मुक्तिधाम उच्च मा. वि. का प्र.अ. आदरणीय गुरु चेतनाथ सुबेदीको बिदाइ कार्यक्रम.

Leave a Comment
राखुअन्लाईन ड्ट कम

आज मुक्तिधाम उच्च मा. वि. का प्र.अ. आदरणीय गुरु चेतनाथ सुबेदीको बिदाइ कार्यक्रम सम्पन्न भएको छ । 
विगत २८ वर्ष लामो जीवनकाल यस श्री मुक्तिधाम उच्च माध्यमिक विद्यालयमा सेवारत शिक्षक तथा प्राचार्य पदमा रहि सेवा गरीरहनु भएका श्रद्धय गुरु श्री चेतनाथ सुवेदीज्यूको आज मिति २०७१ आश्विन ०२ गते एक कार्यक्रमको वीच विदाई गरिएको छ। 
उक्त कार्यक्रममा पूर्व वि.ब्य.स अध्यक्ष तथा निर्वतमान गा.वि.स अध्यक्ष श्री देवेन्द्र बहादुर के.सी., मुक्तिधाम उच्च माध्यमिक विद्यालयका श्रोत ब्यक्ति श्री दुत बहादुर गर्वुजा, शिक्षकको तर्फबाट अमर बहादुर के.सी., चुडामणी कडेंल र विद्यार्थीको तर्फबाट कक्षा १० की छात्रा रञ्जना श्रेण्ठले मन्तब्य ब्यक्त गर्नुका साथै विद्यार्थीहरुवाट विदाई सम्वन्धि गित र नृत्य प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा २०७० सालको बार्षिक परीक्षा र २०७१ सालको प्रथम त्रैमासिक परीक्षामा उत्तीर्ण हुनुभएका विद्यार्थीहरुलाई प्र.अ. श्री चेतनाथ सुवेदीबाट पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । विद्यालय र विद्यार्थीहरुको तर्फबाट प्र.अ. श्री चेतनाथ सुवेदीज्युलाई अविर, फूल, माला, खादा र मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रम विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष श्री देवेन्द्र बहादुर मल्लको सभापतित्व, मुक्तिधाम उच्च माध्यमिक विद्यालयका श्रोत ब्यक्ति श्री दुत बहादुर गर्वुजाको प्रमुख आतित्थता, पुर्व प्र.अ. श्री मुकुट बहादुर मल्ल, पुर्व श्रोत ब्यक्ति श्री तप्त बहादुर थापा, पूर्व वि.ब्य.स अध्यक्ष तथा निर्वतमान गा.वि.स अध्यक्ष श्री देवेन्द्र बहादुर के.सी. शिक्षक अभिभावक संघका अध्यक्ष श्री हर्क बहादुर खत्री, बि.ब्य.स. समितिका पदाधिकारीहरु, अभिभावक संघ का पदाधिकारीहरु, अभिभावकहरु, पूर्व विद्यार्थीहरु, समाजसेवी, बुद्धिजीवी वर्गहरु, शिक्षक तथा विद्यार्थी आदीको उपस्थिती, सहायक प्र.अ. श्री लक्ष्मी प्रसाद शर्मा सुवेदी को स्वागत मनतब्य र शिक्षक राम्जी भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो 







0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24