निष्ठुरीले बचनै ले मार्यो घायल मलाई
हिड्दै छु म बेहोसीमा उसकै प्रीति सजाई
मन मुटु रित्याएर दिएको थें भए जति
लुटी सारा छोडी दियो आखिर पागल बनाई
कुन बदला लिनु थियो मुटु चिरी मेरो
छोडी गयौ आँसु तालमा मेरा खुसी डुबाई
चोट खाने बानी पर्यो उसकै पिरतीले
सुनाउ कुन संसार जित्यौ मलाई रुवाई
तिम्रो हातले कुन बगान सप्रिएको छ र
गुलाबको व्यापार गर्यौ मनमा काँडा बिछ्याई
नरेश रोकाहा
स्याङ्गजा , हाल : यु ए ई
No comments:
Post a Comment