन । तास खेल्न
कर लगाउनु परेको छैन । तास आजै
उसले सर्वस्व हारेको छ । रक्सी
मातेको भक्ते आज ढोकामा लात्ती
बजार्दै थर्कारहेको छ- बा, तिमी
मेरो बा हौ, हगी
? ठिक छ । ५००
रुपैया देउ त, खुरुक्क्! म
अर्को बोत्तल बियर थप्छु छिटो! त्यतिले त छुदै छोएन।"
आज
बिर बहादुर निधार मा हात राखेर
पछुतो मान्दै छ- "हरे, आखिर दोष कस्को होर र ?"
-प्रविन कुमार मल्ल
No comments:
Post a Comment